Archive for August, 2009

जोक

Friday, August 21st, 2009

एउटा गाँउका दाजुभाइ ब्यापार गर्न घरबाट ताढागयछन । एउटा डोटीतिर गए छन त अर्को ईलामतिर । अनी एकदिन एउटा हाटबजारमा
भेट भएछ अनी एउटाले सोधेछ अनी तेरो ब्यापार कस्तो भयोत मेरो त डोटी गयर धोतीनटोपी भयो त्यै धोती बेचेर म यहाँ आयको । अनी तेरो नि मेरो पनि ईलाम ब्यापार गर्न गयको मेरो पनि घर जेथानै लीलाम भयो मसँग एउटा लगौटी थियो त्यही बेचेर चिलम ठोकेमपनी ।।।।।

युबा गाएक गणेश खनाल ।।।

Tuesday, August 18th, 2009

Scanned at 03-05-2009 15-19पेसाले गणेश खनाल पर्यटक पथपर्द्रशक हुन |एक दशक लामो समयदेखी पर्यटन क्षेत्र मा साक्रीय उनी आधादशकयता भने संगितको क्षेत्रमा समेत  सक्रीयता साथ लागि परेका छन |
धदिङ जिल्ला सांङकोष -३ निवासी गणेश खनालको जन्म २०३५ कार्तिक ७ गते मात होमकुमारी खनाल र पिता राम प्रसाद खनालको माहिला छोराका रुपमा भएको हो | नीलकण्ठ मा.वी बाट एस.एल.सी सम्मको अध्यान पुरा गरी उच्च शिक्षा को लागि काठमाडौं प्रबेश गरेका खनाल एक प्रतिभा साली ब्यक्तित्वको रुपमा चिनिनु हुन्छ | उहाँ संगको भेटमा हामीले केही कुरा राखेका थियौं |

खनाल जि तपाईंले पथप्रद्रशकशकको  रुपमा काम गरेको कती भयो र  कहाँ-कहाँ पुग्नु भयो ?
सुरुमा रहरले प्रबेश गरेपनी पछी पेशा बनेर नेपालको मुख्य तया सबै ठाउँहरुमा पुग्ने मौका दिने र जिबिकोपार्जनमा शाहायता प्रदान गर्ने ठमेलको नेचर ट्रेल ट्रेकीङ कम्पनी बाट २०५५ साला देखी सुरु भयो र हाल पनि त्यहीं कार्यरत छु |

अध्ययनको सिलसिलामा कठमान्डौं प्रबेश गरेर नेचर ट्रेल ट्रेक्किङ सम्मको यात्रा ?
दाजुपनी पर्यटन पथप्रदर्शककै काम गर्ने हुनाले कलेज छुट्टीका दिन संगै घुम्ने क्रममा केही कम्पनी र कम्पनिका डाईरेक्टरहारु संग परिचय भयो र सोंचें पढाईको लागि दाजुलाई पिर नपारौं | दाजु संग इच्छा ब्याक्त गरेर भाषा लगायत अन्ने बिषयमा अध्यान गरी सक्क्षम बनेपछी सुरु सुरुमा दाजु र अन्य साथीहरुको साथ लागेर यस क्षेत्रमा प्रबेश गरेको हुँ |
संगित प्रती झुकाब कसरी भयो र प्रेरणा कहांबाट पाउनुभयो ?
हुनत सानै उमेर देखी गीत,कथा र कबिता लेखनमा खुब चासो दिन्थें म सोचाइ थियो भबिस्यमा केही गर्छु | गाउंमा हुने बिहे,ब्रतबन्ध देखी जिल्लामा हुने कार्यक्रमहरुमा गाउदा पायका प्रशंशा र कदरहरुले पनि हौशला थपेको हो | त्यो भन्दापनी दाजु “बलराम “जो अहिले बिदेशमा हुनुहुन्छ |उहांनै मेरो प्रेरणाको श्रोत हुनुहुन्छ | काठमाण्डौं प्रबेशपछिपनी दाजुकै सल्लाहा र सहयोगमा  संगित सिक्ने अवसर पायँ  |

ट्रेकिङ र गायन संगै लांदा अप्ठयारो परेको छैन ?

मेरो निम्ती यि दुबै परीपुरक बनेका छन |किनकी ट्रेकिंङ जाने क्रममानै गीतका लय तथा भाका फुर्छ |अधिकांश गीतका भाका र शप्द
प्राकृतिक सोन्दर्यसंग रम्दै मस्तिस्कमा ति बन पाखा ,पहरा ,नदी ,नाला ,हिमाली ॠखला देखी अनेकन रिती रिवज पंरंपरा र पुर्खा देखी लुकेर रहेका अनी अनाकन्तार ठाउँहरुमा  घांस दाउरा गर्दा गुन्जने भाका र शब्दहरु लाई टपक्क टिपेर ल्याउने गर्छु म |

पहिलो एल्बम ?
पांच बर्ष अघी “जवानीको जोश” नामक गिती संग्रह द बेस्ट टोन म्युजिक कम्पनी मार्फत आएको हो  |
त्यसपछी ?
त्यसपछी केही  बर्ष आफ्नै समस्याहरुमा अल्झियँ त्यसोत बिचको समयमा अरु कलाकारहरुको गीतहरुमा शप्दहरु  सीर्जना गर्ने काम गरें र अहिले केही महिना अघिमात्र त्रिपुरा सुन्दरी क्यासेट सेन्टर  मार्फत “रुन्न भन्छु रुन मन लाग्छ” नामक लोक तथा दोहोरी गीती संग्रह लिएर आयको छु |
आज भोली के मा ब्यस्त हुनुहुन्छ ? र अबको सोंच ?
पर्यटन ब्यवसाय त छदैछ अलाबा आउदो दशैंतिर एउटा एल्बम लियर श्रोता सामु आउने तर्खरमा छु |

कस्तो छ यो तपाईंको आगामी प्र्स्तुती ?
यो एउटा बियोगान्त कथामा आधारीत संग्रह हो जस्मा प्रेमा प्रसंगलाई मुख्य बिषय बस्तु बनायको छु र यसमा मलाई लोकप्रिय गाएक बिमल डांगिले  साथ दिनु भयको छ |

कत्तिको सन्तुस्ट हुनुहुन्छ र संगितको भविश्य कस्तो छ ?

भरपुर सन्तुस्टी छु |राम्रा स्रीजनाहरु गर्न सकियमा भबिस्य पनि राम्रो देख्छु |तर यसको निम्ती सम्पूर्ण संगित प्रेमी तथा लोक पारखीहरु जो हुनुहुन्छ उहांहरुको सुझाब र सल्लाहको सधैं अपेक्ष्या  गर्छु ।

अन्त्यमा संगित के हो ?
संगित सुख:दुखको साथी हो र जीबनको  अपरिहार्य बस्तु हो |

Email: khanalganesh2003@yahoo.com

khanalganesh2003@gmail.com