Archive for April, 2010

कक्षामा फेल हुँदा आत्महत्या

Wednesday, April 21st, 2010

वैशाख ८, काठमाडौं

बिहान पाँच बजे आमाले अघिल्लो रात बालिदिएको लामखुट्टेको धूप निभाइदिने बेलासम्म कोठामा चाइँचुइँ केही थिएन। त्यसको डेढ घन्टापछि कोठाभित्रको ड्रमसेटमा डांगडुंग सुनियो। सँधैजस्तै मुसाले केही सामान खसायो होला भनेर बुवाले वास्ता गरेनन्।

गोठाटार इंग्लिस सेकेन्डरी स्कुलमा कक्षा ७ मा पढ्ने राज गत चैत २२ गते भएको परीक्षाफलमा कम्प्युटरबाहेक सबै विषयमा फेल भएका थिए। ‘पढाइमा कमजोर भएकाले साथीहरूले जिस्क्याउँछन् भन्ने भएरै यस्तो गरेको होला,’ सन्तानशोकमा डुबेका रमेश गहतराजले राजले आत्महत्या गरेको पर्सिपल्ट मंगलबार भने।

आइतबारै राजको नयाँ शैक्षिकसत्र सुरु हुँदै थियो। गतसाल पनि ६ कक्षामा फेल हुँदाहुँदै परिवार र स्कुलको सहमतिमा उनलाई कक्षा ७ मा भर्ना गरिएको थियो। बेलाबेला राज आमा गीतालाई ‘त्यो स्कुलमा पढ्दिँन, नजिकैको सरकारी विद्यालयमा हालिदिनू’ भन्थे। वैशाख ३ गते स्कुल भर्ना गर्न जाँदा पनि राजले आफूलाई सरकारी स्कुलमा हालिदिन आमासँग अनुरोध गरेका थिए। पछि आमाले फकाइफुलाइ गरेपछि त्यसै विद्यालयमा जान उनी तयार भए। विद्यार्थी कमजोर भएकाले प्रिन्सिपलको सल्लाहअनुसारै राजलाई कक्षा ७ मै भर्ना गरियो।

अन्तिम सत्रको परीक्षापछि स्कुलका कोही पनि साथीलाई राजले नभेटेको स्कुलकै साथी निश्चल पोखरेलले बताए। घरतिरका साथीका अनुसार राजलाई कसैले पनि पढाइको कुरा नसोधिदिए हुन्थ्यो भन्ने लाग्थ्यो। तर, पढाइबाहेकका विषयमा उसको असाध्यै चासो रहेको उनकी ठूलीआमाकी छोरी बताउँछिन्। ‘सानासाना काठका टुक्रा बटुलेर खेलौना गाडी र बन्दुक बनाउँथ्यो,’ उनले भनिन्, ‘बत्ती हुँदासम्म बाहिरै ननिस्की कार्टुन मात्रै हेर्थ्यो, अरू बेला घरवरिपरिका साथीसँग खेलेरमात्रै बस्थ्यो। फेल भएको, नपढेको कुरा गर्दा हाँसेर टार्ने वा नसुनेजस्तो गर्ने गर्थ्यो।’

भारतको बेङ्लोरमा एक वर्षदेखि काम गर्दै आएका बाबु रमेश गत साता घर आएपछि परिवारसहित नयाँ वर्ष मनाउन पोखरा गएका थिए। त्यहाँबाट फर्किएलगत्तै घरको दुई कान्लामुनि सुकेको काँडाको झाङमा ओडार बनाएको थियो। ‘घरबाट हँसिया, कोदालो लगेर खनखान पारेपछि बनेको गुफामा ‘हामी मरेपछि बस्ने है’ भनेको थियो,’ राजले अघिल्लो दिन भनेको साथीहरू विनोद, गणेश, जयराम र रुपेशले सम्झे, ‘मान्छे कसरी मर्छ होला है भनेर कहिलेकाहिँ जिस्किँदै सुनाउँथ्यो।’

स्कुल प्रशासनका अनुसार उसको गयल संख्या एकदम कम छ। ‘ऊ जहिले पनि नम्बर बढी ल्याउनुपर्छ भन्ने ध्याउन्नमा हुन्थ्यो,’ राजकी फुपुले भनिन्, ‘तर, सक्दैन थियो।’

घटना भएको अघिल्लो रात राज साढे ११ बजेसम्म बुवासँग टिभी हेरेर बसेका थिए। अहिले बुवा भन्छन्, ‘छोरा पढ्न नसकेर भित्रभित्रै छट्पटिएको रहेछ। उसको मनोविज्ञान हामीले बुझ्न सकेनौं। यस्तो गम्भीर विषयलाई अन्य आमाबुवाले समय हुँदै बुझून्।’

नागरिक न्युज डट कमबाट

सात वर्षकी बालिकाको अपहरण र हत्याको अभियोग लागेका साधारण तारेखमा रिहा

Wednesday, April 21st, 2010

वैशाख ८, काठमाडौं

सात वर्षीय बालिकाको अपहरण गरी भारत पुर्‍याएर हत्या गरेको अभियोग लागेका राजेश्वरसिंह भुमिहारलाई काठमाडौं जिल्ला अदालतले पर्याप्त प्रमाण नभएको भन्दै बुधबार साधारण तारेखमा छोडेको छ।

एक वर्षअघि भएको घटनाको अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेका भुमिहारलाई काठमाडौं जिल्ला अदालतले ‘कारागारमा राखेर कारबाही गर्नु नपर्ने’ भन्दै साधारण तारेखमा रिहा गरेको हो।

उनीविरुद्ध अभियोग लगाएको प्रहरीले संकलन गरेका प्रमाण पर्याप्त नभएकाले बिनाधरौटी साधारण तारेखमा छोडेको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार भरत लम्सालले बताए। ‘प्रहरीले जाहेरी दरखास्त बुझाउनेबाहेक अरु केही गरेको छैन,’ लम्सालले नागरिकसँग भने, ‘उसको अनुसन्धान नै फितलो देखियो।’

भुमिहारमाथि एक वर्षअघि काठमाडौं घट्टेकुलोबाट सात वर्षीया सोनाली सिंहको अपहरण गरी हत्या गरेको अभियोग छ। भुमिहार तराईका केही जिल्लामा राजनीतिको आवरणमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका कोब्रा समूहका अध्यक्ष नागराज रहेको प्रहरीले दाबी गर्दै आएको छ। उनका दुवै हात काटिएका छन्। उनले प्रहरीस”गको बयानमा बम बनाउने क्रममा हातमै पड्केर दुबै हात काट्नुपरेको बताएका थिए।

गत वर्ष चैतको पहिलो साता अपहरणमा परेकी सोनाली चार दिनपछि भारत रक्सौलनजिकै नकरदेईको खेतमा मृत अवस्थामा भेटिएकी थिइन्। भारतीय प्रहरीले मृत अवस्थामा फेला परेकी उनको घाँटी थिचेर हत्या गरेको जनाएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंले भुमिहारसहित मुकेशकुमार सिंह र भारतीय नागरिक मुन्नासिंह मिश्र अपहरण र हत्यामा संलग्न रहेको प्रतिवेदन जिल्ला न्यायाधिवक्ता कार्यालयमा पेस गरेपछि अदालतले भूमिहार र सिंहलाई पक्रन आदेश गरेको थियो। आदेशअनुसार सर्लाही प्रहरीले भुमिहारलाई सोमबार पक्राउ गरी काठमाडौं पठाएको थियो। उनीविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।

अनुसन्धान प्रतिवेदनमा अभियोगी तीनजनासहितले २०६५ चैत ३ गते दिउँसो विद्यालय गएको बेला घट्टेकुलोबाट अपहरण गरी रक्सौल पुर्‍याएर हत्या गरेको दाबी छ। उनी घट्टेकुलोस्थित द स्काइ पब्लिक स्कुलमा कक्षा एकमा पढ्थिन्।

दोस्रो दिन सोनालीकी आमा नीतुलाई अपहरणकारीले फोन गरेर ३५ लाख रुपैयाँ फिरौती मागेका थिए। सोनाली घुन्सा हेलिकप्टर दुर्घटनामा मारिएका नेपाल टेलिभिजनका सञ्चारकर्मी सुनिल सिंहकी छोरी हुन्। नीतुलाई भारतीय नम्बरवाट फोन गरेर ‘श्रीमान् हेलिकप्टर दुर्घटनामा परेपछि टन्न पैसा आएको छ नि, त्यहीबाट ३५ लाख दिनू’ भनेकाले अपहरणकारी परिवारस”ग परिचित रहेको पीडितको आशंका थियो।

भुमिहारविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाले प्रहरीले उनलाई बुधबार अदालतमा बुझाएको थियो। अदालतले उनीविरुद्ध थुनछेकको बहस सुरु गरी न्यायाधीश माधवप्रसाद पोखरेलले बुधबारै साधारण तारेखमा रिहा गर्ने फैसला गरेका हुन्। प्रहरी अधिकारीहरूले भने अदालतको फैसलाले ‘अचम्म लागेको’ बताए। रिहा भएको जानकारीलगत्तै काठमाडौं परिसरका अधिकारीले सर्लाही प्रहरीस”ग उनीविरुद्धका अभियोगबारे बुझेको थियो तर अन्य स्पष्ट अभियोग देखिएन।

‘बालिका अपहरण र हत्याको अभियोग लागेका व्यक्ति साधारण तारेखमा रिहा भएको सुनेर अचम्म लाग्यो,’ एक प्रहरी अधिकारीले भने, ‘हात नभए पनि उसको ब्रेन तगडा छ।’ ती अधिकारीका अनुसार भुमिहारको ‘कोब्रा समूह’ अझै क्रियाशील रहेकाले उनी तराईकेन्द्रित भएर आपराधिक गतिविधिमा सक्रिय हुनसक्छन्।

नागरिक न्युज डट कमबाट

सात महिनामै फेसबुक लाइट बन्द

Wednesday, April 21st, 2010

बैशाख ८, क्यालिफोर्निया

फेसबुकले स्लो इन्टरनेट हुनेहरुलाई लक्षित गरी ल्याएको फेसबुक लाइट बन्द गरेको छ। फेसबुककै मूख्य संस्करणमा रहेको केही फिचरहरु हटाएर हलुका बनाएर ल्याइएको फेसबुक लाइट ७ महिनासम्म मात्र अस्तित्वमा रह्यो। फेसबुकले आफ्नै फ्यान क्लबमा एक नोट प्रकाशित गर्दै लाइट प्रयोग गर्नेहरुलाई धन्यवाद दिएको छ। लाइटको अनुभवबाट धेरै कुरा सिकेको समेत फेसबुकले जनाएको छ।

फेसबुक लाइट बन्द गर्नुको कारणबारे कम्पनीले प्रष्ट कारण खुलाएको छैन। तर विश्लेषकहरुले पनि मूख्य साइटमै सुधार गरिएकाले सुस्त इन्टरनेटको लागि भनिएको फेसबुक लाइट आवश्यक नभएकाले बन्द गरिएको हुन सक्ने बताएका छन्।

फेसबुक लाइटलाई विश्लेषकहरुले माइक्रो ब्लगिङ सर्भिस ट्वीटरसँग तुलना गरेका थिए। फेसबुक लाइटमा स्टाटस अपडेट र फोटो र भिडियोबाहेक एप्लिकेसन्स र अन्य बक्सहरुको प्रयोग गरिएको थिएन।

केही ब्लगरहरुले भने फेसबुक लाइटको बारेमा धेरैलाई थाहा नभएको बताएका छन्। यो अलोकप्रिय रहेका कारण बन्द हुँदा प्रयोगकर्तालाई केही फरक नपर्ने उनीहरुको तर्क छ।

नागरिक न्युज डट कमबाट

भारतीय नागरिकद्वारा नेपाली युवतीको हत्या

Wednesday, April 21st, 2010

वैशाख ८, कास्की

एक युवतिको हत्याको अभियोगमा  भारतीय नागरिक ४० वषिर्य कलिम शेखलाई प्रहरीले बुधबार  पक्राउ गरेको छ ।

आफना डेरामा आएकी २२ वषिर्या चाँदनी पोखरेलको घाटी थिचेर हत्या  गरेका उनलाई रामबजार वडा प्रहरी कार्यालयले  बुधबार पक्राउ गरेको हो । पक्राउ परेका शेखले आफुले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

उनले मंगलबार दिउसो  डेरामा आएकी निर्मलपोखरी-४ की पोखरेलको  डोरीले गला कसेर हत्या गरेका थिए ।

हत्या गरेको १७ घण्टा पछि उनले शबलाई पोखरा देखि ३० किलोमिटर टाढा स्याङजाको बाडखोलाको जंगलमा लगेर फालेका थिए । बोरामा बाँधेर फ्याकिएको अवस्थामा  फेला परेको शबलाई  पोष्र्टमार्टमका लागी प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखेको छ ।

कसैले थाहा नपाउन भनेर शब फाल्न  ट्याक्सी रिर्जप गरेका  उनलाई चालकले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । शब  फालेर   डेरामा फर्किए लगत्तै उनी पक्राउ  परेका हुन ।  अभियुक्त शेख रामबजार स्थित रेमन टेलर संचालन गदै आएका थिए ।    हत्याको अभियोग लागेका उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

शेख र पोखरेल बीच पहिले देखिकै सम्बन्ध रहेको र हत्या के कारणले भयो भन्नेबारेमा भने अनुसन्धान पश्चात नै  खुल्ने जिल्ला प्रहरी प्रमुख रमेशप्रसाद खरेलले बताए ।  अभियुक्तले भने मानसिक तनाबका कारण आफुले युवतीको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्

इकान्तिपुर डट कमबाट

भीरबाट लडेर किशोरको मृत्यु

Wednesday, April 21st, 2010

वैशाख ८,  गुल्मी

गुल्मीको अर्खलेमा भीरबाट लडेर बुधबार बिहान एक किशोरको मृत्यु भएको छ । बडागाउँ गाविस-५ पेगा निवासी १५ वर्षीय तुल्सी गायकको अर्खले-६ डाँडाखर्कको भीरबाट लडेर मृत्यु भएको हो ।

भारतको दिल्लीमा काम गरेर घर र्फकादै गरेका गायकको हिडिरहेको बेला एक्कासि चिप्लिएर भीरबाट तल खसेर मृत्यु भएको उनका काकाले बताए ।

घटनास्थलको जाँचबुझका लागि जिल्ला प्रहरी कार्यालय, गुल्मीबाट प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीको टोली अहिले घटनास्थल पुगेको छ

इकान्तिपुर डट कमबाट