नग्न तस्विरमा रमाउछन किशोरकिशोरी

 

बहुसंख्यक किशोरकिशोरी मोवाइल फोनबाट आफ्नो नग्न वा उत्तेजक फोटो खिच्न चाहान्छन् । यो क्रम विश्वभर छ । तर, यसले उनीहरुको भविष्य खतरामा छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले यो साता यसविरुद्ध शैक्षिक अभियान नै शुरु गरेको छ ।
उत्तेजक तस्बिर वा यौनसम्बन्धी सन्देश इन्रनेटमा राखिने वा अन्य व्यक्तिलाई पठाउन सक्ने भएकाले त्यसको परिणाम नराम्रो हुने छ । किशोर अवस्थामा नग्न तस्बिर तथा यौन सन्देश पठाउने कार्य अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ।
त्यस्तो कार्य रोक्नका लागि अभिभावक तथा विद्यालयले क्यामेरा भएको मोवाइल फोन तथा सोसल नेटवर्किङ साइटको प्रयोगमा रोक लगाएका छन् । किशोरको नग्न तस्बिरलाई कानुनले बाल अश्लील दृश्यका रुपमा वर्गीकरण गरेको छ ।


´कुनै मनसाय नराखी भनिएका जोक्स वा छेडछाड गलत व्यक्तिको हातमा पुगे जीवनमा कस्तो असल पार्छ भनेर युवाहरु सोच्न सक्दैनन,´ सामुदायिक सेवासम्बन्धी मन्त्री लिन्डा बुर्नेरले भनिन, ´त्यस्ता फोटा अनलाइन वा फोनमा आउनु निकै डरलाग्दो हो।यस्ता फोटा फिर्ता पाउन रमेट्न असम्भव छ। त्यसले उनीहरुको भविष्य तथा सम्बन्ध बिगार्ने छ।´
त्यस सम्बन्धमा काम गर्दे आएको विभागले १३ वर्षकी केटीले अश्लील तस्विर प्रेमीले अनय साथीहरुलाई पठाएपछि सम्बन्ध टुटेको बताएको छ। अमेरिकामा गरिएको एक सर्वेक्षणले पाँचमध्ये एक किशोरीले आफूले आफ्नो नग्न तथा अर्धनग्न तस्बिर अनलाइनमा राखेको वा पठाएको बताएका छन् ।३९ प्रतिशतले भने आफूले औनसम्बन्धी सन्देश पठाएको वा इन्टरनेटमा राखेको जनाएको किशोर तथा योजनाविहिन गर्भ नियन्त्रण राष्ट्रिय अभियानले जनाएको छ।

दैनिकी डट काम बाट

Leave a Reply