मुक्तिनाथ बिकाश बैकको बिनाधितो कर्जाले सुधारियो हजारौको जिबन

प्रदिप कोइराला
स्याङजा १६ माघ ।
मेहनेत गरे के हुदैन , उद्यमी कहिल्यै भोको हुदैन मन्ने मंन्त्रलाइ आत्मसाथ गदै घर धन्दा र चुलो चौकोमा मात्र सिमित महिलाहरु अहिले कर्जा लिएर लघुउद्यम सुरु गरेका छन ।  मुक्तिनाथ बिकाश बैक द्धारा सन्चालित लघुबित्त कार्यक्रम बाट बिनाधितो लिएको कर्जाले स्याङजाका सयौ महिलाको जिबनस्तरमा परिवर्तन आएको छ ।
बैदेसिक रोजगारका लागि मलेसिया पुगेका रमाकान्त मरासिनी अहिले स्वदेस फर्केर आफ्नै उद्यममा रमाइरहेका छन भने गरिबीले परिवार पाल्न धौ धौ भएपछि खोजेको बिकल्प संगै खुसि भएकी छन धनादेबी । यिनीहरु मात्र होइन बिना धितो कर्जाले ल्याएको परिवर्तन सुनाउने अहिले स्याङजामा सयौको संख्यामा भेटिने गर्छन ।

बिना धितो कर्जा लिइ सुरु गरेको बंगुरपालन ब्याबसाय देखाउदै एक महिला तस्बिर: प्रदिप कोइराला /स्याङ्जा

बिना धितो कर्जा लिइ सुरु गरेको बंगुरपालन ब्याबसाय देखाउदै एक महिला तस्बिर: प्रदिप कोइराला /स्याङ्जा

मुक्तिनाथ बिकाश बैक द्धारा सन्चालित लघुबिक्त कायक्रम अन्तरगत लिएको कर्जाले सुरु गरेको ब्याबसाय फस्टाएपछि आफ्नो जिबनमा ठुलो परिवर्तन आएको बताउदै स्याङजा पुतलिबजार न पा १ प्रगतिनगरका रमाकान्त मरासिनी मलेसियाबाट फर्केर मुक्तिनाथ बाट कर्जा लिइ तरकारी पसल गरेको बताउछन । भने श्रीमति लाइ पनि कर्जाबाटै किराना पसर सुरु गरेपछि छोटै समयमा नै आफुहरुको जिबनमा परिवर्तन आएको बताउछन ।

पांच जनाको परिवार पाल्न धौ धौ भएको अनुभब सुनाउदै स्याङजा वाङसिङकी धनादेवी क्षेत्रीले लिएको बिना धितो कर्जाले घर नजिकैको करेसाबारीमा सुरु गरेको प्लास्टिकको घर भित्र गोलभेडा खेतीले अहिले मासिक ५ हजार सम्म आम्दानी गरेको बताउछिन । मेहनेत परिश्रम र उद्यमशिलताले गर्दा आफुलाइ उद्यमशिलताको बाटोमा हिडन प्रेरित गरेको बताउदै धनादेबीले मुक्तिनाथ लघुबित्त बाट १० हजार कर्जा लिएर सुरु गरेको ब्याबसायले अहिले आफ्नो परिवारको गुजारा चलाइरहेकी छन ।

लघुबित्त कार्यक्रमले कर्जा लगानीमात्र नभइ ग्रामिण क्षेत्रमा रहेका गरिब परिवार सम्म पुगि उनिहरुको जिबनस्तर उकास्न बिभिन्नखाले शिपमुलक तालिम प्रदान गर्दै आइरहेको छ । तालिमबाट सिकेका कुरा ब्याबहारमा उतार्न बैकले बिभिन्न समुह बनाइ बिना धितोसमुह मार्फत लगानी गर्दै आइरहेको छ । जसका कारण गरिबीको मारमा परेका परिवारलाइ आम्दानी गर्न सहज भएको छ । यसै कार्यक्रमबाटै अधिकांश ग्रामिण क्षेत्रका महिलाहरुले मोहडा बुन्ने, स्विटर बुन्ने, तरकारी खेती, ब्यापार लगायतका बिभिन्न उद्यम गर्दै आइरहेका छन । यसको अलाबा पैसालाइ बाकसमा थन्काउने होइन लगानी गरे तुरुन्त फल पाइन्छ भन्ने ज्ञान सिकाउदै आइरहेको छ ।

स्याङजा जिल्लाकै पहिलो बिकाश बैकको रुपमा स्थापना भएको यस बैकले छोटै समयमानै कार्य क्षेत्र बिस्तार गरि कास्की र तनहुमा पनि सेवा सुरु गरेको छ । बैकले हाल सम्म लघुबित्त तर्फ तिन जिल्लाका एक उप माहानगरपालिका चार नगरपालिका तथा ७३ गाबिसका कुल १६ हजार ९६ घरधुरीका ८० हजार जनसंख्यालाइ आयआर्जन कार्यक्रममा समाबेस गरिएको मुक्तिनाथ बिकाश बैकका कार्यकारी अधिकृत भरतराज ढकालले बताउनुभयो । उहांका अनुसार लघुबित्त कार्यक्रममा ८ सय २४ मुत्तिनाथ महिला बिकाश केन्द्र गठन गरिएको र ३ हजार ३ सय २६ समुह रहेका छन । जस अनुसार बैकले कुल ३२ करोड ९१ लाख ८५ हजार ५ सय ३४ ऋण प्रवाह गरि बांकी कर्जा रु १३ करोड ७३ लाख ७१ हजार ८ सय ४० रहेको जानकारी गराउनुभयो ।

Leave a Reply