Archive for June, 2009

बधाई छ |

Friday, June 19th, 2009
—– Original Message —–
Sent: Saturday, May 30, 2009 10:48 AM
Subject: Congratulations!
Namaskar Sampadak Jiu,
Sarvapartham hamro gauravmaya jilla Syangja ko barema website sanchalan garnu vayekoma tapai sampurna jo-jati yo website ko sanchalan ma kriyasil hunu huncha sabailai mero bektigat taraf bata derai-derai badhai cha sathai nirantarta ra safalta ko lagi Suva-kamana….Derai khusi lageko cha ani chahanchu tapai haru ko yo kosis jiwanta rahos media ko duniyamarfat WWW.HamroSyangja.com lai Nepalma matra navai sansar var chariyera raheka sabai Nepali lagayat antarastriya chetrama samet chuttai pahichan banaunu ko sathai lokpriyeta ko sikhar chaddai jawos vanne suvekchaya prakat gardachu.
Mero sano parichaya yesprakar cha:
  • Name  : Rita Gurung
  • Adress: Fedikhola-8,Syangja/Basai: Pokhara, Kaski/ Hal: Hong Kong.
Hong Kong sthit Nepali organization: Syangja Welfare Commitee of Hong Kong sanga abadha raheki kura pni ma sagaurav janakari garaunu chahanchu. Swadeshi, bideshi pravashi sabailai Syangja jilla,Syangjali samudaya,yeha vairaheka gatibhidhiharu, naula-sunaula, naya-purana janakari haru prastut gardai yo website sucharu sanchanma rahos vanne mero pni chahana ho. Afano mato bata tada rahera pni tehi mato ko sugandha man vari bokiraheka thuprai Nepali-Syangjaliharulai samet sametdai agadi badnu pni uttikai awasyak thandachu. Hami sampurnako maya, sahayog ani sujhab tapai haru ko yatra ma sath rahane biswas ka sath … Thanks alot.
आदरनिय रिता गुरुङ ज्यु
नमस्कार !!!!
तपाईं ले टाढा बाट पनि हामीलाई धेरै माया गरी पत्र पठाउनु भयको मा धन्यवाद छ | यो एउटा यस्तो ब्लग हो जसले नाफाको लागि नभयर सपूर्ण स्याङ्जाली दाजु भाई दिदिबैनी हरु हामी जहाँ भयपनी एौटै छाना मुनी भयको महसुश गराउनु हो | यदी तपाईं सैग पनि केही सुचना  अनी  समाचार छ भनी हामीलाई पठाउन सक्नु हुन्छ |

मेरो परिचय यसप्रकार छ .
के पी सुबेदी
घर वल्लिङ -५ हाल काठमाडौं सामाखुशी .
ब्यवसाय : पर्यटन
तपाईं को त्यहाँ  उत्तर उत्तर प्र्गती को कामना गर्दै फेरी पनि पत्र को आसा राखदै बिदा माग्न चाहन्छु|
तपाईंको शुभ चिन्तक,
के पि सुबेदी.

सागर सरी चोखो माया (नेपाली चलचित्र-सिल्सिला)

Thursday, June 18th, 2009

सागर सरी चोखो माया (नेपाली चलचित्र-सिल्सिला) (सुन्न यहाँ क्लिक गर्नुहोस्)

बिजुली

Sunday, June 14th, 2009

अचम्मै पो भयो आज खोइ त निभ्या वत्ति
मैन वत्ति नबलेर झउलाग्यो अति
सुनेको थेँ भरियो रे पानी टमाटम
अझै पनि झर्दै छ नि पानी झमझम ।

जोगाएर राख्यो अरे तराइको पानी
चाहिए पछि झिक्ने अरे त्यो पानिको खानी
अँध्यारोमै सिक्ने भयौँ क,ख,ग,हामीले
उल्लु जस्तै अध्यारोमा हेर्न सक्छौ हामीले  ।।

जलश्रोतको धनी राष्ट्र नेपालनै हो देश
सधै भरी बत्ति जाने यहि हो हाम्रो भेश
आँखा मात्रै अति झिम्काइस काठमाडैको वत्ति
भो भो पुग्यो बल्दै-नबल ए बिजुली वत्ति ।।।

गरिमा लुइटेल “सानी चरी”

सफल बिवाहित जीवनक लागि केहि सुत्रहरु:

Thursday, June 11th, 2009

 

एक अर्का संग खुलेर कुरा गर्नुहोस, कुरा लुकाउने बानिले एक अर्कामा अविश्वास पैदा गर्छ।

सानो सानो खुशिको अवसरलाई एक अर्का संग बाड्नुस ।

आफ्नो गल्ति स्विकार गर्न कहिले पनि पछाडि नहत्नुस ।

कुनै पनि कुरा बोल्नु अगाडि सोचेर मात्र बोल्नुहोस, बोलिसके पछि पछुताउनु नपरोस ।

कहिले काहि एक् अर्कालाई सानोतिनो उपहार दिने गर्नुहोस ।

एक अर्कालाई साथी सम्झनुहोस, यस बाट एक अर्काको दु:ख सु:ख सजिलै संग बुझ्न सकिन्छ।

आफ्नो झगडा आफैले मिलाउनुहोस, अरुलाई यसमा नपार्नुस ।

यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस, एक अर्काको इच्छा खुलेर भन्नुहोस ।

कुनैपनि ठुलो निर्णय गर्दा एक अर्काको सल्लाह लिने गर्नुहोस ।

एक अर्काको अन्य मानिसहरु संग तुलना नगर्नुहोस ।

एक अर्काको रुचिलाई समर्थन गर्नुहोस, सहयोग गर्नुहोस ।

समय समयमा घुम्ने गर्नुहोस ।

एक अर्काको साथिहरुलाई राम्रो व्यवहार गर्नुहोस ।

एक अर्काको आलोचना गर्नुपरे एकान्तमा बसेर गर्नुहोस ।

दैनिकी डट कम बाट

विवादबाट सुरु नयाँ सरकार

Friday, June 5th, 2009

ईन्टरनेटको सामाजिक संजाल फेसबुक हेदै थिएँ, त्यसै बेला मेरो आँखा मेरी एउटी साथीको स्टाटस मा पर्‍यो। जुन यस्तो थियो “अब बाट फेल भएनी केही फरक नपर्ने भो,फेल भएनी बोर्ड फर्स्ट भए जतिकै हुने भो” उनको ब्यङ्य थियो भर्खर प्र.म. भएका माधव कुमार नेपाल लाई। सुरु मा त मलाई त्यो रमाइलो लाग्यो तर केही बेर सोचेपछी भने मलाई लाग्यो उन्को त्यो ब्यङ्यमा नि असन्तुस्टी अनी गम्भिरता छ। त्यसैले मैले यसको बारेमा केही लेख्ने बिचार गरेँ त्यसैले उनलाई धन्यवाद।

गिरिजाबाबु ले कुनै समयमा प्रचन्ड सरकार लाई भन्नु भएको थियो “यो सरकार पाकेको आप जस्तो हो कुनै बेला नी झर्न सक्छ” अथवा ढल्न सक्छ। यो अर्कै पाटो होला कि यो आप पाकेर झर्यो वा नापक्दै झटारो हानेर झरियो तर जे होस् बुढेशकालको बोली भएर हो वा अरु करणले नै किन नहोस् सरकार ढल्यो।

एकपटक पछाडि फर्केर प्रचन्ड सरकार को कामहरुलाई हेरौ, केही राम्रा केही नराम्रा अनी धेरै बिबादस्पद निर्णयहरु हामी सामु आउछन। पसुपती प्रकरण देखी लिएर सरकार नै छोड्नु पर्ने अवस्था ल्याउने सेनापती प्रकरण ले सरकार लाई धेरै बिबाद मा तान्यो। हुन त सरकारले केही राम्रा काम नगरेको भने होइन जस्तै स्वरोजगार कार्यक्रम ले जनताको बिशेष गरी युबा पुस्ताको मन जितेको छ र सरकारलाई मनोबैज्ञानीक तबरले फाईदा नै भएको थियो । तर समग्रमा हेर्दा प्रचन्ड सरकारलाई सफल मान्न सकिदैन, कारण जे सुकै होस्। तर एउटा कुरा भने के हो भने प्रचन्ड सरकार असफल भए पनि ब्यक्तिगत रुपमा बाबुराम भने सफल भएको मन्न सकिन्छ। जसको प्रमुख कारण अनुमान भन्दा बढी राजस्व संकलन नै हो। साथै उनले देखाएको इमान्दारिताले पनि उनलाई जनताको नजरमा सम्मानित बनाएको छ।

प्रचन्ड सरकारको अन्त्य पछी अहिले नेपाली कंग्रेस को रहस्यमय “त्याग” अनी फोरमको सत्ता लोलुपताको पारीणाम स्वरुप माधव नेपाल प्र.म. हुने अबसर पाएका छन्। धेरै पटकको चर्चा पछी अहिले उनी गिरिजबाबुको आसीर्बाद्ले नै भए पनि आफ्नो इच्छा पुरा गर्न सफल भएका छन। दुई ठाउँ बाट चुनाव हारेका उनको प्र.म. हुने चर्चा संगै बिबादित पनि बन्न पुगे। सबैभन्दा बढी आलोचना भयो माओवादीबाट अनी प्रचन्ड बाट भयो । प्रचन्ड ले त झन् नेपाल लाई बिष ब्रिछ भन्न पनि पछी परेनन्। हुन त माओबादिले माधव नेपाल लाई हरुवा भनेर आलोचना गर्नु भन्दा अगाडि राम राजा लाई राष्ट्रपतिमा उठाएको नबिर्सनु पर्ने हो। जो जितुवा त पक्कै थिएनन्।

तर जे होस् सत्यता अनी नैतीकता को कुरा गर्ने नै हो भने त पक्कै पनि माधव नेपालले यो बेलामा प्र.म. पद स्विकार गरेर राम्रो भने गरेका होइनन्। चुनाव हारेपछि उनले देखाएको नैतीकताको जनताले जसरी सलाम गरेक थिए अहिले त्यही हातहरु उनको बिरुद्दमा औंला उठाउदै छन्। उनले एउटा कुरा भने सबैलाई बताइदिएका छन्। त्यो के भने नेताहरु भनेको पदको लागि आफ्ना जस्तो सुकै बाचाहरु पनि भुल्न तयार हुँदारैछन।

तर जे होस् माधव नेपाल अहिलेको कठिन् समयमा प्र.म. बनेका छन, उनले देशलाई शान्ति अनी बिकासको बाटोमा लैजान सकुन्, समयएमै संबिधान लेख्ने कार्य गर्न सकून्, साथै गणतन्त्र लाई सस्थागत गर्न योग्दान पुर्याउन सकुन् उनलाई हाम्रो शुभकामना।

जय देश !!!!!!

सुमित सुबेदी

subedi_sumit@yahoo.com