चन्दा र हिंसा रोक्न माओवादीलाई मानव अधिकार आयोगको आग्रह

 वैशाख १४, काठमाडौं,

राष्ट्रिय मानव अधिकार आयोगले माओवादीले यही १८ गतेदेखि थाल्ने आन्दोलनका लागि चन्दा संकलन गरेकोप्रति आपत्ती प्रकट गरेको छ। आयोगले घरेलु हतियारसहितका तालिम, जवरजस्ती चन्दा असुली, धम्की र झडपका गतिविधि तत्काल अन्त्य गर्न समेत माग गरेको छ।

आयोगले कुनै पनि जनप्रदर्शनलाई अहिंसात्मक बनाउन समेत आग्रह गरेको छ। संवादबाट राजनीतिक निकास निकाल्नपर्ने उल्लेख गर्दै विद्यार्थीको भविष्यमाथि खेलभाड नगर्न समेत भनेको छ।

‘हालैका दिनमा मुख्य राजनीतिक दलहरूबीच उत्तेजनात्मक अभिव्यक्ति लगायतका कुराहरूले बढ्दै गएको असमझदारीले समग्र शान्ति प्रक्रिया तथा संविधान निर्माणको काम समेत अवरुद्ध हुँदै गएकाले जनसाधारण त्रसित र निराश हुनु पर्ने स्थिति पैदा भएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार र सम्बन्धित निकायहरूले जनतालाई शान्तिपूर्ण र निर्भयतापूर्वक बाँच्न पाउने कुरामा आश्वस्त पार्न सकेको छैन। संविधान निर्माण गर्ने समयसीमा एक महिनामात्र बाँकी रहेको यो महत्वपूर्ण क्षणमा राजनीतिक तहमा सबैभन्दा बढी असमझदारी र दूरी बढेको देखिन्छ।’
नागरिक न्युज डट कामबाट

Leave a Reply