दुर्घटनामा १ स्कुले छात्राको मृत्यु ४ घाइते

वैशाख १४, पाल्पा

टिपर दुर्घटना हुँदा पाल्पा झुम्साकी एक स्कुले छात्राको मृत्यु भएको छ। मंगलबार ढुंगा लिन जाँदै गरेको ना ३ ख ८६५४ नम्वरको टिपर झम्सा बजार नजिकै दुर्घटना भएको हो। अन्य चार जना घाइते छन्। चालक, सहयोगी र अन्य दुई विद्यार्थी घाइते भएका दोभान प्रहरी चौकीले जनाएको छ।

टिपर सडकबाट एकसय मिटर तल खसेको थियो। मृतक पाण्डे तिलोत्तमा माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा हुन्। विद्यालयबाट टिपर चढेर साथीहरू संगै घरतर्फ जाँदै गरेकी उनको मृत्यु भएको हो। घाइतेहरूको लुम्विनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
नागरिक न्युज डट कामबाट

Leave a Reply