मजदुरलाई बंगुर, केटाकेटीलाई छात्रवृत्ति

नेपाल समाचारपत्र (धादिङ) धादिङको महादेवबंसीस्थित आगराखोलामा रोडाढुङ्गामा काम गर्ने २० मजदुरको परिवारलाई बंगुर र ४० मजदुर बालबालिकालाई उनीहरूले काम गर्ने स्थान आगराखोलामा गएर नै छात्रवृत्ति वितरण गरिएको छ।

धादिङको महादेवबंसीस्थित आगराखोलामा रोडाढुङ्गामा काम गर्ने २० मजदुरको परिवारलाई इटालियन संस्था एपेरियोनको सहयोगमा युक्याप्स नेपालले आयआर्जनका लागि बंगुर वितरण गरेको हो।

रोडाढुङ्गामा काम गरेर बिहानबेलुकाको छाक र्टार्न नपुग्ने गरिब मजदुरलाई आयआर्जनका लागि थप सहायतास्वरूप बिहीबार मजदुर परिवारको कार्यक्षेत्र आगराखोलाको बगरमै गएर प्रतिपरिवार दर्इवटाका दरले बंगुर दिइएको हो। एक वर्षघि नेपाल समाचारपत्रले मजदुर, गरिबी र समस्याका विषयमा खबर प्रकाशन गरेपछि सोही खबरको प्रभावमा सहयोग गरिएको एपेरियोनका गणेश भट्टर्राईले बताउनुभयो।

यो वर्षपाइलट प्रोग्रामका रूपमा शुरू गरिएको सो कार्यक्रम आगामी दिनहरूमा थप गर्दै लगिने युक्याप्सका उत्तम पौडेलले बताउनुभयो। यसरी दुःखपुर्ण ढंगले खोलाबगरमा पाल टाँगेर मजदुरी गर्ने मजदुरहरू करिव ७ सयको हाराहारीमा छन्। यसै गरी आगराखोलामा काम गर्दै आएका ४० जना मजदुर बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ।

इटालियन संस्था एपेरियोनको सहयोगमा युक्याप्स नेपाल र सिड्स धादिङले बिहीबार मजदुर बालबालिकाको कार्यक्षेत्र आगराखोलाको बगरमै गएर सो छात्रवृत्ति प्रदान गरेको हो। छात्रवृत्ति पाउनेहरूमा जनजागृति माध्यमिक विद्यालमा अध्ययनरत मजदुर बालबालिका रहेका छन्। महानगर बाट

Leave a Reply