Archive for March, 2010

ब्राह्मण समाजद्धारा ज्ञापनपत्र

Monday, March 8th, 2010

स्याङ्जा–२१, फागुन ।

प्रदिप कोइराला

राष्ट्रिय ब्राह्माण समाज नेपाल जिल्ला कार्यसमिति स्याङ्जाले आज ब्राह्मणहरुलाई नेपालका आदिवासीको सूचिमा समावेश गरिनुपर्ने माग सहितका ६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

समाज स्याङ्जाका अध्यक्ष शालिग्राम रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको टोलीले प्रमुख जिल्ला अधिकारी मर्फत प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र बुझाएको छ हो ।

बुझाइएको ज्ञापनपत्रमा ब्राह्मणहरुलाई नेपालका आदिवासीको सूचिमा समावेश गरियोस, ब्राह्मण जातिलाई अन्य होईन नेपालको प्रमुख जातिमा सूचिकृत गरियोस, जातीय राज्यको अवधारणा तुरुन्त खारेज गरियोस, आरक्षण जातीय आधारमा होईन वर्गीय आधारमा गरियोस, जसको राज्य उसको नेतृत्व भन्ने धारणा नराखियोस र आदिवासी जनजातिका सम्बन्धमा मनपरी परिभाषा नगरियोस भन्ने बुदाँ रहेका छन् ।

ज्ञापनपत्र बुझाउदै राष्ट्रिय ब्राह्मण समाज नेपाल स्याङ्जा अध्यक्ष शालिग्राम रेग्मीले राज्यको विभाजन जातिय आधारमा गरिएमा त्यसले विखण्डन ल्याउने हुदा समयमै सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

ज्ञापनपत्रलाई सम्बन्धीत निकायमा पु¥याउने प्रतिवद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले राज्यमा सबै जातजातीलाई समान अधिकारको प्रत्याभूति हुने संविधान बन्नुपर्नेमा जोड दिनुभएको थियो । उक्त कार्यक्रमको संचालन समाजका सचिव लोकनाथ रेग्मीले गर्नुभएको थियो ।

आगो नियन्त्रण गर्न गोष्ठी

Monday, March 8th, 2010

स्याङ्जा–२१, फागुन ।

प्रदिप कोइराला
हिउँदका समयमा डढेलोबाट हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि जिल्ला वन कार्यालय स्याङ्जाले आज कार्यालयको सभाहलमा वन डढेलो नियन्त्रणा तथा व्यवस्थापन एकदिने अभिमूखिकरण अन्तरक्रियात्मक गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले डढेलोबाट नेपालमा वर्षेनी ठूलो क्षति हुने भएको हुदा आम नागरिकहरु डढेलो नियन्त्रणमा लाग्नुपर्ने बताउनुभएको थियो ।

वनमा लाग्ने डढेलो नियन्त्रणका लागि गाउँ गाउँमा सचेतना मुलक सेमिनारहरुको आयोजना गर्नुपर्नेमा उहाँले जोडदिनुभएको थियो ।

गोष्ठीमा विरभद्रजंग गुल्म स्याङ्जाका गुल्मपति भुवनेश्वर आचार्य, स्याङ्जाका प्रहरी नायव उपरिक्ष उत्तमराज सुवेदीले जिल्लामा डढेलोबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्नका लागि सेना तथा प्रहरी प्रशासनबाट पुग्ने सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

स्याङ्जाका पत्रकारहरु अवलोकन भ्रमणमा

Monday, March 8th, 2010

स्याङ्जा,२१ फागुन ।
प्रदिप कोइराला
स्याङ्जा जिल्लाका क्रियाशिल पत्रकारहरु एक हप्ताका लागि पत्रकारिता अध्ययन तथा अवलोकनका लागि विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् ।

नेपाल प्रेस युनियन स्याङ्जा शाखाको आयोजनामा जिल्लाका पत्रकारहरु अध्ययन तथा अवलोकन भ्रमणमा निस्किएका हुन् । प्रेस युनियन स्याङ्जाका कार्यवाहक सभापति सुरेन्द्र गौडेलको नेतृत्वमा पाल्पा,रुपन्देही,नवलपरासी,चितवन,मकवानपुर,सुनसरी,मोरङ्ग,लगायतका जिल्लाहरुको भ्रमण गरिने र त्यहाँका पत्रकारहरुसंग पेशागत हकहितका बारेमा छलफल गरिने प्रेस युनियन स्याङ्जाले जनाएको छ ।

अन्य जिल्लाको तुलनामा स्याङ्जा जिल्लाको पत्रकारितामा केहि कम विकास भएको महशुस गरि पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अध्ययन तथा अवलोकन भ्रमणको आयोजना गरिएको प्रेस युनियन स्याङ्जाका सचिव राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । भ्रमण २२ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ । भ्रमण दलमा स्याङ्जाका करिब डेढ दर्जन क्रियाशिल पत्रकारहरुको संलग्नता रहनेछ ।

बालिका अपहरणको प्रयास असफल २ भारतिय नागरिक प्रहरी खोरमा

Friday, March 5th, 2010

प्रदिप कोइराला
स्याङजा २० फागुन ।

स्याङजा सदरमुकामको प्रगतिनगर बाट बालिका अपहरणको प्रयास स्थानियबासी र प्रहरीले असफल पारेका छन । अपहरणको तानाबाना बुन्ने २ भारतिय नागरिकलाइ प्रहरीले पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका वाडनं १ मा अस्थाइ रुपमा बसोबास गर्दै आइरहेकी वर्ष ११की स्याङ्जा सदरमुकाम प्रगतिनगरमा रहेको रोशनि आवसीय उच्च माध्यामिक विद्यालयमा कक्षा ४ मा अध्यनरत बालिका सृजना कुवर (नाम परिवर्तन) लाई घरबाट बिद्यालय जानेक्रममा अपहरण गरी भारत तर्फ लैजाने क्रममा उनिहरुलाई स्थानियवासिको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

फोटो :भारतिय मुलका दुइजना जिल्ला प्रहरी कार्यालय स्याङजामा तस्वीर खिचाउदै

फोटो :भारतिय मुलका दुइजना जिल्ला प्रहरी कार्यालय स्याङजामा तस्वीर खिचाउदै

पक्राउ पर्नेहरुमा भारतको मोतिहारी जिल्ला वडा नं. १ रक्सौल घर भई हाल स्याङ्जा सदरमुकाममा चटपट गरी बस्ने  निवासी वर्ष ४० का मुलादिम मियाँ र वर्ष २९ का मोहमद नहिम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभएको छ ।

बालिका अपहरण अपहरणकारीलाई पक्राउ पछाडी उनीहरु बस्दै आएको घर खानतलासका क्रममा आक्रोसित स्थनियबासिन्दाहरुले प्रहार गरेको ढुङ्गाले लागेर जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी निरिक्षक रेशमबहादुर श्रेष्ठको निधारमा गम्भिर चोट लागेको छ ।