हत्यारालाई कारवाहीको माग गर्दै चक्काजाम

प्रदिप कोइराला
स्याङ्जा,२८ माघ ।

सञ्चार व्यवसायी तथा स्पेसटाइम नेटवर्कका सञ्चालक जमिम शाहका हत्याराको खोजी गरि तुरुन्त कारवाही गर्नुपर्ने माग गर्दै स्याङ्जाका पत्रकारहरुले आज स्याङ्जामा आधाघण्टा चक्काजाम गरेका छन् ।

नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्माको नेतृत्वमा स्याङ्जाका पत्रकारहरुले सरकारलाई दबाब दिने उद्देश्यले सदरमुकाम स्याङ्जामा आधाघण्टा चक्काजाम गरेका हुन् । चक्काजाम पछि गरिएको कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले शाहको हत्या भएको झण्डै एक साता वितिसक्दा पनि हत्याराको पहिचान हुन नसक्नुमा राज्यको निरिहता रहेको उल्लेख गर्दै पत्रकारहरुप्रतिको सुरक्षामा राज्यले चासो नदिएको समेत आरोप लगाउनुभयो । पत्रकार द्धारा गरिएको बिरोध कार्यक्रमलाइ एकिकृत नेकपा माओवादी नेपाली कांग्रेस र नेकपा एमालेले एक्यबद्धता जनाएका थिए ।

पत्रकारहरुले आजै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीमार्फत हत्याराको तुरुन्त खोजी गरि कारवाही गर्न माग राख्दै प्रधानमन्त्री माधबकुमार नेपाललाई ज्ञापन पत्र समेत बुझाएका छन ।

Leave a Reply