वालिङ जेसीजका नयाँ नेतृत्वको पदस्थापना

प्रदिप कोइराला

स्याङजा १ फागुन ।

वालिङ जेसीजमा वर्ष २०१० का नवनिर्वार्चित कार्यसमितिका पदाधिकारीहरुले शनिवार एक कार्यक्रमका बिच पदस्थापना गरिएको छ । युवाहरु लाई सकरात्मक बाटोमा ल्याउने उदेश्यका साथ स्थापना गरीएको वालिङ् जेसीजले स्थापना काल देखी विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । बर्ष २०१० का पदाधीकारी लाई पदस्थापना कार्यक्रमको पुर्व मेयर एंव नेपाली काग्रेसका नगर सभापति दिलिप प्रताप खाँणले उदघाटन गर्दै ।

वालिङ जेसीजले जिल्लाका सबै युवाहरुलाई समेटेर व्यक्तित्व विकासका लागि नयाँ कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । खांणले जेसीजको पाठ नेपालका राजनितिक व्याक्तिहरुले सिक्नु पर्ने कुरामा उल्लेख गर्दै खाँणले भने ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ,भन्ने मूल नारा जेसीजको भएकोले यसप्रति नयाँ जोस र जाँगर भएका युवावर्गहरुलाई जेसीजमा खोजी÷खोजी समेटनुपर्ने बताए ।’

जेसीजको पदस्थापन समारोहमा बिशिष्ट अतिथि इलाका प्रशासन कार्यालयका प्रमुख केशवराज शर्मा,वालिङ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम आचार्य,वालिङ जेसीजका सल्लाहकार ध्रुवप्रसाद शर्मा,वर्ष २००८ का अध्यक्ष भीमप्रसाद पंगेनी,नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष देवेन्द्र भट्टराई,पत्रकार श्रीकृष्ण सिग्देल,एसबीआई बैंकका प्रमुख सुधिर पौडेल,तिलक पराजुली,महासचिव दीपक लम्साल लगायतका बक्ताहरुले विधिको शासनमा चल्ने जेसीजले नेपालको नयाँ संविधान निर्धारित समयमा निर्माणका लागि विधिपूर्वक सरकार र सम्बन्धित निकायलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम वर्ष २००९ का अध्यक्ष माधवप्रसाद उपाध्यायको सभापतित्वमा भएको थियो । जेसीजले वर्ष २०१० का लागि गत पौषमा यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा नौ सदस्सीय नयाँ कार्य समिति चयन गरेको थियो ।

Leave a Reply