क्रान्तिको कथा, भाग २- को थिए लखन थाप

त्यतिबेला क्रान्तिको कुरा सोच्नुमात्रै पनि ठूलो साहस थियो भने अर्कोतिर पागलपन पनि थियो। क्रान्तिको कुरा गर्नेहरुलाई बुझ्ने साहस ठान्थे नबुझ्ने पागल भन्थे। क्रान्ति असम्भव थियो, त्यो असम्भव क्रान्तिको कुरा गर्नेलाई मान्छेले पागल ठान्थे।

शासक र शासनका विरुद्ध विप्लवको कुरा गर्नु हैन सोच्नु मात्र पनि ठूलो अपराध मानिन्थो। शासकको अत्याचारका विरुद्ध आँखा उठाउनु पनि राष्ट्रद्रोह मानिन्थ्यो। नियम, कानून, संविधान, विधान केही थिएनन्, थिए त सबै मौखिक थिए। हुकुम नै कानून हुन्थ्यो। हुकुमको पालना नगर्नेलाई कठोर भन्दा कठोर भौतिक यातनादेखि लिएर मृत्युदण्डसम्म पनि दिइन्थ्यो। कुनै अपराधका लागि कुनै वैधानिक प्रकृया थिएन। हुकुम नै सबै थियो।

l_thapa.jpg

राणा शासकहरुलाई कसुर चाहिदैनथ्यो, निहू चाहिन्थ्यो। राणहरुको विरुदावलीका विरुद्ध व्रि्रोहको कुरा गर्नेको र्सवस्वहरण मात्र हैन प्राणहरण गर्नु पनि मामूली ठानिन्थ्यो। धरैको प्राणहरण भइरहेको थियो। धेरैलाई  देश निकाला गरिएको थियो। धेरैको र्सवस्वहरण गरिएको थियो।

क्रान्ति के हो जनताले बुझेका थिएनन्। प्रजातन्त्र भनेको के हो, झण्डै झण्डै सतप्रतिसत जनतालाई थाहा थिएन। संचारका माध्यम पनि थिएन। जनतासँग सर्म्पर्क गर्ने र जनतालाई शिक्षित गर्ने कुनै सम्भावना थिएन। जनता अशिक्षि थिए र राणा शासकहरुद्वारा अशिक्षित बनाएर राखिएका थिए। राणाहरुले शाहवंशीय राजाहरुलाई पनि बन्धक राजा बनाएका थिए। राजालाई भोकविलास र सुरासुन्दरीमा सयल गराएर राज्यको शासन व्यवस्थाप्रति ध्यान नजाओस् भन्ने चाहन्थे। राजामाथि समेत  काबु कायम गर्ने राणाले जनतालाई जनता हैन रैतीको दर्जामा राखेर व्यवहार गर्थे।

शिक्षा सीमित परिवारमा सीमित थियो। राणा परिवार र राणाहरुले चाहेको परिवार तथा व्यक्तिले मात्र शिक्षाको अवसर पाउथ्यो। जनतासँग सर्म्पर्क गर्ने कुनै माध्यम थिएन। जनतालाई सम्झाउने, बुझाउने, देखाउने कुनै उपाय थिएन। सीमित व्यक्तिहरु एकआपसमा लुकिछिपी भेट गरेर देशको अवस्थाका वारेमा चर्चा परिचर्चा गर्थे। यस्तो अवस्थामा क्रान्तिको कुरा सोचेर १०४ वर्षम्म दबदबा कायम गरेर बसेको राणा सरकारका विरुद्ध बिद्रोह गरेर प्रजातन्त्र ल्याउने  सपना देख्नु भनेको सपनामात्र हैन सपनाको  पनि सपना जस्तो थियो। तर जहाँ सङ्कल्प त्यहाँ सम्भावना ! देशका सपुतहरुको शाहदतका लागि तयार भएर बसेका थिए।

जंगबहादुरको मृत्युपछि राणशाही भित्रै भूसको आगोजस्तो सल्केको षडयन्त्र र राणा विरोधी भावनाले थोरबहुत बिद्रोहीहरुलाई सहयोग पुर्याएको थियो। राष्ट्रनिर्माणका प्रमुख अभियन्ता श्री ५ पृथ्वीनारायण शाहको निधन पछि षडयन्त्रमा फसेको दरबारमा अन्ततः राणाहरुको कब्जा भयो। राणहरुभित्र भएको षडयन्त्रका कारण राणाभित्रैबाट बिद्रोह जन्मिन थाल्यो।

जंगबहादुरको जन्म जून १८, १८१७ मा भएको थियो। गगनसिंहको हत्या पछि जङ्बहादुरको उदय भयो। जङ्गबहादुरको शासन कालमानै एक आश्चार्य भयो गोरखामा। गोरखामा लखन थापाको उदय भो र उदयसँगसँगै अवशान ! लखन थापा, लखन थापाका नाउँले परिचित हुदा नहुदै मारिए।

सन् १८७६ मा गोरखामा एक व्यक्तिले दन्त्य कथामा प्रचलित लखन थापाको अवतार आफैं भएको प्रचार गर्न थाले। गोरखाकी मनकामना भगवतीको आदेश अनुसार जंगबहादुरलाई मारेर आफैं शासक बन्ने कुरा गर्दै हिड्न थाले। यसका लागि उनले हातहतियार सहितका केही सहयोगी तथा अनुयायीहरुको जत्था पनि तयार गरे। तर यो कुरा जंगबहादुरका कानमा पुग्नासाथ लखन थापा लगायत उनका सहयोगी प्रकाउ गरियो। ति सबैलाई काठमाडौं चलान गर्ने आदेश गरियो तर बाटैमा मनकामना देवीको मन्दिर छेउमा लखन थापा सहित सात जनालाई प्राण दण्ड दिइयो। सातै जनालाई रुखमा झुण्ड्याएर मारियो। मारिनेमा लगन थापा सहित अजय सिंह, अच्र्छाई मगर आदिको नाम थाह हुन आयो। अन्यको नाम अहिलेसम्म गुमनाम नै छ, मारिनेमा को को थिए …. ?

लखन थापा को थिए भन्ने कुरा हालसम्म कही कतै उल्लेख भएको पाइँदैन। उनको वास्तविक नाउँ के हो भन्ने कुरा पनि सायद खोजी र अनुसन्धान कै विषय हुनु पर्छ। लखन थापा जो भए पनि जल्लादी  विराशतका विरुद्धको विप्लव हो, बिद्रोह हो – लखन थापा !

राणा परिवारभन्दा बाहिरको पहिलो बिद्रोह भएको हुनाले उनलाई पहिलो शहीदका रुपामा इतिहासमा जान्ने गरिन्छ। तर उनले प्रजातन्त्रका लागि बिद्रोह गर्न खोजेको प्रमाण भने सायद अहिलेसम्म भेटिएको छैन। उनमा जंगबहादुरको हत्या गरेर आफू त्यस्तै शासक बन्ने महत्वाकांक्षा तथा पागलपन मात्र थियो कि देशमा वैधानिका शासन कायम गर्ने इच्छा थियो – त्यो पनि सायद खोजी र अनुसन्धान कै विषय हुन सक्छ। जे होस् बिद्रोहको पर्याय हो – लखन थापा ! मृत्यु रोज्ने अदम्य अद्भूत साहस हो – लखन थापा !
क्तमश ……

नोट – आदरणीय पाठकहरु, यसमा उल्लेखिन घटना र विवरणहरु श्री हेमराज शास्त्रीद्वारा लिखित “आजको नेपाल”बाट उद्धृत गरिएका हुन्। क्रमिक रुपमा प्रस्तुत हुने यो स्तम्भमा प्रकाशित विषयमा आफूलाई केही थाह वा जानकारी भए प्रतिकृया स्वरुप व्यक्त गरिदिनु हुन सादर अनुरोध गर्दछु। धन्यवाद ! – लेखक      From Jnakpur.com

Leave a Reply