Archive for September, 2009

मोबाइलमा ट्रान्सफर हुँदैछ नम्रताको पोर्न भिडियो

Monday, September 21st, 2009

नेपालमा एमएमएमएस त्यति प्रभावकारी नभए पनि अहिले ब्लूतुथ र केबलबाट एउटा भिडियो ट्रान्सफर गर्ने क्रम बढेको छ। मोडलबाट नायिका बनेकी नम्रता श्रेष्ठ र डीजे तान्त्रिकको यौन सम्पर्करत भिडियो यसरी ट्रान्सफर हुन थालेको हो।
नम्रता र डिजे तान्त्रिकबीच भएको यौन सम्पर्कको भिडियो एक्कासी यूट्युवडटकम मार्फत सार्वजनिक भएको थियो। मोबाइलबाट खिचिएको यो भिडियो व्यापक भएपछि नायिका नम्रता र डीजे तान्त्रिक निकै बेचैन छन्। उनीहरुको उत्त अश्लील भिडियो थुप्रै नेपाली फिल्मकर्मी तथा सर्वसाधारणको मोबाइलमा छ। अश्लील भिडियो आएको कम्प्लेन आएपछि युट्युबबाट हटाइएको छ। यद्यपि ब्लू तुथबाट र मोबाइल पसलहरुमा केवलबाट सो भिडियो ट्रान्सफर गर्नेहरुको संख्या बढेको छ।
यो भिडियो सार्वजनिक भएपछि उनी सर्वत्र आलोचित भएकी छिन्। आफूलाई निकै सभ्य, सालीन र महङ्गी हिरोइन बताउदै आएकी नम्रताको कर्तुत पर्दाफास भएपछि उनलाई हेर्ने नजर बदलिएको छ।
डिजे तान्त्रिकसँगको यौन सम्बन्धको सो भिडियो सार्वजनिक भएपछि उनले अश्लील भिडीयोको नारी पात्र आफू नभएको जिकीर गर्दै हिडेकी छिन्। डिजे तान्त्रिक विवाहीत हुन्। उनकी पत्नी श्वेताले आफ्नो पति तान्त्रिक र नायिका नम्रताबीच भएको यौन सम्पर्करत भिडियो फेला पारेपछि माइती नेपालमा उजुरी दिएकी थिएन। माइती नेपालले डिजे तान्त्रिक, नम्रता र श्वेतालाई राखेर सहमतिको प्रयास गरेको थियो। माइती नेपालका मध्यस्थकर्ताले नम्रता र तान्त्रिकलाई दुई–दुई झापड हानेर अब आइन्दा नम्रता तान्त्रिकसँग नलाग्ने सहमति गराएर छोडेको थियो।
थुप्रै हिट गीतका म्युजीक भिडियोहरु, विभिन्न टेली, पेपर बिज्ञापन तथा आलोक नेम्वाङको निर्देशनमा निर्माण भएको सानो संसार र सुदर्शन थापाको निर्देशनमा बनेको र हाल काठमाडौका विभिन्न हलमा चलिरहेको मेरो एउटा साथी छ फिल्मी नायिका नम्रताले आफ्नो लोग्न खोस्न थालेको थाह पाएपछि तान्त्रिक पत्नी हाल आफ्नो माइतिमा बसेकी छिन्।

दैनिकी डट कम बाट

मन्त्रिपरिषदद्वारा ऋषि अमेरिका उड्नु पूर्व मुद्धा फिर्ता

Sunday, September 20th, 2009

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पत्रकार ऋषि धमला, रामशुभक महत्तो र वीरेन्द्र केएमको मुद्धा फिर्ता लिने निर्णय गरेको छ । रिपोर्टर्स क्लबका अध्यक्ष धमला परराष्ट्रमन्त्री सुजाता कोइरालाको सिफारिसमा रातो पासपोर्ट लिएर प्रधानमन्त्रीको भ्रमणटोलीमा समावेश भएर आज साँझ अमेरिका जाँदैछन । हातहतियार तथा खरखजाना ऐनअन्तर्गत धमला र अन्य दुई पत्रकारलाई केही समय अघि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले तीनजना विरुद्ध सशस्त्र समूह रणबीर सेनासँग संलग्नताको अभियोगमा मुद्दा चलाएको थियो। ती मध्ये धमला तारेखमा रिहा भइसकेका छन् भने महतो र केएम अझै थुनामा छन्।
स्रोतका अनुसार मन्त्री कोइरालाको प्रस्तावमा ऋषिको मुद्दा फिर्ता लिने प्रसंग उठेपछि मधेशी मन्त्रीहरुले अन्य दुई मधेशीमूलका पत्रकारहरुप्रति किन विभेद नि भनेर आपत्ती गरेका थिए । यो निर्णयलगत्तै अदालतमा सरकारको निर्णय पठाइएको छ । फौज्दारी मुद्दामा सरकार वादी हुन्छ र यसको प्रकृया सरकारी वकिलको कार्यालयमार्फत अघि बढ्छ ।
नियमानुसार अमेरिकाले फौज्दारी अभियोग लागेकाहरुलाई आफ्नो मुलुकको प्रवेशाज्ञा दिदैन । तर परराष्ट्रमन्त्री सुजाता कोइरालाको “विशेष आग्रह”मा धमलालाई भिसा दिइएको स्रोतको दाबी छ ।
मन्त्रिपरिषदको बैठकले द्वन्द्वकालमा खोसिएका सम्पत्ति फिर्ता छानबिन गरी क्षतिपूर्ति तय गर्न शान्तिमन्त्री रकम चेम्जोङको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार सो समितिमा अर्थ गृह र महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधि समावेश छन ।
बैठकले देशभरिका अस्पताल विकास समितिहरु विघटन गरेको छ ।
बैठकमा विषेश गरेर प्रधानमन्त्रीको अमेरिका भ्रमण र राष्ट्र संघको महासभामा हुने सहभागिता र एजेण्डाहरुका बारेमा छलफल भएको थियो ।

दैनिकी डट कम बाट

युवकको कुटेर हत्या, किशोरीको शव भेटियो

Sunday, September 20th, 2009

दशैंका लागि प्रहरीले विशेष सुरक्षा योजना लागू गरेकै दिन राजधानीमा एक युवकको कुटीकुटी हत्या गरिएको छ।
शुक्रबार राति करिब ११ बजे ललितपुरको इमाडोलस्थित घरतर्फजाँदै गर्दा ३३ वर्षीय अरुण महर्जनलाई ९ जना युवकले ढुंगाले कुटीकुटी हत्या गरेका थिए। पञ्चकन्या ग्रुपको चालक महर्जन पुल्चोकबाट साइकल चढी घरतर्फजाँदै गरेका थिए। ग्वार्को पुलनजिक पुगेपछि एक युवकलाई साइकलले ठक्कर दिएपछि उनीमाथि कुटपिट शुरु गरेका थिए।

एकाएक ९ जना युवकले साइकलको चेन र ढुंगाले कुटपिट गरेपछि घाइते भएका उनको मध्यरातमा पाटन अस्पतालमा मृत्यु भएको थियो। कुनै रिसइबी नभएका अरुण महर्जनलाई टाउकोमा बीभत्स रूपमा ढुंगा प्रहार गरेका थिए। उनको टाउको नराम्ररी फुटी गिदी निस्किएको अवस्थामा अस्पताल पुर्याइएको थियो।

घटना भएको एक घण्टापछि घटनास्थलमा पुगेको प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशमबहादुर पराजुलीको टोलीले मुख्य अभियुक्त दिलन महर्जनलगायत ३ जना युवकलाई रगत लत्पतिएको हातसहित पक्राउ गरेको थियो।

मादक पदार्थ सेवन गरेका ती युवक भाग्दै गरेको अवस्थामा ग्वार्कोमा पक्राउ गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै ललितपुर प्रहरी परिसर प्रमुख केदारमान सिंह भण्डारीले हत्याको अभियोगमा ९ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो।

यसै गरी काठमाडौं महानगरपालिका-१५ डल्लु आवास क्षेत्रको नजिक गीतामाता स्कुलनजिकको झाडीमा बलात्कारपछि जबरजस्ती हत्या गरेका अवस्थामा १३ वषीर्या बालिकाको शव फेला परेको छ।

सिन्धुली घर भई हाल कामपा-१५ डल्लु डेरा गरी बस्ने माइला माझीकी १३ वषीर्या छोरी सूष्मा माझीको हत्या भएको हो। सो घटनाका मुख्य दोषी १५ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी वसन्तबहादुर कुँवरले मुख्य अभियुक्तलाई चितवनमा पक्राउ गरिएको जानकारी गराउनुभयो।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २२ वषीर्या राजेश महर्जनसमेतलाई पक्राउ गरेको छ।

नेपाल समाचारपत्र बाट

मत्री माथि स्याङ्जामा ढुङ्गामुढा

Wednesday, September 9th, 2009

स्याङ्जा, भदौ २३
स्याङ्जा एफ एम को सुभाराम्भ गर्न गएका सुचना तथा संचार मन्त्री शंकर पोखरेल माथि स्थानिय माओबादी कार्यकर्ताले ढुङ्गा-मुढा गरेका छन् । ढुङ्गा-मुढा पछी माओबादी कार्यकर्ता र प्रहरी बिच झडप हुँदा दुबै तर्फका आठ जना भन्दा बढी घाइते भएका छन्। कालो झन्डा देखाउन बसेका उनिहरु आफ्ना कार्यकर्ता घाइते भएपछी झनै आक्रोसित बनेका माओबादी कार्यकर्ताले मध्यान्न १२ बजे देखी स्याङ्जा जिल्ला बन्द गराएका थिए। झडपमा डि एस पि उत्तम सुबेदी, अखिल क्रान्तिकारीका अध्यक्ष सुबाश पौडेल, देवी बस्याल, नारायण भण्डारी लगायत घाइते भएका थिए ।

सिद्धार्थ राजमार्गमा अवरुद्ध यातायात संचालन

Tuesday, September 8th, 2009

पोखरा, २३ भदौ

सिद्धार्थ राजमार्गमा मंगलबार मध्याह्नदेखि आह्वान गरिएको चक्काजाम माओवादी स्याङ्जाले फिर्ता लिएको छ। मन्त्रीलाई कालोझण्डा देखाउने क्रममा स्याङ्जा सदरमुकाम पुतलीबजारमा प्रहरीको लाठीचार्जबाट आफ्ना कार्यकर्ता घाइते भएपछि घटनाको बिरोधमा आह्वान गरिएको चक्काजाम सर्वसाधारणको हितमा ध्यानमा राख्दै अपरान्ह ४ बजेदेखि फिर्ता लिइएको जनाइएको छ।
मन्त्री पोखरेल रेडियोको उद्घाटन र नेकपा एमाले स्याङजा क्षेत्रनम्बर १ को क्षेत्रीय अधिवेसनमा सरिक भएर पोखरा विमानस्थलबाट दिउँसो साढे ३ बजे बुद्ध एयरबाट राजधानी उडेका छन्। प्रहरीको स्कर्टिङ्मा पुतलीबजारबाट पोखरा आउँदासमेत मन्त्री पोखरेलले ठाउँठाउँमा अबरोधको सामना गर्नुपर्यो। फेदिखोलामा जिल्ला विकास समिति, स्याङजाको सरकारी गाडी तेर्साएर यातायात अबरुद्ध पारेका माओवादी कार्यकर्तालाई प्रहरीले पुनः सामान्य लाठीचार्ज गरी भगाएको थियो।
यसअघि, मन्त्री पोखरेललाई मंगलबार बिहान पोखराको लेकसाइडमा माओवादी कार्यकर्ताले कालोझण्डा देखाएका थिए।

दैनिकी डट कम बाट