गर्भपतन गराउने धेरै जसो २५ वर्ष मुनिका

गर्भपतन गराउने धेरै जसो २५ वर्ष मुनिका हुने गरेका छन् । गर्भपतन गराउने ३५ प्रतिशत महिला २५ वर्षभन्दा कम उमेरका रहेको एक सर्वेक्षणले देखाएको छ । नयाँ पत्रिकाको समाचार अनुसार सर्वेक्षण अनुसार २० वर्षभन्दा पनि कम उमेरका २३ प्रतिशत युवतीले गर्भपतन गराउँछन् । क़
सुनौलो परिवार नेपालले सात जिल्लामा हालै गरेको सर्वेक्षणमा त्यस्तो देखिएको हो । गर्भपतन सेवा लिनेमध्ये कति प्रतिशत महिला अविवाहित हुन् भन्नेबारे अनुसन्धान मौन छ। कति प्रतिशत अविवाहित महिलाले गर्भपतन सेवा लिन्छन् र कति प्रतिशतलाई सेवा आवश्यक छ भन्ने यकनि गर्न कठिन भएको प्रतिवेदन भन्छ ।
सो संस्थाले चितवन, मकवानपुर, नवगलरासी झापा, ललितपुर र बााकेमा गर्भपतनबारे सर्वेक्षण गरेको सुनौलो परिवार नेपालको सहायक निर्देशक प्रवीण शाक्यले बताए । सात जिल्लाको सहायक निर्देशक प्रवीण शाक्यले बताए ।

Leave a Reply