धम्की आएपछि ठिमुरे हत्याकान्डका पीडितले रुँदै गाउँ छोडे

वैशाख १०,पाल्पा

गत माघ अन्तिम साता परिवारका चार जनाको हत्या भएपछि अपराधी पक्राउ पर्नुको सट्टा अन्य सदस्यलाई समेत धम्की आउन थालेपछि ठिमुरेको बगाले परिवार विस्थापित भएको छ। आमा, दिदी, छोरी र भाञ्जाभाञ्जी गरी पाँच जनाको घाँटी रेटी हत्या गरिएपछि २० वर्षीय प्रेम बगाले असुरक्षा बढेको भन्दै गाउँ छोडी निस्किएका छन्। हत्यारा पोखरास्थित नयाँ गोरख गणका सैनिक भएको प्रहरीले प्रमाण फेला पारे पनि त्यसमा संलग्न पक्राउ परेका छैनन्।

दुई महिना बितिसक्दा पनि हत्यारा पक्राउ नपरेकाले गाउँमा बस्न निकै डर भएको प्रेमले बताएका छन्। ‘गाउँलेलाई सैनिक हुँ भन्दै चुपचाप लागेर बस्न धम्क्याउन मान्छे गाउँमै आउन थालेका छन्। यस्तो अवस्थामा हामीलाई कसरी बाँकी राख्लान?’ उनले भने, ‘कोही आएर हामीलाई पनि केही गर्ने हुन् कि भन्ने डरले गाउँ छाड्ने निधो गर्‍यौं।’

नागरिक न्युज डट कमबाट

Leave a Reply