सात महिनामै फेसबुक लाइट बन्द

बैशाख ८, क्यालिफोर्निया

फेसबुकले स्लो इन्टरनेट हुनेहरुलाई लक्षित गरी ल्याएको फेसबुक लाइट बन्द गरेको छ। फेसबुककै मूख्य संस्करणमा रहेको केही फिचरहरु हटाएर हलुका बनाएर ल्याइएको फेसबुक लाइट ७ महिनासम्म मात्र अस्तित्वमा रह्यो। फेसबुकले आफ्नै फ्यान क्लबमा एक नोट प्रकाशित गर्दै लाइट प्रयोग गर्नेहरुलाई धन्यवाद दिएको छ। लाइटको अनुभवबाट धेरै कुरा सिकेको समेत फेसबुकले जनाएको छ।

फेसबुक लाइट बन्द गर्नुको कारणबारे कम्पनीले प्रष्ट कारण खुलाएको छैन। तर विश्लेषकहरुले पनि मूख्य साइटमै सुधार गरिएकाले सुस्त इन्टरनेटको लागि भनिएको फेसबुक लाइट आवश्यक नभएकाले बन्द गरिएको हुन सक्ने बताएका छन्।

फेसबुक लाइटलाई विश्लेषकहरुले माइक्रो ब्लगिङ सर्भिस ट्वीटरसँग तुलना गरेका थिए। फेसबुक लाइटमा स्टाटस अपडेट र फोटो र भिडियोबाहेक एप्लिकेसन्स र अन्य बक्सहरुको प्रयोग गरिएको थिएन।

केही ब्लगरहरुले भने फेसबुक लाइटको बारेमा धेरैलाई थाहा नभएको बताएका छन्। यो अलोकप्रिय रहेका कारण बन्द हुँदा प्रयोगकर्तालाई केही फरक नपर्ने उनीहरुको तर्क छ।

नागरिक न्युज डट कमबाट

Leave a Reply