पतञ्जली योग तथा आयूर्वेद भबन निर्माण सम्पन्न,, चैत्रमा उदघाटन गरिने

प्रदिप कोइराला
स्याङजा ३ फागुन ।

पंतञ्जली योग जिल्ला समिती स्याङजाको आयोजनामा निर्माण गरिएको योग तथा आयूर्वेद  भबनको निर्माणकार्य सम्पन्न भएको छ । भबनको आगामी चैत्रमा स्वामी रामदेब तथा आयूर्वेद शिरोमणी आचार्य बालकृष्ण माहाराजको उपस्थितीमा उदघाटन गरिने पंतञ्जली योग समिती स्याङजाले जनाएको छ ।

वालिङ नगरपालिका वाडनं ३ स्थित वालिङ खेलमैदानको पुर्वतर्फ ४ रोपनी ७ आना जग्गामा निर्माण गरिएको उक्त योग तथा आयूर्वेद भबन स्वामी रामदेब तथा आचार्य बालकृष्ण माहाराजको मुख्य सहयोग र सल्लाहमा निर्माण गरिएको हो । भबन निर्माण सम्पन्न गर्न करिब २ करोड लागत लागेको समितीले जनाएको छ ।

मानब जिबनमा अत्याबस्यक योग तथा साधनालाइ मध्यनजर राखेर आचार्य बालकृष्णको जन्म स्थान वालिङमा योग भबन निर्माण गरिएको हो । नेपालमा पहिलो पटक निर्माण गरिएको योग तथा आयूर्वेद भबन सन्चालनमा आएपछि स्याङजा पाल्पा कास्की गुल्मी र पर्वतमा रहेका बिभिन्न खाले रोगले ग्रसित सर्वसाधारणहरु योग तथा आयूृर्वेद पद्धतीबाट सहज तरिकाले उपचार गराउन सक्ने बताइएको छ ।

भबन निर्माण सम्पन्न भए लगत्तै पतंञ्जली योग जिल्ला समिती स्याङजा उदघाटनको तयारीमा जुटेको छ । उदघान हुनु पुर्व समिती पुर्नगठन तथा उदघाटनका लागि १ हजार १ मुल आयोजक समिती तथा उपसमितीहरु गठन गरिनु पर्ने पतञ्जली योग समिती स्याङजाका अध्यक्ष रघुपती लम्सालले बताउनुभयो । लम्सालका अनुसार पतञ्जली योग जिल्ला समिती स्याङजा र अन्चल प्रभारी हालै हरिद्धारमा भएको एक कार्यक्रम बिच स्वामी रामदेबबाट जिल्ला समिती स्याङजाको अध्यक्षमा रघुपती लम्साल र अन्चल प्रभारीमा मैयादेबी लम्साल पौडेल  मनोनित भएका छन ।

समिती पुनगठन अनुसार पतञ्जली जिल्ला शाखा स्याङजामा रघुपती लम्सालको अध्यक्ष्तामा ३४ सदस्यि तथा अन्चल प्रभारी मैयादेबी लम्सालको अध्यक्षतामा बसेको बैठकको निर्यय अनुसार कृष्ण मल्लको अध्यक्षतामा २६ सदस्यि महिला समिती पुर्नगठन गरिएको छ ।

पुर्नगठन गरिएको जिल्ला समितीमा उपाध्यक्ष नारायण प्रसाद तिवारी , माहामन्त्रिमा मुक्ति प्रसाद सुवेदी , संगठन मन्त्रिमा स्याम प्रसाद अर्याल , कोषाध्यक्षमा बासुदेब अधिकारी र अन्य सदस्यहरुमा क्रमश गोबिन्द अधिकारी , राम प्रसाद लम्साल , भाष्कर काफ्ले , दीपक लम्साल, यामकात्त खनाल, भोजराज पाण्डे, राजु बिक, आनन्दराज चिलुवाल, गोपाल मल्ल, इश्वरी प्रसाद तिवारी , सुर्य प्रसाद काफ्ले, कृष्ण प्रसाद तिवारी, चन्द्रमान श्रेष्ठ,दुर्गा प्रसाद श्रेष्ठ, हिमलाल बिक, शिवलाल डुम्रे, हरिप्रसाद गौतम, नर बहादुर गुरुङ, केम्बर बहादुर बिक, खगेन्द्र अर्याल, बिरेन्द्र राना, गोपी तिवारी , बिष्णु प्रसाद पंगेनी ,राम प्रसाद श्रेष्ठ, बेद प्रसाद न्योपाने ,सुवास न्यौपाने, हिमलाल रेग्मी, तिल प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ तथा चक्र बन्धु रेग्मी रहेका छन ।

भने हालै पुर्नगठन गरिएको महिला समितीमा अध्यक्षमा कृष्ण मल्ल उपाध्यक्षमा चन्द्रकला केसी , माहामन्त्रिमा कबिता भूषाल, संगठन मन्त्रिमा रीता लम्साल, कोषाध्यक्षमा धनकुमारी मल्ल तथा अन्य सदस्यहरुमा याम कुमारी पंगेनी , चन्द्रकला तिवारी , शुभकला भट्राइ, भन्जु श्रेष्ठ, बिमला काफ्ले, चुत्रकुमारी थापा, सीता अर्याल, बिष्णु कुमारी पराजुली , बबिता श्रेष्ठ, लक्ष्मी अर्याल, लिला तिवारी , लक्ष्मी अयाृल, अम्विका पौडेल, मेनुका पौडेल, सीता श्रेष्ठ, भिममाया गाहा, बिमला श्रेष्ठ, अप्सरा श्रेष्ठ, उमा तिवारी, डिल्लीमाया अर्याल, पुजा तिवारी रहेका छन ।

आगामी चैत्रमा उदघाटन गरिने उक्त योग तथा आयूर्वेद भबनको उदघाटन राष्ट्रपति वा प्रधानमन्त्री बाट गरिने अध्यक्ष रघुपती लम्सालले जानकारी गराउनुभयो ।

Leave a Reply