Archive for the ‘कथा, कबिता र गजल’ Category

गजल

Sunday, May 31st, 2009

आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। 

मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी
ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।  

हिंड्ने गर्छौ हामी दुई, सिम-सिम पानी परेपनी
हात समाइ भिज्दै नदी, तर्दा खेरी मजै बेग्लै। 
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। 

जतासुकै गएपनी, हामी साथै हुने गर्छौ
जिस्की-जिस्की संगै पानी, भर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। 

घन्टौ सम्म डुब्छौ हामी, मायाको यो सागरमा
थाहै नपाई आफ्नो काम, टर्दा खेरी मजै बेग्लै।   
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। 

सुमित सुबेदी
वालिङ- ४, स्याङ्जा  हाल: काठमाडौं
subedi_sumit@yahoo.com

गजल

Saturday, May 23rd, 2009

मस्की – मस्की हिड्दा कम्मर, छिने जस्तै लाग्यो मोरी।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।

गाजलु त्यो आँखा अनी, लजाउने बानी देख्दा
हिजो हामीले सँगै सामान, किने जस्तै लाग्यो मोरी ।।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।

दिउसोको चर्को घाममा, शनिबार घुम्न जादा
तिर्खा लाग्यो भन्दा पानी, दिने जस्तै लाग्यो मोरी ।।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।

चौतारीमा बस्दा रुमाल, साटिएछ भन्दा मैले
लजाउदै आफ्नो रुमाल ,लिने जस्तै लाग्यो मोरी ।।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।

मस्की – मस्की हिड्दा कम्मर, छिने जस्तै लाग्यो मोरी।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।

सुमित सुबेदी

subedi_sumit@yahoo.com

मानिस कस्तो हुन्छ

Friday, May 22nd, 2009

आदेश दियो टाउकोमा टेक्छ

आदर गर्‍यो चाकडी सम्झन्छ
उपकर गर्न खोज्यो वास्ता गर्दैन
विश्वाश गर्‍यो धोका दिन्छ
आफ्नो सोच्यो पराइ सम्झन्छ
दु:खको समयमा सुख खोज्छ
सुखको समयमा इस्र्यलु हुन्छ

सल्लाह दियो आपमन ठान्छ

सुधा पाठक (निभा)


इन्द्रकूमार श्रेष्ठ सरित

Tuesday, May 12th, 2009

जँघार तर्ने साँघु

छाती चिरेर देखाउनू
छैन सम्भव
बोलीमा छैन कसैलाई विश्वास
छ त केवल त्राशमा विश्वासमा

अघाए नि छैन जीवनमा सूख
भोकाए नि केवल साथमा मात्रै दूःख
छ शंका, त्राश र उकूसमूकूस केवल
जीवन पानी बिनाको माछो हो कि
मरुभुमिमा रोपिएको मखमली विरुवा ?

हरक्षणा तनाव, हरक्षणा सकस
छैन गल्ति छैन अपराध
तर बिना निर्णयको सजाय निरन्तर
छैन निकास, छैन द्वार मूक्तिको
निराश, हतास र उजाड जीवनहावा बगिरहंदा
पूर्णिमाको जुन भेट्छु भन्दा त
जीवन केवल, मात्रै औंशीको रात

नदेखिएको क्रूसीफाइडको पीडा स्थायी
मुटु कटकट खाँदा पनि
मौन छन पीडा, मौन छन् छटपटी
मन क्षतविक्षत भएको असहनीय पीडा
सुनाउन नि नसकिने
नसुनाइ नि बस्न नसकिने
सुन्ने सक्ती स्रोता त पटक्कै नभेटिने
जीवन जँघार अघि स्तव्ध उभिएको छ
किंकर्तव्यविमुढ बूख्याँचासरी उभिएको
धमिलो पानीमा लेउसरी हेलिरहेको छ एउटै प्रश्न
जँघार तर्ने कूनै काठे साँघु छैन त ?