स्याङ्जाका पत्रकारहरु अवलोकन भ्रमणमा

स्याङ्जा,२१ फागुन ।
प्रदिप कोइराला
स्याङ्जा जिल्लाका क्रियाशिल पत्रकारहरु एक हप्ताका लागि पत्रकारिता अध्ययन तथा अवलोकनका लागि विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् ।

नेपाल प्रेस युनियन स्याङ्जा शाखाको आयोजनामा जिल्लाका पत्रकारहरु अध्ययन तथा अवलोकन भ्रमणमा निस्किएका हुन् । प्रेस युनियन स्याङ्जाका कार्यवाहक सभापति सुरेन्द्र गौडेलको नेतृत्वमा पाल्पा,रुपन्देही,नवलपरासी,चितवन,मकवानपुर,सुनसरी,मोरङ्ग,लगायतका जिल्लाहरुको भ्रमण गरिने र त्यहाँका पत्रकारहरुसंग पेशागत हकहितका बारेमा छलफल गरिने प्रेस युनियन स्याङ्जाले जनाएको छ ।

अन्य जिल्लाको तुलनामा स्याङ्जा जिल्लाको पत्रकारितामा केहि कम विकास भएको महशुस गरि पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अध्ययन तथा अवलोकन भ्रमणको आयोजना गरिएको प्रेस युनियन स्याङ्जाका सचिव राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । भ्रमण २२ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ । भ्रमण दलमा स्याङ्जाका करिब डेढ दर्जन क्रियाशिल पत्रकारहरुको संलग्नता रहनेछ ।

Leave a Reply