नेपाल पत्रकार महासंघ स्याङजाको साधारण सभा सम्पन्न
स्याङजा—१८ मंसिर
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति तथा काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रीपेच विनाको राजा बन्ने दुश्प्रयास गरेको बताउनुभएको छ। नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको प्रथम साधारण सभाको उद्घाटन गर्न आउनुभएका उपसभापति पौडेलले माओवादीतर्फ केन्द्रीत हुँदै भन्नुभयो –…हत्या हिंसा तथा आतङ्कलाई केन्द्रीकृत गरेर अर्काको मेहनतमा मोज गर्ने नयाँ बर्ग जन्मन खोजेको छ ,त्यसमा हामी सबै सतर्क हुन जरुरी छ।’
उपसभापति पौडेलले शान्ती प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउने र नयाँ संविधान जारी गर्ने काम गर्नुभन्दा पहिला माओवादीका लडाकुको समायोजन गर्नुपर्ने बताउँदै पौडेलले क्यान्टोनमेन्टमा हतियार राखेर चावी आँफुसंग भएकोले माओवादीले अन्य दलहरुलाई धम्क्याएको आरोप लगाउँदै पौडेलले भन्नुभयो–…माओवादीको हतियार लडाकुलाई समायोजन गर्नका लागि सर्वसाधारणहरुले पहिला दबाब दिनुपर्छ ,अनिमात्र नयाँ संविधान जारी गर्न सम्भव हुन्छ।’
कार्यक्रममा विशिष्ठ अतिथिको आसनबाट बोल्दै अर्का उपसभापति गोपालमान श्रेष्ठले माओवादीको आन्दोलनको कुनै तुक नभएको बताउनुभयो। उहाँले भन्नुभयो–…एउटा पार्टीले हातमा हतियार लिएर धम्क्याउने र अरु दल निशस्त्र बनेर बाहिर बसेर समस्याको निकास टुङ्गोमा पुग्दैन।’
उपसभापति श्रेष्ठले नेपाली काँग्रेसको नयाँ बन्ने विधानमा प्रजातन्त्रवादी पत्रकारलाई पनि महाधिवेशनमा सहभागी बनाउने व्यवस्थागर्न लागिएको जानकारी समेत दिनुभयो।
कार्यक्रममा माओवादीका सिर्जनशील ,नेपाली काँग्रेस स्याङ्जाका उपसभापति कमल पंगेनी, एमालेका नेता मोहन रेग्मी, ,नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा.भूपति ढकाल …कमल’,नेपाल पत्रकार महासंघ पश्चिमाञ्चल संयोजक रबीन्द्र बाँस्तोला,केन्द्रीय सदस्य पुण्य पौडेल,मेची महाकाली मिडिया सोसाइटीका केन्द्रीय अध्यक्ष माधव शर्मा,आदर्शसमाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोला,पत्रकार महासंघ कास्कीका सल्लाहकार रामकृष्ण ज्ञवाली, पूर्व उपसभापति रमेश पौडेल, राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल प्रमुख सुर्यचन्द्र बस्नेत, क्रान्तीकारी पत्रकार संघ काँस्कीका उपाध्यक्ष त्रिभुवन पौडेल,क्रान्तिकारी पत्रकार संघ स्याङ्जाका अध्यक्ष अर्जुन काफ्ले,स्याङ्जा पत्रकार महासंघका,सहसचिव राधाकृष्ण डुम्रे, लगायतका बक्ताहरुले दुनियाका हकहितका कुरा गर्ने पत्रकारहरुले कहिलेकाँही आफ्ना पनि कुरा गर्नुपर्नेमा जोड दिँदै नियुक्ति पत्र र श्रमजीवि ऐनको कार्यान्वयन गर्नमा आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनुभएको थियो।
साधारण सभा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्व एवं सचिव हिमलाल पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो।
आजै भएक्ो वन्दसत्रले विभिन्न महत्वपूर्ण प्रस्ताव समेत पारित गरेको नेपाल पत्रकार महासंघ स्याङजाले जनाएको छ।
दैनिकी डट कम बाट