Archive for the ‘समाचार र बिचारहरु’ Category

HECAC TOUR

Tuesday, July 21st, 2009

DSC_0245

हामी २०६६ साउन ३ गते शनिबार हामी हाम्रो NGO को कार्यक्रममा काठमन्डौबाट हाम्रो टिम प्र्स्थान गरेउँ । यो कार्यक्रमा धदिङ जिल्लाको सलाङ गाबिसमा थियो । हाम्रो NGO ले वतावरण र बिकट गाउँको आर्थिक स्थितिलाई टेव दिने काम गर्छ । त्यसै सिलसिलामा हामी त्यहाँ केही  रुपैयाँ र उन्नत जातको बोका हस्तान्त्र्ण गर्न गएका थियौ । हामीले गाउले लाई आकासे पानी संकलन गर्ने पोखरी को निर्माण गर्ने ,बाख्रा पलन गर्ने र १० जना बिद्यार्थीलाई छात्राब्रिदी प्रदान गर्ने रकम हस्तान्तरण गरेउँ ।

हामीले त्यहाँ उपस्थिती हुनु भएका सम्पूर्ण गाउँका उपस्थित शाहभागीलाई धन्यवाद दियौँ र हामीले स्थानिय सहयोगिको चयन पनि गरेँ । हाम्रो प्र्तिनिधिको नाम छ कमल थापा मगर ।

हाम्र संयोजक श्री गणेश भक्त मगर ज्युले हाम्रो कम्पनी को छोटो परिचय गराउनुभयो । हाम्रो संस्थाको नाम हिमालयन बातावरण तथा जागरण केन्द्र हो । अंग्रेजिमा यसलाई Himalayan Environment and cultural Awareness सेन्टर(HEAC) भनिन्छ ।

यसको अफिस काठमान्डौ को ठमेलमा छ । यस संस्थाले बातावरण तथा संस्क्रिती सम्बन्धी जनचेतना मुलक कार्य सन्चालन गर्दछ । यसका अतिरिक्त यसले ग्रामिण भेगका जनताको बिकासमा सक्दो सहयोग गर्दछ ।

यस सैस्थाका प्रितीनिधी हरु यस प्रकारका छन:

अदक्क्ष: बिष्णु सुबेदी.

उपादक्क्ष : कुल प्रसाद सुबेदी.

सचिब : सन्जिब उपाध्याय.

संयोजक : गणेश भक्त मगर.

स्थानिय प्रतिनिधि: कमल थापा मगर.      More……………..: www.hecac.org/

लौ फस्यो !!!

Saturday, June 20th, 2009
ठमेलको सडकमै खाडल     तस्बिर: सुमित सुबेदी / हाम्रो स्याङ्जा डट कम (७ असार)

ठमेलको सडकमै खाडल तस्बिर: सुमित सुबेदी / हाम्रो स्याङ्जा डट कम (७ असार)

ठमेल चाक्शिबारीमा सडकमा परेको खाडलमा फसेको मिनी ट्रक निकाल्ने प्रयास गरिदै । करीब ३० मि. को प्रयास पछी सो निकालिएको थियो। खाडल परेको धेरै दिन भईसक्दा पनि सम्बन्धित निकायको ध्यान नजादा दुर्घटनाको जोखिम बढेको छ।

मजदुरलाई बंगुर, केटाकेटीलाई छात्रवृत्ति

Sunday, May 17th, 2009

नेपाल समाचारपत्र (धादिङ) धादिङको महादेवबंसीस्थित आगराखोलामा रोडाढुङ्गामा काम गर्ने २० मजदुरको परिवारलाई बंगुर र ४० मजदुर बालबालिकालाई उनीहरूले काम गर्ने स्थान आगराखोलामा गएर नै छात्रवृत्ति वितरण गरिएको छ।

धादिङको महादेवबंसीस्थित आगराखोलामा रोडाढुङ्गामा काम गर्ने २० मजदुरको परिवारलाई इटालियन संस्था एपेरियोनको सहयोगमा युक्याप्स नेपालले आयआर्जनका लागि बंगुर वितरण गरेको हो।

रोडाढुङ्गामा काम गरेर बिहानबेलुकाको छाक र्टार्न नपुग्ने गरिब मजदुरलाई आयआर्जनका लागि थप सहायतास्वरूप बिहीबार मजदुर परिवारको कार्यक्षेत्र आगराखोलाको बगरमै गएर प्रतिपरिवार दर्इवटाका दरले बंगुर दिइएको हो। एक वर्षघि नेपाल समाचारपत्रले मजदुर, गरिबी र समस्याका विषयमा खबर प्रकाशन गरेपछि सोही खबरको प्रभावमा सहयोग गरिएको एपेरियोनका गणेश भट्टर्राईले बताउनुभयो।

यो वर्षपाइलट प्रोग्रामका रूपमा शुरू गरिएको सो कार्यक्रम आगामी दिनहरूमा थप गर्दै लगिने युक्याप्सका उत्तम पौडेलले बताउनुभयो। यसरी दुःखपुर्ण ढंगले खोलाबगरमा पाल टाँगेर मजदुरी गर्ने मजदुरहरू करिव ७ सयको हाराहारीमा छन्। यसै गरी आगराखोलामा काम गर्दै आएका ४० जना मजदुर बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ।

इटालियन संस्था एपेरियोनको सहयोगमा युक्याप्स नेपाल र सिड्स धादिङले बिहीबार मजदुर बालबालिकाको कार्यक्षेत्र आगराखोलाको बगरमै गएर सो छात्रवृत्ति प्रदान गरेको हो। छात्रवृत्ति पाउनेहरूमा जनजागृति माध्यमिक विद्यालमा अध्ययनरत मजदुर बालबालिका रहेका छन्। महानगर बाट

नग्न तस्विरमा रमाउछन किशोरकिशोरी

Wednesday, May 13th, 2009
 

बहुसंख्यक किशोरकिशोरी मोवाइल फोनबाट आफ्नो नग्न वा उत्तेजक फोटो खिच्न चाहान्छन् । यो क्रम विश्वभर छ । तर, यसले उनीहरुको भविष्य खतरामा छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले यो साता यसविरुद्ध शैक्षिक अभियान नै शुरु गरेको छ ।
उत्तेजक तस्बिर वा यौनसम्बन्धी सन्देश इन्रनेटमा राखिने वा अन्य व्यक्तिलाई पठाउन सक्ने भएकाले त्यसको परिणाम नराम्रो हुने छ । किशोर अवस्थामा नग्न तस्बिर तथा यौन सन्देश पठाउने कार्य अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ।
त्यस्तो कार्य रोक्नका लागि अभिभावक तथा विद्यालयले क्यामेरा भएको मोवाइल फोन तथा सोसल नेटवर्किङ साइटको प्रयोगमा रोक लगाएका छन् । किशोरको नग्न तस्बिरलाई कानुनले बाल अश्लील दृश्यका रुपमा वर्गीकरण गरेको छ ।


´कुनै मनसाय नराखी भनिएका जोक्स वा छेडछाड गलत व्यक्तिको हातमा पुगे जीवनमा कस्तो असल पार्छ भनेर युवाहरु सोच्न सक्दैनन,´ सामुदायिक सेवासम्बन्धी मन्त्री लिन्डा बुर्नेरले भनिन, ´त्यस्ता फोटा अनलाइन वा फोनमा आउनु निकै डरलाग्दो हो।यस्ता फोटा फिर्ता पाउन रमेट्न असम्भव छ। त्यसले उनीहरुको भविष्य तथा सम्बन्ध बिगार्ने छ।´
त्यस सम्बन्धमा काम गर्दे आएको विभागले १३ वर्षकी केटीले अश्लील तस्विर प्रेमीले अनय साथीहरुलाई पठाएपछि सम्बन्ध टुटेको बताएको छ। अमेरिकामा गरिएको एक सर्वेक्षणले पाँचमध्ये एक किशोरीले आफूले आफ्नो नग्न तथा अर्धनग्न तस्बिर अनलाइनमा राखेको वा पठाएको बताएका छन् ।३९ प्रतिशतले भने आफूले औनसम्बन्धी सन्देश पठाएको वा इन्टरनेटमा राखेको जनाएको किशोर तथा योजनाविहिन गर्भ नियन्त्रण राष्ट्रिय अभियानले जनाएको छ।

दैनिकी डट काम बाट