शहिद दिवसमा शहिदकै उपेक्षा

प्रदिप कोइराला
स्याङ्जा,१६ माघ ।

शहिद भन्ना साथ सबैको शिर निउ“रिन्छ, शहिदले के पाए“ मात्रै हामीलाई स्वतन्त्रता दिएर गए, स्वतन्त्रता दिने नाममा आफ्नो ज्यानको बा“जी लगाउनेको सम्झनामा हामीले के ग¥यौ, कम्तीमा वर्षमा एक दिन सम्झने प्रयत्न र दिवंगत आत्माको चिरशान्तिका लागि सामुहिक रुपमा भेला भएर श्रद्धान्जली अर्पण गर्न सक्छौं,तर अब त्यो पनि यहांका दलहरुलाई प्रत्येक माघ १६, मा २००७ सालमा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालिनको तानाशाह राणातन्त्रले जिउ“दै गोली हानेर हत्या ग¥यो, केबल उनीहरुको शाहदत आम नेपालीलाई दासत्वबाट मुक्ति दिलाउने अभियान थियो । त्यहि अभियानलाई सहन नसकेर आफ्नो शासन व्यवस्था ढल्ने आशंकामा क्रुरुर राणाहरुले उनीहरुको हत्या ग¥यो ।

यहि दिवसको अवसरमा आखिर हाम्रा लागि ज्यान दिने शहिदहरुको सम्झनामा के ग¥यौ भन्दा स्याङ्जामा जिल्ला प्रशासन कार्यालयका आयोजनामा श्रद्धान्जली सभा सम्पन्न भयो । केवल औपचारिकताका लागि मात्रै गरिएको शहिद दिवसमा खास गरि ठूला दलहरुले आफ्नो प्रतिनिधि खटाएर टार्ने प्रयत्न गरेको भेटियो । साना दलले त शहिद दिवसको सुईको पनि पाएन्न ।

स्याङ्जामा भएको श्रद्धान्जली तथा पुष्प अर्पण कार्यक्रममा शहिदको सम्झनामा १५ मानव उपस्थित थिए । के शहिदको सम्मानमा आयोजना गरिएको सभामा १५ को उपस्थितीले मात्रै पुग्छ ? सभामा आएकाहरु सहभागिहरुको संख्यात्मक नभएपनि गुणात्मक छ भन्दै दलिय स्वभाव देखाउन चुकेन्न ।

शहिद दिवसमा जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको श्रद्धान्जली सभामा एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र रा.प्र.पा नेपाल गरी चार दलका प्रतिनिधि कर्मचारी र पत्रकार गरेर जम्मा १५ जनाको उपस्थितिले मात्र शहिद दिवस मनाएका थिए यसले शहिदको सम्मान गछौ, शहिदको सपना साकारप पाछौ भन्ने दलहरुबाट नै शहिदको उपेक्षा गरेको पाइयो ।

आम नागरिकको स्वतन्त्रतालाई मजबुद बनाउने अभियानमा ज्यान गुमाएका शहिदको सपनालाई खास गरि राजनीति दलले बढि उपेक्षा गरिएको पाईन्छ । जनताको चाहाना र शहिदका सपनालाई सत्ता प्राप्तीका खातिर भुल्ने नेपाली राजनीतिको सस्कार नै बनेको छ ।

राज्यले शहिदलाई सम्झेर मात्रै पुग्दैन् उनीहरुका परिवारलाई दिनुपर्ने सेवा र सुविधाबाट बञ्चित बनाउनु हुदैन् । राज्यले केवल औपचारिकता लागि श्रद्धान्जलीसभा, पुष्प अर्पण र भाषण गर्ने कार्यक्रमका रुपमा प्रयोग नगरेर शहिदको सपना पुरा गर्ने सबालमा के काम ग¥यौ भनेर सोच्नु पर्दछ ।

शहिद भए वापत उनीहरुले के पाए ? के लगे ? शहिद सबैका साझा हुन, कसले मनायो मनाएन, सम्झियो सम्झेन भन्नुभन्दा पनि आफूले के गरियो भन्ने बारेमा एक पटक हामी सोच्ने हो की ।

Leave a Reply