अपहरणमा स्कुले विद्यार्थी

सिरहा, वैशाख १२-

सिरहाको अपहरण, फिरौती संकलन र चन्दा असुलियमा अपराधिक समुका व्यक्ति वा समुहहरूले स्कूले विद्यार्थी र किशोरहरुलाई प्रयोग गर्दे आएको छन्। सहपाठी र चिनेजानेका किशोरहरूको सहयोगमा अपहरणका घटनाको सिलसिलानै छ।

सिरहा नगरपालिकाका १५ वर्षिय सन्देश महरा जिल्ला प्रहरी कार्यालयमा, सिरहामा नियमित तारिख खेप्न जान्छन। स्कूल समय मिलाएर उनका बाबुले बारम्बार प्रहरीकोमा हाजिर गराउनुपर्र्छ। उनले जिल्ला प्रहरीमा धाउनुका पछाडीको कारण सामान्य छैन। उनी माथी जिल्लाका एक सरकारी अधिकारीलाई टेलिफोनबाट धक्काएर पैसा असुल्ने प्रयास गरेको आरोप छ। अपराधिक समुहको मतियार बनेका सन्देशले उपलब्ध गराएको टेलिफोनबाट निर्वाचन अधिकृत दिपक यादवलाई ७ लाख पैसा रुपौया नदिए मार्ने धम्की दिएका थिए।

तीन महिना अघि सरकारी अधिकृतलाई टेलिफोनबाट धम्की दिने सन्देश, त्यसबेला सामान्य थिएनन्। उनले फोनबाट तराई जनतान्त्रिक पार्टी, क्रान्तिकारीको नेता बताएका थिए। ४ हजार रुपैया पाउने लोभमा अपहरणकारीको मतियार बनेका सन्देश निर्वाचन अधिकृतबाट पैसा लिन जाने क्रममा प्रहरीको फन्दामा परेका हुन्। तर जिल्ला अदालतले उनलाई कलिलै भनेर प्रहरीको दाबी अनसारको कारवाही गरेन।

चैत तेश्रो साता लहान नगरपालिकाबाट अपहरित १० वर्षिय सुभाष साहलाई अपहरण गर्न सहयोग गर्ने मध्ये उनका आफ्नै नातेदार ९ कक्षामा अध्ययनरत १५ वर्षिय किशोर रहेको आशंका प्रहरीको छ। प्रहरीले उनी माथी छानविन गर्देछ। अपहरणको १२ दिन पछि रिहा भएका सुभाषको अपहरण प्रकरणमा आफ्नै नातेदार मात्र होइन, प्रहरी समेत संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

सिरहामा गत भदौमा यु. के.जी. मा अध्यनरत गजेन्द्र महतो सोही स्कूलमा अध्ययनरत विद्यार्थीको सहयोगमा अपहरित भएका थिए। २० दिन पछि ठूलो धनराशी खर्च गरेर अभिभावकहरूले महतोलाई रिहा गराए। त्यस्तै भदौमा नै १० वर्षिय सन्तोष यादव गोलबजारबाट अपहरण हुँदा पनि उनकै साथीले सहयोग पुर्‍याएको भेटिएको थियो। गत वर्ष लहानको मेरी ल्याण्ड स्कुलका कक्षमा ९ मा अध्ययनरत शिखर लामिछाने पनि आफ्नै सहपाठीको सहयोगमा अपहरण परेको प्रहरीको अनुसन्धानले देखाएको छ। अभिवावकले लामिछानेलाई ठूलो धनराशी खर्च गरेर मुक्त गराए। लामिछानेको पविार लहानबाट बिस्थापित भैसकको छ।

सिरहा जिल्लामा अपहरण सामान्य बन्दै गएको छ।

यहाँका बजार क्षेत्र ,सिरहा, लहान, मिर्चेया, गोलबजारबाट हुने अपहरणमा स्कूले विद्यार्थीहरू प्रयोग हुने गरेको पाइन्छ। प्रहरीहरूका अन’सार विद्यार्थीहरूको अपहरणमा उनीहरूकै नजिकका साथीहरू मतियार बन्ने प्रवृती बढ्दो छ। सिरहाका प्रहरी प्रमुख रमेश भट्टराई अपहरण, फिरौती संकलन र अस’लीमा स्कूले विद्यार्थीको प्रयोग असामान्य बन्दै गएको बताउँछन्। सहपाठी र नजिकका नातेदारहरूबाट अपहरणकारीहरूले घर परिवारको जानकारी लिने, टेलिफोन नम्बर लगायतका दैनिकीको जानकारी उपलब्ध गराउने गरेको अनुसन्धानमा संलग्नहरूको भनाई।

सिरहामा कार्यरत गैर सरकारी संस्था समग्र जन उत्थान संस्थानका अध्यक्ष स’निल क’मार साह स्क”ले विद्यार्थीहरूको अपहरणमा आफ्नै स्क”लका सहपाठीहरू संलग्न ह’ने गरेको पाइएको छ। सनिलको संस्थानले अपहरण, हत्या, हिंसाका विवरण राख्ने काम गर्दे आएको छ। ‘ अपहरण समामान्य बन्दैछ, त्यस माथी स्कूले उमेरका बालबालिका र किशोरहरू अपहरण, फिरौतीमा लाग्नु डरलाग्दो पक्ष हो’ सुनिलले भने।

अपहरणमा आफैले चिने जानेका सहपाठी र नातेदार प्रयोग ह’ने भए पनि उनीहरू प्रहरी कारवाहीको फन्दामा आउँन सक्तैनन। अपहरित बालबालिकाका अभिभावकहरूले अपहरणका मतियारलाई राम्ररी चिने पछि पनि प्रहरीलाई जानकारी दिदैनन्। कतिपय अवस्थामा प्रहरीलाई कारवाही नचाउन भुत्तभोगिहरूल आग्रह गर्ने गरेको सुरक्षाकर्मिहरूको अनुभव छ। आफ्ना मान्छे फिरौती तिरेर मुक्त भैसकेपछी मतियारहरूलाई कारवाही नचलाने चाहनाका पछाडी अपहरणकारीको आतंकनै प्रमुख कारण मानिन्छ।

सिरहामा अपहरणको आतक मच्चाउनेमा सर्लाहीका द्धारिक महतोको नाम लिन्छन सुरक्षाकर्मि। माओवादीका पूर्व लडाकु महतो माओवादीनै छँदा बम पड्किएर एउटा हात गुमाएका महतोको कार्यक्षेत्र सर्लाही देखि सप्तरीसम्म फैलिएको प्रहरी कार्यालय लहानका निरिक्षक विपिन रेग्मी बताउँछन्। रेग्मीका अनुसार महतोले स्कूले किशोर प्लस टु अध्ययनरत विद्यार्थीको सयन्त्र बनाएका छन्। युवाहरुको खर्चिलो जीवन शैली, महगा मोबाइल प्रयोग र महङ्गा मोटर साइकल चढ्ने चाहनाले गर्र्दा उनीहरू अपराधिक समुह, व्यक्तिहरू हतियार बन्दै गएको रेग्मीले बताए। सिरहाका प्लस टुमा अध्ययनरत छात्राहरू समेत यस्ता काममा सत्रिय रहेको रेग्मीले बताए।

नागरिक न्युज डट कमबाट

Leave a Reply