राष्ट्रपतिको कदम नेपालीजनताकै चाहाना अनुरुप—नेता खड्का

प्रदिप कोइराला
स्याङजा १६ माघ
नेपाली काग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृह मन्त्रि खुम बहादुर खड्काले राष्ट्रपति डा. रामवरण यादवले चालेको कदम नेपाली जनताको चाहना अनुरुप भएको बताउनु भएको छ ।

राष्ट्रपति यादवले चालेको कदमले नेपाल,नेपाली जनता,राजनितिक पाटर््िहरु र माओवादी लाई समेत बचाएको उदघोष गर्दै यो कदम लोकतन्त्र,संविधान र नेपाली जनताकै चाहना बमोजिम भएको  ठोकुवा गर्नुभयो ।

स्याङ्जा,पाल्पा र गुल्मी तिन जिल्लाको कांग्रेस जिल्ला समितिहरुले निर्णय गरे वमोजिम तीन जिल्लाको संगमस्थल पाल्पाको अर्गली गाविसमा भएको  लोकतन्त्रका लागी शाहदत दिने अमर शहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

उहाँले माओवादीले जति सुकै हतियारको दम्भ गरेर अराजकता मच्याउन खोजेपनि नेपालमा कहिल्यै कम्यूनिष्ट शासन स्थापना नहुने दावी समेत गर्नु भयो । उहाले थप्नु भयो नेपाली जनता जहिले पनि लोकतन्त्र र शान्ति प्रति प्रतिवद्धता भएको उल्लेख गर्दै माओवादी लाई दरवारले जन्माएको र भारतले हुर्काएको आरोप लगाउनु भयो ।

शहिद श्रद्धाञ्जली कार्यक्रममा पुर्व राज्य मन्त्रि देवेन्द्र राज कडेल,स्याङ्जा नेपाली काग्रेस सभापती खगेन्द्र राज रेग्मी,पाल्पाका सभापती राजन पन्त,स्याङ्जाका सह सभापती कमल प्रसाद पंगेनी र कमल राना मगर लगायतका बत्ताहरुले नेपाली जनताको चाहना बमोजिम पुर्ण लोकतन्त्र स्थापनाका लागी नेपाली काग्रेसलाई पुर्नगठन गर्दै पुर्ण एकताका साथ जुझारु बनाउनु पर्नैमा जोड दिनुभएको थियो ।
अर्गली गाविसका गाँउ समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply