दोस्रो चरणको साक्षरता अभियान; अर्थ मन्त्रालयद्वारा बजेट रोक्का

दोस्रो चरणको साक्षरता अभियान; अर्थ मन्त्रालयद्वारा बजेट रोक्का

इश्वरराज ढकाल, (काठमाडौं) निरक्षर जनसंख्याको तथ्यांकबिना नै पहिलो चरणको सँक्षरता अभियान सम्पन्न गरेपछि अर्थ मन्त्रालयले अनौपचारिक शिक्षा केन्द्रलाई दोस्रो चरणको अभियानका लागि रकम उपलब्ध नगराउने भएको छ।

सरकारले गत माघ १ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गरेको तीनमहिने अभियानअर्न्तर्गत कति निरक्षरले सहभागिता जनाए भन्ने विषयमा तथ्यांक नै नभएपछि अर्थले बजेट रोक्का गरेको हो। ‘कति जनसंख्या साक्षर भए पत्ता लगाउन सकिएन’, अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक लक्ष्मण खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो- ‘स्थानीय तहबाट असहयोग भएपछि यस्तो परिस्थिति आएको हो।’

माओवादी नेतृत्वको सरकारले देशभर रहेका १५ देखि ६० वर्षउमेरका ७८ लाख निरक्षरलाई साक्षर बनाउने योजना र्सार्वजनिक गरेको थियो। केन्द्रले वैशाख १ गतेदेखि दोस्रो चरणको अभियान सञ्चालन गरिरहेको छ। तर यकिन तथ्यांक प्राप्त नभएपछि अभियान प्रायः असफल भएको छ।

‘पहिलो चरणको अभियान सञ्चालन भएका ५८ जिल्लामा अनुगमनकर्ता खटाएका थियौं’, उपनिर्देशक खनालले भन्नुभयो- ‘यकिन तथ्यांक प्राप्त हुन नसकेपछि फेरि ४७ जिल्लामा सोही टोली खटाएका छौं।’

गाउँ र जिल्लाका स्थानीय निकायले पर्ूण्ा असहयोग गरेपछि अभियान सञ्चालन गर्न मुस्किल परेको केन्द्रले दाबी गरेको छ। सरकारले पहिलो चरणअर्न्तर्गत १२ लाख १६ हजार ५ सय ९० र दोस्रो चरणअर्न्तर्गत १३ लाख ९५ हजार ३ सय ९० निरक्षरलाई साक्षर बनाउने लक्ष्य राखेको थियो। दुवै चरणको अभियानका लागि सरकारले १ अर्ब ४ करोड रुपियाँ छुट्टयाएको थियो।

स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले साक्षरता अभियान शिक्षा मन्त्रालयको जिम्मामा भएको बताउँदै स्थानीय मन्त्रालयले तथ्यांक संकलन गर्न सहयोग गर्न नपर्ने जिकिर गर्नुभयो। ‘तर हामीले जिविसलाई अभियान सफल बनाउन आ³वान गरेका छौं र उनीहरूको कामको अनुगमन थालेका छौं’ -उहाँको भनाइ थियो।

कामना प्रकाशनबाट

Leave a Reply