समयमै संबिधान जारी गर्न दवाब स्वरुप हस्ताक्षर गरिन ७०वर्षिया बृद्धाले

प्रदिप कोइराला
स्याङजा १७ माघ ।

“बाबु यो समयमै संबिधान निर्माण गर्न दवाब दिनको लागि राखिएको हस्ताक्षर गर्ने थलो हो” वालिङ बजारमा राष्ट्रिय जनमोर्चा द्धारा आयोजित हस्ताक्षर कार्यक्रमका बिच एक बृद्धा महिला आइमति गुरुङले आयोजकलाइ भनिन “देश हाम्रो पनि हो देसलाइ नेताहरुले बिभिन्न बाहानामा टुक्राउन खोजिएको छ तर यसो हुन दिन हुन्न”।

तस्बिर: प्रदिप कोइराला / स्याङ्जा

तस्बिर: प्रदिप कोइराला / स्याङ्जा

देशभक्त देखाउदै हस्ताक्षर गरिन गुरुङले हिज पंचायत , प्रजातन्त्र , राजातन्त्र भोग्दे गणतन्त्रमा देखेकी यि बृद्धाले देखाएको राष्ट्रभाबको बिरुद्धमा हाम्रो देशका नेताहरुले काम गरिरहेका छन । कसैले देश टुक्राउन हुन्न भन्दै चोक चोकमा भाषण छाटेका छन भने कसैले जातियताका आधारमा राज्यको पुर्नसंरचना गराइनुपर्छ भनेर चर्का नाराहरु दिइरहेका छन । तर ग्रामिण भेगमा रहेर बसेका गरिब जनताले राष्ट्र प्रति देखाएको सदभाबको बारेमा सोच्न सकेका छैनन देश हाक्छु भनेर हिडेका नेताहरुले । हस्ताक्षर अभियानमा संलग्न हुन आएका अर्का जगतभञ्याङ ३ का खडक बहादुर नेपालीले भने “मुलुकलाइ संघियतामा लैजादा जनता जनता बिच काटमार हुन्छ” ।

तस्बिर: प्रदिप कोइराला / स्याङ्जा

तस्बिर: प्रदिप कोइराला / स्याङ्जा

राष्ट्रिय जनमोर्चा समर्थित अखिल नेपाल जनजाती माहासंघ द्धारा आयोजित समयमै संबिधान निर्माण गर्न , नया संबिधानमा जनजातीहरुको अधिकार सुनियोजित गर्न र संघियताको खारेज गर्न हस्ताक्षर अभियान सफल पारौ भन्ने मुल नाराका साथ आइतबार वालिङमा अयोजित कार्यक्रमका बिच यि दुइ महिला र पुरुषले देशको बारेमा चिन्ता गर्दे हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल जनजाति सम्मेलन जिल्ला समिति स्याङ्जाले समयमा संविधान निर्माण र संघियताको विरोधमा स्याङ्जामा पनि हस्ताक्षर संकलन सुरु गरेको छ ।  गएको १५ गतेबाट सुरु भएको हस्ताक्षर संकलन कार्य माघ २८ गतेसम्म जारी रहने सम्मेलन स्याङ्जाले जनाएको छ ।

राष्ट्रिय जनमोर्चा स्याङ्जाका उपाध्यक्ष होमबहादुर रानाका अनुसार १५ गते सदरमुकाम स्याङ्जामा, १६ तेश्रो व्यापारिक केन्द्र वालिङ्मा र आज वालिङमा हस्ताक्षर संकलन अभियान जारी राखिएको छ । उहाँले नयाँ संविधानमा जनजातिको अधिकार सुनिश्चित गर्न र संघियताको निर्णय खारेजीको माग सहित हस्ताक्षर संकलन गरीएको जानकारी दिनुभयो ।

तीन दिनसम्म जारी राखिने हस्ताक्षर अभियानमा स्याङ्जामा मात्रै झण्डै १५ हजार सर्वसाधारणहरुले समर्थन सहित हस्ताक्षर गरेको राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह«ेले बताउनुभयो । राष्ट्रिय जनमोर्चाले विगतदेखि स्याङ्जामा संघियताको विरोधमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।

तस्बिर: प्रदिप कोइराला / स्याङ्जा

तस्बिर: प्रदिप कोइराला / स्याङ्जा

Leave a Reply