Archive for January, 2010

शिक्षिकाको कुटाइबाट विद्यार्थीको खुट्टा भाँच्चियो

Friday, January 29th, 2010

प्रदिप कोइराला
स्याङ्जा, वालिङ माघ १५ ।
बिद्यालयमा किन अनुपस्थित भएको भन्दै फेरी स्याङजाको पुतलिबजार नगरपालिका वाड नं १३ स्थित विश्व शान्ती प्राथामिक बिद्यालयमा एक शिक्षिकाले कुटदा एक बालिकाको खुट्टा भाच्चीएको छ । बिश्व शान्ती प्रथामिक बिद्यालयमा कक्षा ४ मा अध्यायनरत धादिङ जिल्ला वाट आफ्नो आमा संग स्याङजा आएर पढेकी वर्ष १३ की देउपा तामाङ लाइ सोही बिद्यालयमा कार्यरत शिक्षिका कौसल्या अर्यालले कक्षाकोठा भित्रै कक्षा कोठामा पढन नआएको बाहानामा कुटपिट गर्दा बिद्यार्थी तामाङको खुट्टा भाच्चिएको हो ।

बिद्यालयमा पढाउने क्रममा बालबालिकालाइ कहिले गृहकार्य नगरेको कहिले किन ढिला आएको भन्दै पिटनुहुन्छ तर मलाइ कक्षामा किन पढन नआएको भन्दै नक्सा झुण्डाउने लट्ठीले बेस्सरी पिट्नुभयो अनि मेरो खुट्ट टेक्नै नहुने गरि दुख्यो पिडीत बालिकाले पत्रकार संग भनिन ।

करिब १० दिन अघि घटेको उक्त घटना बालिकाको खुट्टा भाचिदा समेत बिद्यालय प्रशासनले वेबास्ता गरेको बुभिएको छ । घटना घटेको ३ दिन सम्म स्थानिय अस्पतालमा एक्सरे मेसिन बिग्रीएको भन्दै उपचारमा ढिलाइ गरेको थाहा हुने बित्तिकै जिल्ला बालकल्याण समिती बाट वालअधिकार अधिकृत बद्री बाग्ले र पत्रकारको टोली त्यहां पुगेको थियो ।

बालकल्याण समिती द्धारा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय स्याङजालाइ पत्राचार गरेपछि प्रहरी मार्फत घटनामा दोषि रहेकी कौसल्या अर्याललाइ झिकाइ कारवाही प्रकृया थालनी गरेको थियो  । कारबाहीमा शिक्षिकाले २० हजार र बालिकाको उपचारको सम्पुर्ण खर्च बेहोर्ने तथा समन्धीत बिद्यालयले ५ हजार बालिकाको नाममा गरिमा बिकाश बैकमा खाता खोली राख्ने सहमती भएको भएको जानकारीमा आएको छ  ।

स्याङजामा यस अघि वालिङ स्थित द एक्सलेन्ट बोर्डिङ स्कुलमा शिक्षिकाले कुट्दा बिद्यार्थीको हात भाच्चिएको घटना सेलाउन नपाउदै २ वटा यस्ता घटना घटीसकेका छन । स्थानिय प्रशासन र बालबालिकाको क्षेत्रमा काम गर्ने निकायले घटनामा संलग्न दोषिलाइ कडा कारवाही गर्न नसक्दा यस्ता घटना दिनानुदिन बढदै जान थालेका छन । प्रशासनको निरिहता र मानबअधिकार समन्धी काम गर्ने संस्थाहरुको बेवास्ताका कारण पुन यस्तो घटना दोहोरिन सक्छ । तसर्थ यस्ता निकायहरु सचेत हुनु जरुरीे छ । स्याङजामा घटेका ३ यस्ता घटना बाट जिल्ला भित्रका बालबालिकाको नेटवर्कहरुले ध्यानाकर्षण गरेका छन । प्रशासनले फितलो कारवाही गरेका कारण यस्ता घटनाले बढावा पाउने उनिहरुको ठहर छ ।
‘विद्यालयमा साना बालबालिकालाई अध्ययन तथा अध्यापन गराउँदा मनोबैज्ञानिक तरिकाले सिकाउनुपर्छ त्यस्तो सिकाई मात्र दिगो हुन्छ ।’ एक अभिभाबकले भने–‘विद्यार्थीलाई माया, ममता,दिएर फकाएर सिकाउनुपर्छ,यातना दिएर होइन,यसरी सजायँ दिदाँ विद्यार्थीको मनोबेज्ञानिक रुपमा असर पर्छ ।’

सुर्तिजन्य पदार्थविरुद्ध सञ्जाल गठन

Thursday, January 28th, 2010

प्रदिप कोइराला
स्याङ्जा–१४, माघ ।
स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पदार्थको विरुद्धको अभियान अन्तरगत जिल्ला सञ्जाल स्याङ्जाको आयोजनामा बुधवार एक भेला सदरमुकाम स्याङ्जामा सम्पन्न भएको छ ।
समुन्नत समाज निर्माणमा सार्वजानिक स्थलमा सुर्ति तथा सुर्तिजन्य पदार्थ सेवन गर्न निषेध गर्ने उद्येस्यले जनचेतना फैलाउने उद्येस्यले निमबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय युवा सञ्जाल गठन गरिएको छ  । संजालको सहसंयोजकमा किरण सेन , सचिवमा शर्मिला पौडेल , कोषाध्यक्षमा रोशन शर्मा, सदस्यमा विश्व पौडेल , गीता शर्मा लगायतका रहेका छन् ।
यसैबिच भेलाले सञ्जालले हालसम्म सञ्चालन गरेको कार्यक्रमको समिक्षा गर्दैे स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम  स्याङ्जा का क्षेत्र नं. १ र २ का  विकट ठाउँहरुमा पनि गर्ने निर्णय गरेको छ । साथै भेलाले अभियानलाई प्रभावकारी बनाउन भावी कार्ययोजना समेत तयार गरेको छ

वाषिकोत्सवमा विविध कार्यक्रम हुने

Thursday, January 28th, 2010

प्रदिप कोइराला
स्याङ्जा–१४, माघ ।
वालिङ  कर्मचारी मिलनकेन्द्र वालिङ स्याङ्जाले आप्mनो वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद कार्यक्रम गर्ने भएको छ । वालिङ कर्मचारी मिलन केन्द्रको बुधबार वसेको वैठकले वार्षिकोत्सवको अवसरमा खेलकुद कार्यक्रमका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।
कर्मचारी मिलन केन्द्र वालिङका अध्यक्ष प्रमुख मुक्तिराम आचार्यको अध्यक्षतामा बसेको वैठकले व्याडमिन्टन, टेवलटेनिस र भलिबल प्रतियोगिता आयोजना गरि पहिलो वार्षिकउत्सव मनाउने निर्णय गरेको केन्द्र द्धारा जारी प्रेस बिज्ञप्तीमा जनाएको छ । आगामी माघ २५ गते पहिलो वार्षिक उत्सब रहेको छ ।

दहथुम र ठूलाडिहीमा नेविसंघ इकाइ गठन

Thursday, January 28th, 2010

प्रदिप कोइराला
स्याङ्जा–१४, माघ ।
नेपाली काँग्रसको भातृसंगठन नेपाल विद्यार्थी संघको संगठन विस्तार अभियान अन्र्तगत दहथुम गाउँ विकास समितिको दहथुम उच्च माध्यामिक विद्यालयमा दिया थापाको सभापतित्वमा १ सय २० सदस्यीय मुल इकाई समिति गठन गरिएको छ ।
जसको उपसभातिमा सुनिता मल्ल, सचिवमा दुर्गा राना, सहसचिवमा रिया थापा, कोषाध्यक्षमा अमृत खाँड ठकुरी रहेका छन् । कार्यक्रमले कक्षा ११ र १२ मा गरि छुट्टाछुट्टै  समिति गठन गरेको छ । जसमा कक्षा ११ तर्फ सभापतिमा दिया थापा र १२ तर्फ सभापतिमा अनिता कोइराला रहेका छन ।
इकाई समिति गठन कार्यक्रम नेपाल विद्यार्थी संघका जिल्ला सदस्य एवं क्षेत्र नं. ३ का क्षेत्रीय संयोजक प्रकाश भुषालको प्रमुख आतिथ्यता र भरत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ क्षेत्र न. २ का क्षेत्रीय संयोजक नेत्र गुरुङ, आदिबासी जनजाती विद्यार्थी नेता किसान गुरुङ लगायतले बोलेका थिए ।
यसैगरि जनता उच्च मावि ठुलाडिहिमा पनि प्रतिक्षा पोखरेलको अध्यक्षतामा ५० सदस्यीय नेपाल विद्यार्थी संघ मुल इकाइ समिति गठन गरिएको छ । जसको उपसभापतिमा भुपाल गुरुङ, सचिवमा विजया विक, सहसचिवमा मनिषा थापा, कोषाध्यक्षमा शर्मिला गुरुङ लगायतका रहेका छन ।

केदारनाथ मार्ग निर्माण सम्पन्न

Thursday, January 28th, 2010

प्रदिप कोइराला
स्याङ्जा–१४, माघ ।
पेलाकोट गाउँ विकास समितिको ग्रामिण सडक अन्र्तगत खानीडाँडादेखी नेपाल राष्ट्र माध्यामिक विद्यालय चोक जोड्ने केदारनाथमार्ग निर्माण कार्य सम्पन्न भएको छ । करिव १५ लाखको जनश्रमदान, चन्दा सहयोगबाट सडक निर्माण कार्य सम्पन्न भएको हो ।
केदारनाथ मार्ग निर्माण सम्पन्न पश्चात आयोजित एक कार्यक्रममा श्रमदान, चन्दादाता, नैतिक भौतिक सहयोग गर्ने संघसस्था सहित व्यक्तिहरुलाई केदारनाथमार्ग  मुलसमितिले हार्दिक कुतज्ञता दिएको समितिका सचिव इश्वरी पाठकले बताए । उक्त सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न सहज भएको छ । भने उक्त मार्ग भएर यात्रा गर्ने यात्रुलाइ आबत जाबतमा समेत सहज भएको स्थानियबासीले बताए ।