Archive for the ‘अन्तर्वाता’ Category

युबा बैज्ञानीक दीपक सुबेदी

Thursday, May 14th, 2009

dsubedi स्याङ्जा जिल्लाको ब्यापारिक केन्द्र वालिङ नगरपालिका – ४ मा जन्मनु भएका दीपक प्रसाद सुबेदी नेपाल का युवा बैज्ञानीक हुनुहुन्छ । पूर्णम्रित भवानी उच्च मा. वि.. बाट एस. एल. सि. पास गर्नु भएका उहाले plasma physic म बिद्या बारीधी (P.H.D) गर्नु भएको छ। हाल काठमाडौं विश्वोविध्यलय मा एसोसियट प्रोफेसर का रुपमा कार्यरत उहाले महेन्द्र बिद्या भुषण \”\” २०५९, युवा बिज्ञान तथा प्रविधी पुरस्कार २०६०, शिक्षा पुरस्कार २०६२, लगायत का एक दर्जन भन्दा बढी पुरस्कार एबम सम्मान जितिसक्नु भएको छ । हालै मात्र उहा सँग हाम्रो स्याङ्जा डट कम को लागि सुमित सुबेदी ले लिनुभएको अन्तर्वाता हामीले प्रस्तुत गरेका छौं ।

सुमित: दीपक जि तपाईंले कहाँ बाट अनि के मा बिद्या बारीधी गर्नुभएको हो?

डा. दीपक सुबेदी : मैले चेक गणतन्त्र को Masaryk University बाट Plasma physics मा Phd. गरेको हो।

सुमित: तपाईंले किन Plasma physics नै रोज्नु भयो?

डा. दीपक सुबेदी: विश्वमा बढिरहेको उर्जाको माग लाई दृष्‍टिगत गरी भविष्यमा सबै भन्दा उपयुक्त श्रोत nuclear fusion नै भएकाले बिश्व भरका धेरै भौतिक शास्त्री हरु fusion rearch मा आबद्द छन् । त्यसै गरी अन्य अौध्योगिक प्रयोग मा पनि न्युन तापिय प्लज्मा को दिनानुदिन प्रयोग हुँदै गैरहेको छ। तसर्थ नेपाल मा पनि यसको अनुसन्धान को लागि केही गर्न सकिन्छ कि भनेर मैले plasma physics नै रोजेको हो।

सुमित: तपाईंहरुले यसमा आजभोलि के कस्तो काम हरु गर्दै हुनु हुन्छ?

डा. दीपक सुबेदी : हामीले बिगत पाँच बर्ष देखी लगातर रुपमा plasma physics सम्बन्धी राष्ट्रिय अन्तरराष्ट्रिय स्तरका गोस्ठी, सेमिनर, तथा सम्मेलन को आयोजना गरिरखेका छौं, यती मात्र नभएर काठमाडौं युनिभर्सिटीको natural science वभाग मा नेपाल कै पहिलो Low Tempreature Plasma labroatary को स्थापना गरिएको छ। हालै मात्र international atomic Energy agency को तत्वबधान मा K.U. T.U ले काठमाडौं मा पाँच दिने अन्तरराष्ट्रिय सम्मेलन सफलतापुर्बक सम्पन्न गरिएको छ, जस्मा २ दर्गन भन्दा बदी देश का प्रतिनिधिले भाग लिएक थिए ।

सुमित: तपाईंहरुको ल्यावको लागि कस्ले सहयोग गरेको छ? श्रोत कहाँ बाट जुटाउनुहुन्छ ?

डा. दीपक सुबेदी : हामीलाई एस्को लागि kathmandu university, faundetion for science लगायत  ले सहयोग गरेका  छन् ।

सुमित: सरकारले कुनै सहयोग गरेको छैन?

डा. दीपक सुबेदी : यस्को  लागि हामीलाई सरकारले कुनै पनि सहयोग गरेको छैन।

सुमित: तपाईंहरुले सरकारसँग सहयोग माग किन नगरनु भएको?

डा. दीपक सुबेदी : सहयोग को मग नै नगरेको तो होइन तर पनि हामी के सोच्छौ भने सबै काम को लागि सरकारकै मुख तक्नु राम्रो होइन यस्को अन्य  बिकल्प खोज्न सक्नु पर्छ।

सुमित: नेपाल मा बिज्ञान तथा प्रबिधी बिकास को लागि के गर्नु पर्ल तपाईंको विचारमा ?

डा. दीपक सुबेदी : यस्को लागि सरकारले उच्च प्राथमिकत दिनुपर्छ। अहिले सरकारले अन्य ठाउमा गरेको लगनी को तुलनमा अनुसन्धानमा एकदमै कम लगनी गरेको छ। जहिले सम्म बिज्ञान तथा प्रविधी मा विशेस सरकारी निती लागु गर्दैन तब सम्म यस्को बिकास कल्पना मा मात्र सिमित हुन्छ।

सुमित: तपाईंहरुको भविस्यको योजना के के छ?

डा. दीपक सुबेदी : हामीले अहिलेको Plasma Lab लाई SAARC कै नमुना बनाउने योजन मा  छौं।

सुमित: तपाईंको कुनै बिर्सन नसक्ने घटना बताइदिनुहोस् न

डा. दीपक सुबेदी : स्कुल पढ्दा को समय मैले कहिले पनि बिर्सन सक्दिन त्यसमा  पनि कक्षा छ मा प्रथम भएको मलाई एक्दमै छ।

सुमित: तपाईंलाई स्याङ्जा को लागि केही गर्छु जस्तो लाग्दैन?

दीपक सुबेदी : मैले स्याङ्जा मा बिज्ञान तथा प्राबिधि क्षेत्र मा केही गर्न मन लगेको छ। यसको लागि केही योजनहरु पनि बन्ने क्रम्मा

सुमित: तपाईंले बिज्ञान क विद्यार्थी हरुलाई केही भन्न चाहनु हुन्छ?

दीपक सुबेदी :बिज्ञान को कुनै पनि एउटा बिध म लामो समयएसम्म्मा लगिरहन म सल्लाह दिन्छु

सुमित: अन्तमा के भन्न चाहनुहुन्छ?

डा. दीपक सुबेदी : तपाईं लगायत हाम्रो स्याङ्जा डट कम परिवार लाई धेरै धेरै धन्यवाद एबम शुभकामना । अनी तपाईं हरुलाई बिज्ञान तथा प्रबिधी क्षेत्र लाई पनि प्रर्थमिक्त दिन आग्रह गर्दछु।