Archive for May, 2009

गजल

Sunday, May 31st, 2009

आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। 

मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी
ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।  

हिंड्ने गर्छौ हामी दुई, सिम-सिम पानी परेपनी
हात समाइ भिज्दै नदी, तर्दा खेरी मजै बेग्लै। 
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। 

जतासुकै गएपनी, हामी साथै हुने गर्छौ
जिस्की-जिस्की संगै पानी, भर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। 

घन्टौ सम्म डुब्छौ हामी, मायाको यो सागरमा
थाहै नपाई आफ्नो काम, टर्दा खेरी मजै बेग्लै।   
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। 

सुमित सुबेदी
वालिङ- ४, स्याङ्जा  हाल: काठमाडौं
subedi_sumit@yahoo.com

गर्भपतन गराउने धेरै जसो २५ वर्ष मुनिका

Saturday, May 30th, 2009

गर्भपतन गराउने धेरै जसो २५ वर्ष मुनिका हुने गरेका छन् । गर्भपतन गराउने ३५ प्रतिशत महिला २५ वर्षभन्दा कम उमेरका रहेको एक सर्वेक्षणले देखाएको छ । नयाँ पत्रिकाको समाचार अनुसार सर्वेक्षण अनुसार २० वर्षभन्दा पनि कम उमेरका २३ प्रतिशत युवतीले गर्भपतन गराउँछन् । क़
सुनौलो परिवार नेपालले सात जिल्लामा हालै गरेको सर्वेक्षणमा त्यस्तो देखिएको हो । गर्भपतन सेवा लिनेमध्ये कति प्रतिशत महिला अविवाहित हुन् भन्नेबारे अनुसन्धान मौन छ। कति प्रतिशत अविवाहित महिलाले गर्भपतन सेवा लिन्छन् र कति प्रतिशतलाई सेवा आवश्यक छ भन्ने यकनि गर्न कठिन भएको प्रतिवेदन भन्छ ।
सो संस्थाले चितवन, मकवानपुर, नवगलरासी झापा, ललितपुर र बााकेमा गर्भपतनबारे सर्वेक्षण गरेको सुनौलो परिवार नेपालको सहायक निर्देशक प्रवीण शाक्यले बताए । सात जिल्लाको सहायक निर्देशक प्रवीण शाक्यले बताए ।

आवश्यकता

Saturday, May 30th, 2009

यस हाम्रो स्याङ्जा डट कम को लागि भोलुन्टिएर को आवश्यकता परेको हुँदा इछुक ब्यक्तिलाई संपर्कको लागि आग्रह गरिन्छ ।
योग्यता : कम्तिमा  एस एल सि पास वा माथि ,कम्प्युटर चलाऊन सक्ने
गर्नु पर्ने काम: स्याङ्जा जिल्ला बाट समाचार तथा बिभिन्न लेख रचनाहरु संकलन गर्ने।
संपर्क :contact@hamrosyangja.com
     9841902109  (सुमित सुबेदी)
पुनस्च :तत्काल कुनै किसिमको आर्थिक सुबिधा हुनेछैन ।

मेरो सिरुबारी गाउंको यात्रा

Monday, May 25th, 2009

sirubari_village

म एउटा पर्यटन ब्यबसाइको नाताले म त्यस ठाँउमा घुम्न जानु आँफैमा महत्यो राख्छ भन्ने मैले ठानेर आज भन्दा ठीक एक बर्ष अगाडि म घुम्नको लागि स्याङ्जाको सिरुबरी गाँउ जाने बिचार गरें|यो अफ्नै जिल्ला अबस्थीत भयरपनी मलाई घुम्ने मौका मिलेको थियन। मैले दुई वटा काम एकै साथ गर्ने बिचर गरें , गाउमा गई एक दुइदिन बसी कठमान्डौको प्रदुशण बाट मुक्त पाउन र संसार भरका मनिस हरु इको टुरिजममा रमाएको ठाउमा म पनि रम्ने बिचार गरें | म काठमान्डौ बाट वालीङ् जाने माइक्रो बस चढि वालिङ तर्फ प्र्स्थान गरें | गाँउघरको दुई दिनको बसाइ पछी म मेरो गन्तब्य तर्फ लागें | घरबाट म बिहान् सबेरै उठेर हिंडें |म स्याङ्जा बजार साँढे ३ बजे तिर पुगें आइ पुगेको थिएं,तर सिरुबारी को बस त छुटि सकेछ।बस दिन को एउटा मात्र तैपनी ठीक ३ बजे छुट्दो रहेछ| अरु एक दिन पर्खनु भन्दा म एउटा माल समान बोक्ने जिपमा भएपनी जाने बिचार गरें , दिउशको चार बजेतिर म र अरु गांउले जिपबाट यात्रा सुरु गरौं |हामी दुई किलोमिटर मात्र के गूडेका थियौ जिप त्यो ठाडो उकालोमा ओभर लोडको कारण जिप पछी हटन थाल्यो , हामी सबै जिप बाट ओरलियौ ,अनी डाईबर दाइले भन्नु भयो आज हामी यहिनै बास बस्नु पर्छ किनकी जिपको पत्त भांचिएकोछ | अब काहाँ बस्ने मेरो त मुटुले ठाउँ छोडिसकेको थियो यहाँ वरीपरी नत घरअनै छ नत होटेल नै छ, अब के गर्ने रातपरी सकेको थियो|स्यङ्जा बजार सम्म जाँउ भने त्यो अन्कन्टर बनजङ्गलको बिचमा अब के गर्ने मत यतान उता भयर जिपमै बस्ने बिचार गरें | एकछिन पछी सिरुबरी गाँउ नजिकको एक ब्यापारी पनि त्यही जिपमा अलपत्र परेका रहेछन उनी राती राती भयपनी हिंडेर जानी बिचार गरेका रहेछन म पनि उनी सगै पछी लागेर जानी बिचार गरें | ;;;;;; म उनिहरु को पछी लागेर हिंड्न सुरु गरें | उनी हरुत सधैं हिंडेको बाटो भयर होल लामो लामो पैला चाली हिंड्न पो थाले म त उकालो बाटो त्यती छिटो हिंड्न सकिन तैपनी म स्यँस्यँ र फ्यँफ्यँ गरी दौडिएं तर पनि मत निकै ढिलो भाईसकेको रैछु मैले त भेटाउन पनि नसक्ने कती छिटो हिंडेका ,हुनन उनी हरुको गाँउको सधैं हिडिरहने भयर होला अध्यारो बाटो पनि नअलमलिइकन सरासर हिडिरहेका थिय तेतिकै मा माथि तिरबाट सल्याङ बल्याङ गरेको आवाज आयो ,तिनिहरु त त्यो दाइको गांुले हरु लिनपो अएका रहेछन। त्यो मसैग हिंड्ने गांुले दाइत त्यो गांउ को मकै धान कुत्ने र् पिस्ने मिलको धनी पो रहेछन| तिनी हरुले भन्न थाले तपाईंहरु घरअतिर जानुश म र अरु साथीहरु मिलको समान लिन सम्म जान्छौ जिप त बनेर तल सम्म आइपुगेकोछ | साचिकै जिप त बनाएर पनि माथि अैसकेको रहेछ मलाई बल्ल थाहा भयो हामी त अहिले सम्मा ३ -४ घण्टा एउटै डाडो अग्लो डाडो हिडिरहेका पो रहेछौ | त्यसपछी म र गाँउले बनको बाटो अगाडि बढदै गयौ| अनी गाँउले दाइले मलाई सोध्न थाले तपाईं कती कामले आउनु भयको कुन्नी अनी कहाँ जानहीडनु भयको , अनी मैले उनलाई पनि मेरो उदेस्यको बारेमा बेली बिस्तार लगायँ अनी उनले पनि मलाई परिचय दिदै भन्न थाले म त देश बिदेश घुमेको मान्छे ,अरब कतार , अनी बम्बै इत्यादी इत्यादी | हामी कच्ची बाटो मा घना जंगलको बाटो अगाडि बढदै थियौ जंगलमा जनवर दगुरेको जस्तै आवाज अयो ,उनी भन्न थाले यक छीन भाई <<<<<<<<<<क्रमस

दोस्रो आईपिएल क्रिकेटमा डेक्कन चार्जर्स ६ रनले बिजयी

Monday, May 25th, 2009

देक्कन चार्जरसका खेलाडिहरु ट्रफी संगै आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आईतवार भएको फाईनलमा डेक्कन चार्जर्सले रोयाल च्यालेन्जरलाई ६ रनले पराजित गरेको छ। गत बर्ष अन्तिम स्थानमा रहेको डेक्कन चार्जर्स गिलक्रिष्ट तथा आरपि सिंहको शानदार खेलले गर्दा यस बर्षको बिजेता बनेको छ।

टस् जितेर पहिला फिल्डिङ्ग गरेको रोयाल च्यालेन्जरले डेक्कन चार्जर्सलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४३ रनमा रोकेको थियो डेक्कन चार्जर्सको तर्फबाट ४ छक्का र ९ चौका प्रहार भएको थियो। १ सय ४४ रनको लक्ष्य पछ्याएको रोयाल च्यालेन्जरले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। रोयाल च्यालेन्जरको तर्फबाट ५ छक्का र १० चौका प्रहार भएको थियो।

टस् जितेर पहिला फिल्डिङ्ग गरेको रोयाल च्यालेन्जरका कप्तान अनिल कुम्बलेले डेक्कन चार्जर्सका कप्तान गिलक्रिष्टलाई पहिलो ओभरमा ० रनमा बोल्ड गरेको थियो। चौथो ओभरमा सुमन १० रनमा विनय कुमारको बलमा पाण्डे द्वारा क्याच आउट भएको थियो। त्यसको लगतै द्रविदले साईमण्डसको ५ रनमा क्याच छोडेको थियो। सो जिवनदान पाएका साईमण्डसले गिव्ससंग मिलेर ४० रनको साझेदारि गरेका थिए। साईमण्डस रोयाल च्यालेन्जरका कप्तान अनिल कुम्बलेको बलमा ३३ रन बनाई बोल्ड भएको थियो।

३ विकेट गरमाएको डेक्कन चार्जर्सले त्यस पछि बिस्तारै खेलेको थियो। गिव्स र रोहित शर्माले डेक्कन चार्जर्सलाई सम्हालेर अगाडी बढाएका थिए। प्रविन कुमारले फालेको १५ औ ओभरमा यी दुईले ओभरमा २० रन बनाएका थिए। त्यस पछि १७ औं ओभरमा फेरि अनिल कुम्बलेले रोहित शर्मा तथा बेनु गोपाल रावलाई लाई क्याच आउट गराएका थिए। कप्तान कुम्बलेको अगाडि डेक्कन चार्जर्सका व्याट्सम्यानहरु निरहि देखिए।

डेक्कन चार्जर्सका गिव्सले अन्त सम्म सम्हालेर खेलेका थिए। उनले ४८ बलमा २ छक्का र ३ चौकाको मद्यतले ५३ रन बनाएका थिए। रोयाल च्यालेन्जरको तर्फबाट कप्तान अनिल कुम्बलेले ४ ओभरमा १६ रन दिएर ४ विकेट लिएका थिए। विनय कुमारलेपनि ४ ओभरमा २ विकेट लिएर कुम्बलेलाई साथ दिएको थियो। कप्तान अनिल कुम्बलेको खतरनाक बलिङ्गले गर्दा डेक्कन चार्जर्सले १ सय ४३ रन मात्र बनाउन सकेको थियो।

१ सय ४४ रनको लक्ष्य पछ्याएको रोयाल च्यालेन्जरले आफ्नो पारिको शुरुवात बिस्तारै गरेको थियो। आरपि सिंहले कालिसलाई प्लेड अन गराएर रोयाल च्यालेन्जरलाई २० रनमा पहिलो झट्का दिएको छ। कालिसले १७ बलमा १६ रन बनाएका थिए।

त्यस पछि पहिलो छ ओभरको फाइदा उठाउन भ्यान डे मर्वेले आक्रमक खेल खेलेका थिए। उनले पाचौ ओभरमा ह्यारिसलाई २ छक्का प्रहार गरेका थिए। खेलको सातौं ओभरमा अघिल्ला दुई खेलका नायक मनिष पाण्डेलाई ओझाले गिलक्रिष्ट द्वारा क्याच आउट गराएका थिए।

भ्यान डे मर्वेल आठौं ओभरमा साईमण्डसलाई फेरि छक्का पैहार गरेका थिए। नवौं ओभरमा भ्यान डे मर्वेलाई ओझाले गिलक्रिष्ट द्वारा स्टम्प आउट गराएका थिए। त्यस पछि द्रविद र टेलरले रोयाल च्यालेन्जरको पारि सम्हालेको थियो।

बाह्रौं ओभरमा द्रविदलाई हरमित सिंहले बोल्ड बनाएका थिए। तर रोस टेलरको आक्रमक व्याटिङ्गले रोयाल च्यालेन्जर बिस्तारै बिजय तर्फ अग्रसर भएको थियो। तर फेरि साईमण्डसले पन्ध्रौ ओभरमा टेलरलाई बेनु गोपाल रावको हातमा क्याच आउट तथा बिराट कोहलीलाई गिलक्रिष्ट द्वारा स्टम्प आउट गराई डेक्कन चार्जर्सलाई खेलमा फर्काएका थिए।

१६ औं ओभरमा हरमित सिंहले मार्क ब्रोचरलाई गिव्सको हातमा क्याच आउट गराई डेक्कन चार्जर्सलाई बिजय तर्फ लगेको थियो। हरेक ओभर पछि खेलमा नाटकिय परिवर्तन भएको थियो, कहिले डेक्कन चार्जर्स त कहिले रोयाल च्यालेन्जर बिजय तर्फ लागेको देखिन्थ्यो। सत्रौं ओभरमा प्रविन कुमारलाई ओझाले आरपी सिंहको हातमा क्याच आउट गराएका थिए।

खेलको दुई ओभर बाकी रहदा रोयाल च्यालेन्जरलाई २ विकेटमा २७ रन बनाउनु थियो। ह्यारिसले फालेको १९ औं ओभरमा रोयाल च्यालेन्जरले १२ रन बनाएतापनि हरमीत सिंहले शानदार क्याच लिई विनय कुमारलाई आउट गरका थिए।

आरपि सिंहको अन्तिम ओभरमा रोयाल च्यालेन्जरलाई जितको लागी १५ रन चाहेकोमा रोयाल च्यालेन्जरले ८ रन मात्र बनाउन सक्यो।

 

दैनिकी डट कम बाट