आगो नियन्त्रण गर्न गोष्ठी

स्याङ्जा–२१, फागुन ।

प्रदिप कोइराला
हिउँदका समयमा डढेलोबाट हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि जिल्ला वन कार्यालय स्याङ्जाले आज कार्यालयको सभाहलमा वन डढेलो नियन्त्रणा तथा व्यवस्थापन एकदिने अभिमूखिकरण अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले डढेलोबाट नेपालमा वर्षेनी ठूलो क्षति हुने भएको हुदा आम नागरिकहरु डढेलो नियन्त्रणमा लाग्नुपर्ने बताउनुभएको थियो ।

वनमा लाग्ने डढेलो नियन्त्रणका लागि गाउँ गाउँमा सचेतना मुलक सेमिनारहरुको आयोजना गर्नुपर्नेमा उहाँले जोडदिनुभएको थियो ।

गोष्ठीमा विरभद्रजंग गुल्म स्याङ्जाका गुल्मपति भुवनेश्वर आचार्य, स्याङ्जाका प्रहरी नायव उपरिक्ष उत्तमराज सुवेदीले जिल्लामा डढेलोबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्नका लागि सेना तथा प्रहरी प्रशासनबाट पुग्ने सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

Leave a Reply