मेरो सिरुबारी गाउंको यात्रा

sirubari_village

म एउटा पर्यटन ब्यबसाइको नाताले म त्यस ठाँउमा घुम्न जानु आँफैमा महत्यो राख्छ भन्ने मैले ठानेर आज भन्दा ठीक एक बर्ष अगाडि म घुम्नको लागि स्याङ्जाको सिरुबरी गाँउ जाने बिचार गरें|यो अफ्नै जिल्ला अबस्थीत भयरपनी मलाई घुम्ने मौका मिलेको थियन। मैले दुई वटा काम एकै साथ गर्ने बिचर गरें , गाउमा गई एक दुइदिन बसी कठमान्डौको प्रदुशण बाट मुक्त पाउन र संसार भरका मनिस हरु इको टुरिजममा रमाएको ठाउमा म पनि रम्ने बिचार गरें | म काठमान्डौ बाट वालीङ् जाने माइक्रो बस चढि वालिङ तर्फ प्र्स्थान गरें | गाँउघरको दुई दिनको बसाइ पछी म मेरो गन्तब्य तर्फ लागें | घरबाट म बिहान् सबेरै उठेर हिंडें |म स्याङ्जा बजार साँढे ३ बजे तिर पुगें आइ पुगेको थिएं,तर सिरुबारी को बस त छुटि सकेछ।बस दिन को एउटा मात्र तैपनी ठीक ३ बजे छुट्दो रहेछ| अरु एक दिन पर्खनु भन्दा म एउटा माल समान बोक्ने जिपमा भएपनी जाने बिचार गरें , दिउशको चार बजेतिर म र अरु गांउले जिपबाट यात्रा सुरु गरौं |हामी दुई किलोमिटर मात्र के गूडेका थियौ जिप त्यो ठाडो उकालोमा ओभर लोडको कारण जिप पछी हटन थाल्यो , हामी सबै जिप बाट ओरलियौ ,अनी डाईबर दाइले भन्नु भयो आज हामी यहिनै बास बस्नु पर्छ किनकी जिपको पत्त भांचिएकोछ | अब काहाँ बस्ने मेरो त मुटुले ठाउँ छोडिसकेको थियो यहाँ वरीपरी नत घरअनै छ नत होटेल नै छ, अब के गर्ने रातपरी सकेको थियो|स्यङ्जा बजार सम्म जाँउ भने त्यो अन्कन्टर बनजङ्गलको बिचमा अब के गर्ने मत यतान उता भयर जिपमै बस्ने बिचार गरें | एकछिन पछी सिरुबरी गाँउ नजिकको एक ब्यापारी पनि त्यही जिपमा अलपत्र परेका रहेछन उनी राती राती भयपनी हिंडेर जानी बिचार गरेका रहेछन म पनि उनी सगै पछी लागेर जानी बिचार गरें | ;;;;;; म उनिहरु को पछी लागेर हिंड्न सुरु गरें | उनी हरुत सधैं हिंडेको बाटो भयर होल लामो लामो पैला चाली हिंड्न पो थाले म त उकालो बाटो त्यती छिटो हिंड्न सकिन तैपनी म स्यँस्यँ र फ्यँफ्यँ गरी दौडिएं तर पनि मत निकै ढिलो भाईसकेको रैछु मैले त भेटाउन पनि नसक्ने कती छिटो हिंडेका ,हुनन उनी हरुको गाँउको सधैं हिडिरहने भयर होला अध्यारो बाटो पनि नअलमलिइकन सरासर हिडिरहेका थिय तेतिकै मा माथि तिरबाट सल्याङ बल्याङ गरेको आवाज आयो ,तिनिहरु त त्यो दाइको गांुले हरु लिनपो अएका रहेछन। त्यो मसैग हिंड्ने गांुले दाइत त्यो गांउ को मकै धान कुत्ने र् पिस्ने मिलको धनी पो रहेछन| तिनी हरुले भन्न थाले तपाईंहरु घरअतिर जानुश म र अरु साथीहरु मिलको समान लिन सम्म जान्छौ जिप त बनेर तल सम्म आइपुगेकोछ | साचिकै जिप त बनाएर पनि माथि अैसकेको रहेछ मलाई बल्ल थाहा भयो हामी त अहिले सम्मा ३ -४ घण्टा एउटै डाडो अग्लो डाडो हिडिरहेका पो रहेछौ | त्यसपछी म र गाँउले बनको बाटो अगाडि बढदै गयौ| अनी गाँउले दाइले मलाई सोध्न थाले तपाईं कती कामले आउनु भयको कुन्नी अनी कहाँ जानहीडनु भयको , अनी मैले उनलाई पनि मेरो उदेस्यको बारेमा बेली बिस्तार लगायँ अनी उनले पनि मलाई परिचय दिदै भन्न थाले म त देश बिदेश घुमेको मान्छे ,अरब कतार , अनी बम्बै इत्यादी इत्यादी | हामी कच्ची बाटो मा घना जंगलको बाटो अगाडि बढदै थियौ जंगलमा जनवर दगुरेको जस्तै आवाज अयो ,उनी भन्न थाले यक छीन भाई <<<<<<<<<<क्रमस

Leave a Reply