Archive for February, 2010

मानसिक यातना खप्न नसकेर आत्महत्या

Sunday, February 28th, 2010

प्रदिप कोइराला
स्याङजा १६ फागुन ।

दिनहु दाइजो नल्याएको भन्दै दिइने मानसिक यातना खप्न नसकेर सनिबार सांझ स्याङजाको बानेथोक देउराली ७ की कल्पना काफ्लेले झुण्डिएर आत्महत्या गरेकी छन ।

बिबाहमा दाइजो नल्याएको भन्दै घर परिवारले दैनिक यातना दिनेगरेपछि सहन नसकेर आइतवार सांझ घर नजिकैको चिलाउनेको रुखमा झुण्डिएर २९ वर्षिय काफ्लेले आत्महत्या गरेको हुन सक्ने स्थानियबासीले बताएका छन ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार मृतक काफ्लेका घरका सासु ससुरा र श्रीमानले पटक पटक दाइजो कम ल्याएको निउमा मानसिक तनाब दिएकै कारणले उनले आत्महत्या गरेको हुनसक्ने जनाएको छ । अनुसन्धानको लागि प्रहरीले मृतक काफ्लेका श्रीमान सासु र ससुरालाइ नियन्त्रणमा लिएको पनि जनाएको छ ।

मृतक काफ्लेका माइती पक्षले भने घर परिवारले छोरीलाइ हत्या गरेर झुण्डाएको आरोप लगाएका छन । घटना प्रति प्रहरीले सत्य तथ्य छानबिन गरि दोषि उपर कडा कारवाहीको समेत माग गरेका छन । मृतक काफ्लेको एक छोरा र एक छोरी रहेका छन ।

मुक्तिनाथ बिकाश बैंकको स्याङजामा मोटरसाईकल ¥याली

Sunday, February 28th, 2010

प्रदिप कोइराला

स्याङ्जा १४ फागुन ।

निजी क्षेत्रमा स्याङजामा पहिलो पटक स्थापना गरीएको मुक्तिनाथ विकास बैंकले आफ्नो सेवा र सुबिधाको बारेमा जानकारी गराउन र बिभिन्न समुह हरुलाइ उत्पादन मुलक आर्थिक क्रियाकलापमा संलग्न गराउने उद्येस्यका साथ पोखरा तथा स्याङजाका सहरहरुमा मोटरसाइकल ¥याली मार्फत घरदैलो तथा बैकिङ् जागरण कार्यक्रम सन्चालन गरेको छ । बैकले बैंकिङ् अवधारण नबुझेका ब्याक्तिहरुलाई बचत गर्न सिकाउने,पुँजिको अभावमा ब्यवसायी गर्न नसकेका बेरोजगारलाई ऋण उपलव्ध गराएर सदुपयोग गराउन सिकाउने र समय खेर फाल्नु भन्दा स साना कार्य गरी आर्थिक रुपले समृद्ध एंव सुखी जीवन विताउन सिकाउने उद्येस्यका साथ घरदैलो कार्यक्रम सन्चालन गरीएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाले बताए ।

नेपालका ‘ख’ वर्गका विकास बैंकमा लद्युवित्त कार्यक्रम संचालन गर्ने मुक्तिनाथ विकास बैंक पहिलो बैंक हो । धमाधम खुलेका विकास बैंकहरुको सेवा शहरमुखी भएको भन्दै आलोचना खेप्दै आएको अवस्थामा मुक्तिनाथ विकास बैंकले जिल्लाका ग्रामीण भेगमा पुगेर आर्थिक कारोबार संचालन गरेको छ । बैंकिङ्ख क्षेत्रमा बिभिन्न आकर्षक योजना ल्याएर मुक्तिनाथ बिकाश बैकले स्थापनाको छोटै समयमानै ग्राहकमाझ लोकप्रिय बन्न सफल भएको छ । बैंकले स्याङ्जा जिल्लाका २ नगरपालिका र ६० गाविसमा मध्ये २ नगरपालिका र ४८ गाविसमा लद्युवित्त कारोबार संचालन गरिसकेको छ । जिल्लाका थप १२ गाविसमा सेवा पु¥याउन अन्तिम तयारी गरिरहेको बैंक ले जनाएको छ ।

बैंकले लद्युवित्त (विना धितो) कार्यक्रम कास्की र तनहुं जिल्लामा समेत संचालन गरेको छ ।

यस बैकले लघुबित्त क्षेत्रमा स्याङ्जा,कास्की र तनहँु गरी तिन जिल्लामा रहेका दुर्गम गाँउका बिपन्न, किसान र आर्थिक स्तर कमजोर भएकाहरु लाई १५ करोड २२ लाख २७ हजार कर्जा लगानी गरेको छ । लघुबित्त कार्यक्रम अन्तर्गत १७ हजार १ सय ७६ सदस्य रहेका छन । उनीहरु लाई ८ सय ८८ केन्द्रमार्फत समुहमा आबद्ध गराएको बैकले जनाएको छ । स्याङजामा पहिलो पटक स्थापना भएको मुक्तिनाथ विकास बैंकले जिल्लाका ग्रामिण भेगमा रहेका बिपन्न तथा गरिवीले पिल्सिएका महिलालाइ लक्षित गरेर संचालन गरेको लद्युवित्त कार्यक्रममा विना धितो महिलाहरुलाई कर्जा लगानी गर्दै आइरहेको छ । विना धितो सामुहिक जमानीमा गरिएको लगानीबाट स्याङजाका ग्रामिण भेगका महिलाहरुको दैनिक जीवनयापनमा परिवर्तन आएको छ ।

पसलमा आगालागी, २० लाख बराबरको धनमाल नष्ट

Thursday, February 25th, 2010

प्रदिप कोइराला
स्याङजा १२ फागुन ।

स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं. ८ सतौस्थित एक घरमा आगलागी हुँदा करिब २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट सोही ठाँउका २६ वर्षिय साजन शाह सामान्य घाइते भएका छन् । उनी स्याङजा अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् ।

गएराती लोडसेडिङको समयमा बालेको मैनबत्ती विद्युत तारमा परेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्थानीय टिकाराम पौडेल र कमल पौडेलको संयुक्त घरमा आगलागी हुँदा २ तलाको १६ कोठे घरमा रहेका औषधी पसल, किनारा पसल र फेन्सी पसलमा रहेका सबै सामान जलेर नष्ट भएका छन् भने पसलमा रहेको २ लाख नगद समेत जलेर नष्ट भएको पिडीत टिकाराम पौडेलले जानकारी दिए ।

आगो स्थानीयबासी र प्रहरीको सहयोगमा करिब साढे दश बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

एकिकृत माओवादी एकदलिय शासन प्रणलिमा विश्वास राख्ने पाटी :कोइराला

Friday, February 19th, 2010

प्रदिप कोइराला
स्याङ्जा, ७ फागुन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले एकिकृत माओवादी एकदलिय शासन प्रणलिमा विश्वास राख्ने पार्टी भएको आरोप लगाउनुभएको छ  । उहाँले माओवादीले बहुदलीय शासन व्यवस्थाको नाममा सत्तामा प्रवेश गरि राज्य सत्ता कब्जा गर्ने र एकदलीय शासन व्यवस्था लगाउने प्रयत्न गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेता कोइरालाले उक्त कुरा बताउनुभएको हो ।

नेपालको नयाँ संविधान बन्न नदिन माओवादीले बिना अभ्यासको संघियताको नाउमा देशमा भएका हरेक जातजातीका मानिसहरुलाई जातीय अधिकारको नारा दिएर देशमा वितण्डा मच्चाई नेपालको संविधान जारी हुन नदिने प्रयत्न गरेको आरोप लगाउँदै कोइरालाले भन्नुभयो–‘त्यसैको बलमा एकदलीय निरङकुश शासन लाद्ने दुश्प्रयास माओवादीले गरेको छ ।’ नेपाली काँग्रेस आफ्नो अडानमा प्रतिबद्ध भएको बताउँदै कोइरालाले भन्नुभयो–‘राष्ट्रियता र प्रजातन्त्रप्रति काँग्रेस प्रतिवद्ध छ,प्रजातन्त्रमा हरेक नेपालीको हक,अधिकार बराबर हुनुपर्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसकै अर्का केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङले माओवादीले पेस गरेको संघियता हचुवाको भरमा भएको टिप्पणी गर्दै माओवादीको जातीय राज्यमा नेपालका आदिवासीहरु पनि सन्तुष्ट नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘विभिन्न जातीको नाममा राज्य दिँने भनेर जनतालाई गरेझैं पनि देखाउने तर केन्द्रीय तहमा नेतृत्व गर्नेनेताहरु भने प्रचण्ड र बाबुराम,मोहन बैद्य हुने,यसले पनि प्रश्ट पार्छ माओवादी जातीय राज्यमा कति इमान्दार छन् ।’

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा संविधान सभा सभाषद् गगन थापा,नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, नेपाली काँग्रेस स्याङ्जाका सभापति खगेन्द्र रेग्मी लगायतले नेपाली काँग्रेस नेपाली जनताहरुको सिङ्गो पार्टी भएको उल्लेख गर्दै सवै जाती धर्म,लिङ्ग,वर्ग,आदिवासी जनजाती,महिला,दलित सबैको पार्टी भएकोले काँग्रेसलाई जातीय संघियता स्वीकार्य नहुने बताउनुभयो ।

आजै डा.कोइराला,गुरुङ, तथा युवा नेता थापा शनिबार स्याङ्जाको पञ्चमुलस्थित नेपालको पहिलो नमुना ग्रामिण पर्यटकीय गाउँ सिरुवारीमा आयोजना हुने आमसभामा भागलिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

बजार अभाबको कारण ७० प्रतिशत उँखु खेती घटयो

Tuesday, February 16th, 2010

प्रदिप कोइराला
स्याङजा ३ फागुन ।

प्रमुख नगदेबालीको रुपमा रहेको उँखु सिजनको फलफुलको रुपमा मात्र नभइ औषधीको रुपमा पनि उपभोग गर्दै आइरहेको स्याङजामा उँखु कृषकलाइ बजारको अभाबले गर्दा चिन्तित मात्र भएनन बिगतको तुलनामा ७० प्रतिशत कृषकको संख्यामा कमी आएको छ ।

माघ फागुन र चैत्र महिनामा बिभिन्न चाडपर्व तथा हाटबजारमा बिक्री हुने उखुले अहिले बजार अभाबकै कारण देखाएर खेती गर्न छाडेपछि उखुको अभाब भएको छ । भने नगदेबाली उखु खेतीलाइ सरकारी सहयोग र ब्यबस्थित बजार अभाबको कारण कृषकहरु उक्त खेतीबाट फाइदा नभएपछि उखु खेती छाड्रन बाध्य भएका हुन ।

बिगत ५ वर्ष अगाडी स्याङजाका वालिङ स्वरेक तथा दहथुम गाबिसमा उँखु खेती गर्ने कृषकहरु सयौको संख्यामा थिए । माहाशिवरात्री र ३ दिने माहाशिवरात्री बजार मा उखु प्रसस्त रुपमा बिक्री हुने गथ्र्यो तर अहिले उंखुको उत्पादन कम भएर होला मेलामा उँखु पाउन गाह्रो भयो मेला हेर्न आएका एक ग्राहकले भने “उखु खानलाइ मिठो हुने र औषधीको काम पनि गर्ने चिज हो ”  भने अर्का बालिङ् नगरपालिका वार्ड नं. ११ अमले गाँउका उखु ब्यापारी नेत्र बहादुर थापाले भने  पहिले ठुली एकादशी, महाशिवरात्रि माघेसंक्राति, लगायतका धार्मिक चार्डपर्वमा मेला लाग्ने गरेकाले उखुको व्यापार राम्रो थियो तर अहिले मेला लाग्न छाडेकाले ब्यापार पनि खस्कदै गयो कृषकहरु ले पनि खेती गर्न छाडेको बताए  ।

फोटो: माहाशिवरात्री मा स्याङजाको पबित्र धार्मिक स्थल छायाक्षेत्र मन्दिर परिसरमा मा उँखुको ब्यापार गर्दै

फोटो: माहाशिवरात्री मा स्याङजाको पबित्र धार्मिक स्थल छायाक्षेत्र मन्दिर परिसरमा मा उँखुको ब्यापार गर्दै

उखु खेति गरेर बार्षिक २ लाख सम्म आम्दानी गरेका थापाले अहिले मुस्कीलले ५० हजार मात्रै आम्दानी गरेको बताए । थापाले ६ रोपनी जग्गामा उखु खेती गर्दै आएका छन । ५ वर्ष अघि आफ्नो गाउमा ५० जना भन्दा बढी कृषकले उँखु खेती गरेका थिए अहिले उखु खेती गर्ने कृषक औलामा गन्न सकिने कृषक थापाले बताए । बजार ब्याबस्थापन गर्न सके उंखुको राम्रो उत्पादन हुन्छ र आम्दानीले सजिलै जिबिकोपार्जन हुने समेत थापाले बताए ।

अर्का कृर्षक ख्याम बहादुर थापाले भने बर्ष भरीकै खेति भनेको हाम्रो उखुनै हो । तर के गर्ने बेच्ने बजार नपाएपछी आफ्नो मेहनत खेर जान्छ । उनले भने शिवरात्रिको भोली पल्ट छाङ्छाङ्दीको आधीखोला किनारमा लाग्ने मेलामै बिक्री गरेको उँखुले पुग्थो तर अहिले मेलामा यहाको समितिले बजारको सुरक्षा भएन भन्दै बजार लगाउन छाडेकाले आफुहरु मर्कामा परेको बताए  ।

बजार नपाएकै कारण जिल्लाका धेरै कृर्षक हरुले उखु खेतीबाट बिस्थापित भएका छन ।उखु खेतीलाइ ब्याबस्थि तगर्न सके उँखुबाट सयौ कृषकको जिबिकोपार्जन मात्र नभइ उँखु वाट खुदो उत्पादन गरि खुदो जन्यबस्तुबाट हजारौ ब्यापारी तथा सर्वसाधारण लाभान्बित हुने थिए । उचित सरकारी सहयोग र जिल्लामा गठित उद्योग वाणिज्य संघ लगायतको सहयोग पाएमा आफुहरु पुन उँखु खेती लगाउने कृषकहरु बताउछन ।