ब्राह्मण समाजद्धारा ज्ञापनपत्र

स्याङ्जा–२१, फागुन ।

प्रदिप कोइराला

राष्ट्रिय ब्राह्माण समाज नेपाल जिल्ला कार्यसमिति स्याङ्जाले आज ब्राह्मणहरुलाई नेपालका आदिवासीको सूचिमा समावेश गरिनुपर्ने माग सहितका ६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

समाज स्याङ्जाका अध्यक्ष शालिग्राम रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको टोलीले प्रमुख जिल्ला अधिकारी मर्फत प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र बुझाएको छ हो ।

बुझाइएको ज्ञापनपत्रमा ब्राह्मणहरुलाई नेपालका आदिवासीको सूचिमा समावेश गरियोस, ब्राह्मण जातिलाई अन्य होईन नेपालको प्रमुख जातिमा सूचिकृत गरियोस, जातीय राज्यको अवधारणा तुरुन्त खारेज गरियोस, आरक्षण जातीय आधारमा होईन वर्गीय आधारमा गरियोस, जसको राज्य उसको नेतृत्व भन्ने धारणा नराखियोस र आदिवासी जनजातिका सम्बन्धमा मनपरी परिभाषा नगरियोस भन्ने बुदाँ रहेका छन् ।

ज्ञापनपत्र बुझाउदै राष्ट्रिय ब्राह्मण समाज नेपाल स्याङ्जा अध्यक्ष शालिग्राम रेग्मीले राज्यको विभाजन जातिय आधारमा गरिएमा त्यसले विखण्डन ल्याउने हुदा समयमै सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

ज्ञापनपत्रलाई सम्बन्धीत निकायमा पु¥याउने प्रतिवद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले राज्यमा सबै जातजातीलाई समान अधिकारको प्रत्याभूति हुने संविधान बन्नुपर्नेमा जोड दिनुभएको थियो । उक्त कार्यक्रमको संचालन समाजका सचिव लोकनाथ रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply