Archive for June, 2009

जब भोक लागेपछी

Sunday, June 28th, 2009

img_1560यो एउटा भैंसीलाई हेर्नुश त अब घाँस खान नपायर कागज खान पो थालेछ | तपाईंलाई पनि अचम्म लाग्न सक्छ तर यो सत्यहो | यो पोखरको लेक साइडमा रारा चाउचाउको प्यक सडकको पेटिमा फालियको फोहोर बाट निकाली लक्की भन्दै चपाइरहेछ | हुनपनी जलबायु
परिवर्तन को कारण ले गर्दाखेरी पानी पर्न बर्षै  पिच्छे ढिलाहुदै गयको छ त्यसैले होला घाँस खान नपायपछी कागज खायर भयपनी खडेरिमा बाँच्न त परोनी हैनर ।  ।

मेरो सिरुबारी गाउंको यात्रा

Monday, June 22nd, 2009

sirubari-village-green

म एउटा पर्यटन ब्यबसाइको नाताले म त्यस ठाँउमा घुम्न जानु आँफैमा महत्यो राख्छ भन्ने मैले ठानेर आज भन्दा ठीक एक बर्ष अगाडि म घुम्नको लागि स्याङ्जाको सिरुबरी गाँउ जाने बिचार गरें|यो अफ्नै जिल्ला अबस्थीत भयरपनी मलाई घुम्ने मौका मिलेको थियन। मैले दुई वटा काम एकै साथ गर्ने बिचर गरें , गाउमा गई एक दुइदिन बसी कठमान्डौको प्रदुशण बाट मुक्त पाउन र संसार भरका मनिस हरु इको टुरिजममा रमाएको ठाउमा म पनि रम्ने बिचार गरें | म काठमान्डौ बाट वालीङ् जाने माइक्रो बस चढि वालिङ तर्फ प्र्स्थान गरें | गाँउघरको दुई दिनको बसाइ पछी म मेरो गन्तब्य तर्फ लागें | घरबाट म बिहान् सबेरै उठेर हिंडें |म स्याङ्जा बजार साँढे ३ बजे तिर पुगें आइ पुगेको थिएं,तर सिरुबारी को बस त छुटि सकेछ।बस दिन को एउटा मात्र तैपनी ठीक ३ बजे छुट्दो रहेछ| अरु एक दिन पर्खनु भन्दा म एउटा माल समान बोक्ने जिपमा भएपनी जाने बिचार गरें , दिउशको चार बजेतिर म र अरु गांउले जिपबाट यात्रा सुरु गरौं |हामी दुई किलोमिटर मात्र के गूडेका थियौ जिप त्यो ठाडो उकालोमा ओभर लोडको कारण जिप पछी हटन थाल्यो , हामी सबै जिप बाट ओरलियौ ,अनी डाईबर दाइले भन्नु भयो आज हामी यहिनै बास बस्नु पर्छ किनकी जिपको पत्त भांचिएकोछ | अब काहाँ बस्ने मेरो त मुटुले ठाउँ छोडिसकेको थियो यहाँ वरीपरी नत घरअनै छ नत होटेल नै छ, अब के गर्ने रातपरी सकेको थियो|स्यङ्जा बजार सम्म जाँउ भने त्यो अन्कन्टर बनजङ्गलको बिचमा अब के गर्ने मत यतान उता भयर जिपमै बस्ने बिचार गरें | एकछिन पछी सिरुबरी गाँउ नजिकको एक ब्यापारी पनि त्यही जिपमा अलपत्र परेका रहेछन उनी राती राती भयपनी हिंडेर जानी बिचार गरेका रहेछन म पनि उनी सगै पछी लागेर जानी बिचार गरें | ;;;;;; म उनिहरु को पछी लागेर हिंड्न सुरु गरें | उनी हरुत सधैं हिंडेको बाटो भयर होल लामो लामो पैला चाली हिंड्न पो थाले म त उकालो बाटो त्यती छिटो हिंड्न सकिन तैपनी म स्यँस्यँ र फ्यँफ्यँ गरी दौडिएं तर पनि मत निकै ढिलो भाईसकेको रैछु मैले त भेटाउन पनि नसक्ने कती छिटो हिंडेका ,हुनन उनी हरुको गाँउको सधैं हिडिरहने भयर होला अध्यारो बाटो पनि नअलमलिइकन सरासर हिडिरहेका थिय तेतिकै मा माथि तिरबाट सल्याङ बल्याङ गरेको आवाज आयो ,तिनिहरु त त्यो दाइको गांुले हरु लिनपो अएका रहेछन। त्यो मसैग हिंड्ने गांुले दाइत त्यो गांउ को मकै धान कुत्ने र् पिस्ने मिलको धनी पो रहेछन| तिनी हरुले भन्न थाले तपाईंहरु घरअतिर जानुश म र अरु साथीहरु मिलको समान लिन सम्म जान्छौ जिप त बनेर तल सम्म आइपुगेकोछ | साचिकै जिप त बनाएर पनि माथि अैसकेको रहेछ मलाई बल्ल थाहा भयो हामी त अहिले सम्मा ३ -४ घण्टा एउटै डाडो अग्लो डाडो हिडिरहेका पो रहेछौ | त्यसपछी म र गाँउले बनको बाटो अगाडि बढदै गयौ| अनी गाँउले दाइले मलाई सोध्न थाले तपाईं कती कामले आउनु भयको कुन्नी अनी कहाँ जानहीडनु भयको , अनी मैले उनलाई पनि मेरो उदेस्यको बारेमा बेली बिस्तार लगायँ अनी उनले पनि मलाई परिचय दिदै भन्न थाले म त देश बिदेश घुमेको मान्छे ,अरब कतार , अनी बम्बै इत्यादी इत्यादी | हामी कच्ची बाटो मा घना जंगलको बाटो अगाडि बढदै थियौ जंगलमा जनवर दगुरेको जस्तै आवाज अयो ,उनी भन्न थाले यक छीन भाई मेरो मुटु त ढुक ढुकी बढन थाल्यो ,अनी उनले भन्न् थाले यहाँँ त पुर्खाक पाला देखी बाटनै भुतले डराउन दिन्छ अनी रात परोकी यताउती दगुर्न थाल्छ ,यदी यसको मान्छे रतमा हिंडेम्को चालपायोभने माथिबाट ढुङ्गा लडाईं दिन्छ ,तपाइनदरौनुहोस हामीसैङग अहिले आगो साथमा छ त्यसैले उ डरायर आफ्नो बाटो लाग्छ | मलाई मनमा खुल्दुली मच्चियो उसको बाटो भनेको कता होला यदी उसको बाटो पनि हाम्रो बाटो मेला खायो भने के गर्ने , यती कैमा उनले कुरा बादलिय अब हामी यो बनको बाटो सकेर गौतिर अगाडि बढदै छौ , मैले यती बेला बल्ल राहतको शास फेरे अनी मैले शाहअसका साथ उनलाई सोधें हैन दाई त्यहं किन डराउन दियको नि उनले भने यहाँं धेरै पहिले धेरै मान्छेले अकालमा ज्यान गुमायका रहेछन त्यसैले यहाँं डराउन दिन्छ के भाई |

त्यसपछी हामी सजिलो बाटो बत्तिको उज्यालो तर्फ अगाडि बढीरहौ । हामी दुई घण्टाको लामो यात्राा पछी मिल शाहु जिको घरमा पुग्यौ त्यह बाबुअमा छोरालाई कतिबेला औलाभनी कुरेर बसिरहेका रहेछन यतिबेला बिहानको ठीक एक बजेको थियो। शाहउजिको श्रीमती उठेर हामीलाई लोटामा पानी टक्क्रउदै भन्छामा आउनुस मपनी अप्ठरोमानिमानी भात खान गएं । खाना खैसकेपछी म सुत्न बिस्तारा तिर लागें । अनी बिहान उठेर मुख धोयर म फेरी आफ्नो गन्तब्य तिर हिंड्न सुरु गरें क्रमस <<<<

बन्धैबन्धको हाम्रो देश नेपाल !!!!

Sunday, June 21st, 2009

एउटा अचम्म लाग्दो कुरा तपाईंलाई थाह छकी छैन होला अब नेपाल मा नेपाल खुल्ने दिन भन्दा बन्ध हुने दिन बढी हुन सक्ने सम्भावना   बढै गयको छ। नेपाल शान्ती क्षेत्रको देश अबत आशान्तिको देश भन्दापनी फरक नपर्लाकी कसो। पक्कै पनि हाम्रा देशका नेता लाई देशको भन्दा कुर्शी को बढी मोह भयरत होलनी यस्तो भयको | तपाईं लाई थायै छ होला अहिले त नेपालमा कहिले कहिले बन्ध छ भनेर हेर्न मिल्ने वेबसाइट  पनि बनी सके छ नपत्यय हेर्नुसनत www.nepalbandh.com तपांले  यो वेबसाईटमा कहिले र कहाँँ बन्ध छ थाहापाउन सक्नुहुनेछ |तपाइ पनि हेर्नुस हैत |

गजल

Sunday, June 21st, 2009

गाजलु ति आँखा भित्र, मधुर माया देखे सानु ।
त्यही आँखा को ईशाराले, एउटा गजल लेखे सानु ।।

झिमझिम गर्ने परेलिमा, फिरफिर माया देखे मैले
एकैछीन झिम्झिम गर्न,परेलीलाई छेके सानु ।।
त्यही आँखा को ईशाराले, एउटा गजल लेखे सानु ।।

आँखामा राख्दा पनि, नबीझाउने मलाई भन्थौ
नशालु ती आँखाभित्र, आज मैले टेके सानु ।।
त्यही आँखा को ईशाराले, एउटा गजल लेखे सानु ।।

आँखाभित्र पसेपछी, नानी भित्र हराए म
मेरो माया बाहेक अरु, निकालेर फेके सानु ।।
त्यही आँखा को ईशाराले, एउटा गजल लेखे सानु ।।

गाजलु ति आँखा भित्र मधुर माया देखे सानु ।
त्यही आँखा को ईशाराले एउटा गजल लेखे सानु ।।

रमेश “विकल” सुबेदी (जिज्ञासु कान्छा)
वालिङ -४, स्याङ्जा   हाल: काठमाडौं

लौ फस्यो !!!

Saturday, June 20th, 2009
ठमेलको सडकमै खाडल     तस्बिर: सुमित सुबेदी / हाम्रो स्याङ्जा डट कम (७ असार)

ठमेलको सडकमै खाडल तस्बिर: सुमित सुबेदी / हाम्रो स्याङ्जा डट कम (७ असार)

ठमेल चाक्शिबारीमा सडकमा परेको खाडलमा फसेको मिनी ट्रक निकाल्ने प्रयास गरिदै । करीब ३० मि. को प्रयास पछी सो निकालिएको थियो। खाडल परेको धेरै दिन भईसक्दा पनि सम्बन्धित निकायको ध्यान नजादा दुर्घटनाको जोखिम बढेको छ।