वालिङमा नबजात शिशु मृत अबस्थामा फेला

प्रदिप कोइराला
स्याङजा ३ फागुन ।

स्याङजाको वालिङ नगरपालिका वाडनं १ मा नबजात शिशुको शव फेला परेको छ । शिशुको शव वालिङ बुटवल पाबर कम्पनी तर्फ जाने बाटो नजिकैको खेतमा शिशुको शव फेला परेको हो । शिशुलाइ मकैका डांठले जलाएर हत्या गरिएको अबस्थामा स्थानिय बासिन्दाले फेला पारेपछि प्रहरीलाइ बोलाएका थिए ।

वडा प्रहरी कार्यालय वालिङले दिएको जानकारी अनुसार स्थानिय बासिन्दाले शिशुको हत्या भएको खबर दिएपछि घटनास्थलमा पुगेको प्रहरीले शिशुको शव पोष्टमार्टम गरि वालिङ नगरपालिका कार्यालय लाइ जिम्मा दिइएको जनाएको छ ।

फोटो :- कति निर्दयी आमा :- वालिङ नगरपालिका वाडनं १ स्थित खेतमा मृत अबस्थामा भेटिएको शिशुको शव

फोटो :- कति निर्दयी आमा :- वालिङ नगरपालिका वाडनं १ स्थित खेतमा मृत अबस्थामा भेटिएको शिशुको शव

घटनाबारे स्थानिय बासिन्दाका अनुसार रातको समयमा बच्चा रोएको सुनेको बताए । बिहान हेर्दा बच्चा मृत अबस्थामा फेला पयो र प्रहरीलाइ खबर गरेको समेत बताए  ।

Leave a Reply