९ वर्षे बालिकाद्वारा आत्महत्या

वैशाख १४, काठमाडौं

काठमाडौँको गोङ्गबुस्थित आफ्नै घरको दलिनमा झुण्डिएर एक बालिका रजनी लामाले आत्महत्या गरेकी छिन्।

गङ्गबु प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक विजय तिमल्सिनाका अनुसार आज बिहान साढे दश बजेतिर ९ बर्षकी ती बालिकाले आफ्ना साथीहरूसँग खेलीरहेकै बेला सलको पासो लगाएर आफ्नै घरको दलिनमा आत्महत्या गरेकी हुन्।

च्याक्सीखाल-१ काभ्रे स्थायी घर भएकी बालिकाका बाबु अजयलामा र आमा जुना लामा गङ्गबुमा नै ज्यामी काम गर्दै आएका छन्।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिने प्रहरीले जनाएको छ।

नागरिक न्युज डट कम

Leave a Reply