टाटा मोबाइल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

वैशाख १२, बनेपा

अरनिको राजमार्गको धुलिखेल-१, धारापानी भन्ने स्थानमा आइतबार अपरान्ह बा ३ च ९६८२ नम्बरको टाटा मोबाइल गाडी सडकबाट खस्दा एकको मृत्यु र तीनजना घाइते भएका छन्।

बनेपाबाट मेलम्ची जाँदै गरेको सो गाडी सडकबाट दुईसय मीटर तल खस्दा कुशादेबी-८, काभ्रेका ५० वर्षिय केशव हुमागाईंको मृत्यु भएको छ। उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याई पुर्‍याउँदा मृत घोषणा गरिएको हो।

दुर्घटनामा उनका कान्छो छोरा २२ वर्षिय उमेश हुमागाई समेत गम्भीर घाइते भएकाले न्यूरो अस्पताल बाँसबारीमा उपचारका लागि लगिएको छ।

सोही गाडीमा यात्रारत गोदार-३, धनुषाका २९ वर्षिय निरज घिमिरे सामान्य घाइते भएका छन्। घिमिरे द हिमालयन ड्रग कम्पनी भारतको सेल्स रिप्रिजेन्टेटिभ थिए। उनीहरु सबैजना भेटेरीनरी औषधिको प्रवर्द्धनका लागि मेलम्ची जाँदै थिए।

गाडीका चालक भुपेन्द्र श्रेष्ठ समेत समान्य घाइते छन्। घिमिरे र श्रेष्ठको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

नागरिक न्युज डट कमबाट

Leave a Reply