मुक्तिनाथ बिकाश बैंकको स्याङजामा मोटरसाईकल ¥याली

प्रदिप कोइराला

स्याङ्जा १४ फागुन ।

निजी क्षेत्रमा स्याङजामा पहिलो पटक स्थापना गरीएको मुक्तिनाथ विकास बैंकले आफ्नो सेवा र सुबिधाको बारेमा जानकारी गराउन र बिभिन्न समुह हरुलाइ उत्पादन मुलक आर्थिक क्रियाकलापमा संलग्न गराउने उद्येस्यका साथ पोखरा तथा स्याङजाका सहरहरुमा मोटरसाइकल ¥याली मार्फत घरदैलो तथा बैकिङ् जागरण कार्यक्रम सन्चालन गरेको छ । बैकले बैंकिङ् अवधारण नबुझेका ब्याक्तिहरुलाई बचत गर्न सिकाउने,पुँजिको अभावमा ब्यवसायी गर्न नसकेका बेरोजगारलाई ऋण उपलव्ध गराएर सदुपयोग गराउन सिकाउने र समय खेर फाल्नु भन्दा स साना कार्य गरी आर्थिक रुपले समृद्ध एंव सुखी जीवन विताउन सिकाउने उद्येस्यका साथ घरदैलो कार्यक्रम सन्चालन गरीएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाले बताए ।

नेपालका ‘ख’ वर्गका विकास बैंकमा लद्युवित्त कार्यक्रम संचालन गर्ने मुक्तिनाथ विकास बैंक पहिलो बैंक हो । धमाधम खुलेका विकास बैंकहरुको सेवा शहरमुखी भएको भन्दै आलोचना खेप्दै आएको अवस्थामा मुक्तिनाथ विकास बैंकले जिल्लाका ग्रामीण भेगमा पुगेर आर्थिक कारोबार संचालन गरेको छ । बैंकिङ्ख क्षेत्रमा बिभिन्न आकर्षक योजना ल्याएर मुक्तिनाथ बिकाश बैकले स्थापनाको छोटै समयमानै ग्राहकमाझ लोकप्रिय बन्न सफल भएको छ । बैंकले स्याङ्जा जिल्लाका २ नगरपालिका र ६० गाविसमा मध्ये २ नगरपालिका र ४८ गाविसमा लद्युवित्त कारोबार संचालन गरिसकेको छ । जिल्लाका थप १२ गाविसमा सेवा पु¥याउन अन्तिम तयारी गरिरहेको बैंक ले जनाएको छ ।

बैंकले लद्युवित्त (विना धितो) कार्यक्रम कास्की र तनहुं जिल्लामा समेत संचालन गरेको छ ।

यस बैकले लघुबित्त क्षेत्रमा स्याङ्जा,कास्की र तनहँु गरी तिन जिल्लामा रहेका दुर्गम गाँउका बिपन्न, किसान र आर्थिक स्तर कमजोर भएकाहरु लाई १५ करोड २२ लाख २७ हजार कर्जा लगानी गरेको छ । लघुबित्त कार्यक्रम अन्तर्गत १७ हजार १ सय ७६ सदस्य रहेका छन । उनीहरु लाई ८ सय ८८ केन्द्रमार्फत समुहमा आबद्ध गराएको बैकले जनाएको छ । स्याङजामा पहिलो पटक स्थापना भएको मुक्तिनाथ विकास बैंकले जिल्लाका ग्रामिण भेगमा रहेका बिपन्न तथा गरिवीले पिल्सिएका महिलालाइ लक्षित गरेर संचालन गरेको लद्युवित्त कार्यक्रममा विना धितो महिलाहरुलाई कर्जा लगानी गर्दै आइरहेको छ । विना धितो सामुहिक जमानीमा गरिएको लगानीबाट स्याङजाका ग्रामिण भेगका महिलाहरुको दैनिक जीवनयापनमा परिवर्तन आएको छ ।

Leave a Reply