मानसिक यातना खप्न नसकेर आत्महत्या

प्रदिप कोइराला
स्याङजा १६ फागुन ।

दिनहु दाइजो नल्याएको भन्दै दिइने मानसिक यातना खप्न नसकेर सनिबार सांझ स्याङजाको बानेथोक देउराली ७ की कल्पना काफ्लेले झुण्डिएर आत्महत्या गरेकी छन ।

बिबाहमा दाइजो नल्याएको भन्दै घर परिवारले दैनिक यातना दिनेगरेपछि सहन नसकेर आइतवार सांझ घर नजिकैको चिलाउनेको रुखमा झुण्डिएर २९ वर्षिय काफ्लेले आत्महत्या गरेको हुन सक्ने स्थानियबासीले बताएका छन ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार मृतक काफ्लेका घरका सासु ससुरा र श्रीमानले पटक पटक दाइजो कम ल्याएको निउमा मानसिक तनाब दिएकै कारणले उनले आत्महत्या गरेको हुनसक्ने जनाएको छ । अनुसन्धानको लागि प्रहरीले मृतक काफ्लेका श्रीमान सासु र ससुरालाइ नियन्त्रणमा लिएको पनि जनाएको छ ।

मृतक काफ्लेका माइती पक्षले भने घर परिवारले छोरीलाइ हत्या गरेर झुण्डाएको आरोप लगाएका छन । घटना प्रति प्रहरीले सत्य तथ्य छानबिन गरि दोषि उपर कडा कारवाहीको समेत माग गरेका छन । मृतक काफ्लेको एक छोरा र एक छोरी रहेका छन ।

Leave a Reply