सुपारी चाम्रो नेपाली लोकगीत(सुन्न को लागि यहाँ क्लिक गर्नुहोस्)
Archive for May, 2009
सुपारी चाम्रो नेपाली लोकगीत
Saturday, May 23rd, 2009मोबाइलले मानव स्वास्थ्यमा पार्ने असरको अध्ययन हुने
Saturday, May 23rd, 2009नेपाल दूर सन्चार प्राधिकरणले मोबाइल टेलिफोनले मानिसको स्वास्थमा पार्ने असरको बारेमा अनुसन्धान गर्ने भएको छ। ´अरु देशमा मोबाइलले जनस्वास्थ्यमा पारेको असर बारे अध्ययन भैरहेकोले हामीकहाँ पनि त्यसको बारेमा अनुसन्धान अघि बढाउने निर्णय भएको छ´ – प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने। मोबाइल टेलिफोनमा बिद्युत-चुम्बकीय विकिरण ले मानिसको दिमागमा असर पार्ने प्रतिवेदन केही वर्षअघि बेलायतमा सार्वजनिक गरिएको थियो। काठमाडौंमा अग्ला घरैपिच्छे अव्यबस्थित रुपबाट मोबाइलका टावरहरु राखिन थालेको छ। यस्ता टावरहरुले समेत जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने संभावना रहेका कारण नेपालमा पार्ने असरको बारेमा अनुसन्धान गर्न प्राधिकरणले प्रस्ताव आव्हान गरेको छ। प्राधिकरणले स्वतन्त्र परामर्शदाता मार्फत मोबाइल टेलिफोनले जनस्वास्थ्यमा पार्ने असरको बारेमा अनुसन्धान गर्ने निर्णय गरेको समेत न्यौपानेले जानकारी दिए। प्राधिकरणको तथ्यांक अनुसार नेपालमा मोबाइल टेलिफोनका ग्राहक ४३ लाख पुगेका छन्। बढ्दो ग्राहकसँगै मोबाइल टेलिफोनले यसका प्रयोगकर्तालाई पार्ने असरको बारेमा बास्तबिक जानकारी दिन अनुसन्धान गर्न लागिएको हो। बेलायतमा गरिएको अध्ययनले मोबाइल फोन बढी प्रयोग गर्नेको स्मरण शक्ति घट्ने टाउको दुख्ने क्यान्सर समेत हुनसक्ने पत्ता लागेको छ। सर्टकोअगाडि खल्तीमा मोबाइल राख्दा मुटुमा असर पार्ने समेत अनुसन्धानको क्रममा पत्ता लागेको थियो। बिशेषगरी मुटुमा पेसमेकर राखेका व्यक्तिले अगाडी खल्तीमा मोबाइल फोन राख्न नहुने सुझाव विज्ञको छ।
दैनिकी डट कम बाट
गजल
Saturday, May 23rd, 2009मस्की – मस्की हिड्दा कम्मर, छिने जस्तै लाग्यो मोरी।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।
गाजलु त्यो आँखा अनी, लजाउने बानी देख्दा
हिजो हामीले सँगै सामान, किने जस्तै लाग्यो मोरी ।।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।
दिउसोको चर्को घाममा, शनिबार घुम्न जादा
तिर्खा लाग्यो भन्दा पानी, दिने जस्तै लाग्यो मोरी ।।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।
चौतारीमा बस्दा रुमाल, साटिएछ भन्दा मैले
लजाउदै आफ्नो रुमाल ,लिने जस्तै लाग्यो मोरी ।।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।
मस्की – मस्की हिड्दा कम्मर, छिने जस्तै लाग्यो मोरी।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।
सुमित सुबेदी
subedi_sumit@yahoo.com
मानिस कस्तो हुन्छ
Friday, May 22nd, 2009
आदेश दियो टाउकोमा टेक्छ
आदर गर्यो चाकडी सम्झन्छ उपकर गर्न खोज्यो वास्ता गर्दैन विश्वाश गर्यो धोका दिन्छ आफ्नो सोच्यो पराइ सम्झन्छ दु:खको समयमा सुख खोज्छ सुखको समयमा इस्र्यलु हुन्छसल्लाह दियो आपमन ठान्छ
– सुधा पाठक (निभा)
मेरो सिरुबारी गाउंको यात्रा
Thursday, May 21st, 2009मेरो सिरुबारी गाउंको यात्रा
म एउटा पर्यटन ब्यबसाइको नाताले म त्यस ठाँउमा घुम्न जानु आँफैमा महत्यो राख्छ भन्ने मैले ठानेर आज भन्दा ठीक एक बर्ष अगाडि म घुम्नको लागि स्याङ्जाको सिरुबरी गाँउ जाने बिचार गरें|यो अफ्नै जिल्ला अबस्थीत भयरपनी मलाई घुम्ने मौका मिलेको थियन। मैले दुई वटा काम एकै साथ गर्ने बिचर गरें , गाउमा गई एक दुइदिन बसी कठमान्डौको प्रदुशण बाट मुक्त पाउन र संसार भरका मनिस हरु इको टुरिजममा रमाएको ठाउमा म पनि रम्ने बिचार गरें | म काठमान्डौ बाट वालीङ् जाने माइक्रो बस चढि वालिङ तर्फ प्र्स्थान गरें | गाँउघरको दुई दिनको बसाइ पछी म मेरो गन्तब्य तर्फ लागें | घरबाट म बिहान् सबेरै उठेर हिंडें |म स्याङ्जा बजार साँढे ३ बजे तिर पुगें आइ पुगेको थिएं,तर सिरुबारी को बस त छुटि सकेछ।बस दिन को एउटा मात्र तैपनी ठीक ३ बजे छुट्दो रहेछ| अरु एक दिन पर्खनु भन्दा म एउटा माल समान बोक्ने जिपमा भएपनी जाने बिचार गरें , दिउशको चार बजेतिर म र अरु गांउले जिपबाट यात्रा सुरु गरौं |हामी दुई किलोमिटर मात्र के गूडेका थियौ जिप त्यो ठाडो उकालोमा ओभर लोडको कारण जिप पछी हटन थाल्यो , हामी सबै जिप बाट ओरलियौ ,अनी डाईबर दाइले भन्नु भयो आज हामी यहिनै बास बस्नु पर्छ किनकी जिपको पत्त भांचिएकोछ | अब काहाँ बस्ने मेरो त मुटुले ठाउँ छोडिसकेको थियो यहाँ वरीपरी नत घरअनै छ नत होटेल नै छ, अब के गर्ने रातपरी सकेको थियो|स्यङ्जा बजार सम्म जाँउ भने त्यो अन्कन्टर बनजङ्गलको बिचमा अब के गर्ने मत यतान उता भयर जिपमै बस्ने बिचार गरें | एकछिन पछी सिरुबरी गाँउ नजिकको एक ब्यापारी पनि त्यही जिपमा अलपत्र परेका रहेछन उनी राती राती भयपनी हिंडेर जानी बिचार गरेका रहेछन म पनि उनी सगै पछी लागेर जानी बिचार गरें |क्रमश >>>>>>