स्थाइ बन्ध्याकरण गर्ने पुरुष भन्दा महिला बढी

प्रदिप कोइराला
स्याङजा १५ माघ ।
महिला सन्तान जन्माउने देखि लिएर उनिहरुको पालन पोषण गरेर उनिहरुलाइ हुर्काउने सम्पुर्ण जिम्मेवारी लिएको हुन्छ । हाम्रो समाजमा के कति बच्चा जन्माउने भन्ने निर्णय गर्ने अधिकार समेत पाएका हुदैनन महिलाले परंपरागत सोचाइका कारण यस्तो हुन गएको मानिन्छ । यसैलाइ पुष्टी गरेको छ स्याङजामा हालै सन्चालन भएको स्थाइ परिवारनियोजन शिबिरले ।
बिगतको तुलनामा सन्तानको रहर पुगेका दम्पतीले परिवारनियोजन गर्नेको संख्यामा बृद्धि भएको छ तर परंपरागत सोचाइ अनुसार महिलाले मात्र परिवारनियोजन गर्नु पर्छ , भन्ने सोचाइ परिवर्तन हुन सकेको छैन । पुरुषहरु परिवार नियोजनमा अनेक बाहाना लगाएर पन्छिदै आइरहेका हुन्छन । जिल्ला श्वास्थ्य कार्यालय स्याङजाले सन्चालन गरेको बन्ध्याकरण शिबिरको तथ्याङले यसलाइ पुष्टी गरेको छ ।
जिल्ला श्वास्थ्य कार्यालय स्याङजाले जिल्लाका ४ स्थानमा पुरुष बन्धाकरण भ्यासेक्टोमी तथा महिलाको लागि मिनील्याप शिबिर सम्पन्न गरिसकेको छ । जसमा २ सय ३१ जनाले स्थाइ परिवारनियोजन गरेका छन । १ सय ८९ जना महिला तथा ४२ जना पुरुषले बन्ध्याकरण गरेको जिल्ला श्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ । महिलाको तुलनामा परिवारनियोजन गर्ने पुरुषको संख्या पाँच गुना कम रहेको तथ्याङले देखाएको छ ।
बच्चा जन्माउनु भात्र होइन उनिहरुको पालनपोषण तथा स्याहार सुसार आफैले गर्नु परेको पिडा सुनाउदै पश्चिम स्याङजाको श्री कृष्ण गण्डकी श्वास्थ केन्द्रमा परिवार नियोजन गर्न आएकी आलामदेबी ३ की बिष्णा नेपाली भन्छीन “श्रीमानको चाहाना पुरा गर्दा ६ जना बच्चा भइसके उनिहरुको पालन पोषण गर्न नसक्ने भएपछि बिकल्पको रुपमा परिवार नियोजन गर्न आएको” बताइन ।
बिष्णा मात्र होइन पेल्काचौर स्याङजाकी तारादेबी परियारको भनाइपनि यस्तै छ “श्रीमानको इच्छा नकार्न सकिदैन गर्भ रहन्छ फेरी गर्भपतन गर्दा पनि समाजले थाहा पाए महिलालाइ हेर्ने दृष्टिकोण फरक हुन्छ भने अर्को तर्फ गरिवीको कारण गभृपतन गर्न सकिदैन” । यस्त हुदा आफुलाइ ५ सन्तान भएको बताउछिन । उनि भन्छिन “सन्तान जन्माउने देखि परिवार नियोजन पनि आफै गर्नुपर्दा दुख लागेको छ”। शिबिरमा आउने हरेक महिलाको भनाइ उस्तै उस्तै छन ।
पितृसत्तात्मक सोचाइका कारणनै पुरुष बन्धाकरण कमी भएको जिल्ला श्वास्थ्य कार्यालय स्याङजाका परिवारनियोजन कार्यक्रमका प्रमुख मित्र अर्यालले  बताउनुभयो । पुरातनबादी सोचलाइ परिवर्तन गर्न सके पुरुषहरुपनि बन्ध्याकरण तर्फ आक्रर्षित हुदै जाने उहाको ठहर छ । बिगतमा चलाइएका शिबिरमा पुरुषहरुको संख्या अत्यान्तै न्यून हुने गरेको थियो तर यसपटक भने बृद्धि भएको अर्यालले बताउनुभयो ।
जिल्ला श्वास्थ्य कार्यालय स्याङजाले सन्तानको रहर पुगिसकेका दम्पतीलाइ परिवारनियोजन गर्न नियमित सेवा सन्चालनमा ल्याएको छ । जिल्ला श्वास्थकार्यालय स्याङजामा हरेक हप्ताको बुधबार भ्यासेक्टोमी र मिनील्याप दुबै तथा वालिङ प्रथामिक श्वास्थ्य केन्द्रमा हरेक हप्ताको बुधवार भ्यासेक्टोमी मात्र सन्चालन गरिएको जिल्ला श्वास्थ्य कार्यालयका प्रमुख तथा कार्यक्रम सर्जन डा तारानाथ पोडेलले बताउनुभयो । उहांका अनुसार पुरुषहरु पनि बन्धाकरणमा सकारात्मक हुनु पर्छ तर हाम्रो समाजमा पुरुषहरु कामको सिलशिलामा बाहिर जानुपर्ने बाध्यता देखाएर बन्ध्याकरणमा पन्छिदै आएको बताउनुभयो ।

Leave a Reply