Archive for the ‘कथा, कबिता र गजल’ Category

गजल

Saturday, April 17th, 2010

लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो ।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।

तिम्रो मेरो आँखाहरु, ईशाराले बोल्दा खेरी,
दुबैको ओठ अनी नजिक, पर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।

देखेको भए दुनियाँले, पागल मान्छे भन्दा होलन,
एकान्तमा लुकी माया, गर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।

तिमी र म अंगालोमा, बेरिइ माया गर्दा खेरी
समाजको सिमा रेखा, तर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।

एक-अर्का लाई यती धेरै, माया गर्छौ हामी दुइ
भेटी छुट्दा हाम्रो आसुँ, झर्दा के भुल हाम्रो ।।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।

लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो ।
तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।।

सुमित ‘प्यासी’ सुबेदी

जोक

Friday, August 21st, 2009

एउटा गाँउका दाजुभाइ ब्यापार गर्न घरबाट ताढागयछन । एउटा डोटीतिर गए छन त अर्को ईलामतिर । अनी एकदिन एउटा हाटबजारमा
भेट भएछ अनी एउटाले सोधेछ अनी तेरो ब्यापार कस्तो भयोत मेरो त डोटी गयर धोतीनटोपी भयो त्यै धोती बेचेर म यहाँ आयको । अनी तेरो नि मेरो पनि ईलाम ब्यापार गर्न गयको मेरो पनि घर जेथानै लीलाम भयो मसँग एउटा लगौटी थियो त्यही बेचेर चिलम ठोकेमपनी ।।।।।

गजल

Monday, July 13th, 2009

मेरो आँखा हेर्दै माया, जाच्ने नगर ।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।

भेट हुन्छ आउँदा जादा, दोबाटोमा कहिलेकाही
बोलाँउदा ओठ टोकी, हास्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।

सुत्दाखेरी मेरो फोटो, साथै लिने गर्छौ रे त
लजाइ-लजाइ छातीमा त्यो, टास्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।

गीत पनि गाउछौ रे, मेरो बारे अचेल तिमी
तिम्रो मेरो मिलन सम्झी, नाच्ने नगर ।।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।

मेरो आँखा हेर्दै माया, जाच्ने नगर ।
भने हुन्छ मनको कुरा, साच्ने नगर ।।

सुमित सुबेदी “प्यासी”

subedi_sumit@yahoo.com

गजल

Sunday, July 5th, 2009

जनाताको अधिकारमा ढुङ्गा हनाहान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।

जनताले दियभोट ठुलो असा राखी सबले ।
जनताले हरयका मन्त्री छानाछान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।

जनाताको सर्बोच्चता भन्दै कोही नेता लागे ।
सर्बोच्चताको लागि लडन सबको मानामान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।

शान्ति देश चिनियको हाम्रो देश नेपाल ।
हत्या हिंसा काटमार सबले जना जान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।

जनाताको अधिकारमा ढुङ्गा हनाहान भयो ।
संबिधान बनाउँ भन्दा कुर्शी तानातान भयो ।

रमेश ‘बिकल’सुबेदी (जिज्ञाशु कान्छा )

मेरो सिरुबारी गाउंको यात्रा

Monday, June 22nd, 2009

sirubari-village-green

म एउटा पर्यटन ब्यबसाइको नाताले म त्यस ठाँउमा घुम्न जानु आँफैमा महत्यो राख्छ भन्ने मैले ठानेर आज भन्दा ठीक एक बर्ष अगाडि म घुम्नको लागि स्याङ्जाको सिरुबरी गाँउ जाने बिचार गरें|यो अफ्नै जिल्ला अबस्थीत भयरपनी मलाई घुम्ने मौका मिलेको थियन। मैले दुई वटा काम एकै साथ गर्ने बिचर गरें , गाउमा गई एक दुइदिन बसी कठमान्डौको प्रदुशण बाट मुक्त पाउन र संसार भरका मनिस हरु इको टुरिजममा रमाएको ठाउमा म पनि रम्ने बिचार गरें | म काठमान्डौ बाट वालीङ् जाने माइक्रो बस चढि वालिङ तर्फ प्र्स्थान गरें | गाँउघरको दुई दिनको बसाइ पछी म मेरो गन्तब्य तर्फ लागें | घरबाट म बिहान् सबेरै उठेर हिंडें |म स्याङ्जा बजार साँढे ३ बजे तिर पुगें आइ पुगेको थिएं,तर सिरुबारी को बस त छुटि सकेछ।बस दिन को एउटा मात्र तैपनी ठीक ३ बजे छुट्दो रहेछ| अरु एक दिन पर्खनु भन्दा म एउटा माल समान बोक्ने जिपमा भएपनी जाने बिचार गरें , दिउशको चार बजेतिर म र अरु गांउले जिपबाट यात्रा सुरु गरौं |हामी दुई किलोमिटर मात्र के गूडेका थियौ जिप त्यो ठाडो उकालोमा ओभर लोडको कारण जिप पछी हटन थाल्यो , हामी सबै जिप बाट ओरलियौ ,अनी डाईबर दाइले भन्नु भयो आज हामी यहिनै बास बस्नु पर्छ किनकी जिपको पत्त भांचिएकोछ | अब काहाँ बस्ने मेरो त मुटुले ठाउँ छोडिसकेको थियो यहाँ वरीपरी नत घरअनै छ नत होटेल नै छ, अब के गर्ने रातपरी सकेको थियो|स्यङ्जा बजार सम्म जाँउ भने त्यो अन्कन्टर बनजङ्गलको बिचमा अब के गर्ने मत यतान उता भयर जिपमै बस्ने बिचार गरें | एकछिन पछी सिरुबरी गाँउ नजिकको एक ब्यापारी पनि त्यही जिपमा अलपत्र परेका रहेछन उनी राती राती भयपनी हिंडेर जानी बिचार गरेका रहेछन म पनि उनी सगै पछी लागेर जानी बिचार गरें | ;;;;;; म उनिहरु को पछी लागेर हिंड्न सुरु गरें | उनी हरुत सधैं हिंडेको बाटो भयर होल लामो लामो पैला चाली हिंड्न पो थाले म त उकालो बाटो त्यती छिटो हिंड्न सकिन तैपनी म स्यँस्यँ र फ्यँफ्यँ गरी दौडिएं तर पनि मत निकै ढिलो भाईसकेको रैछु मैले त भेटाउन पनि नसक्ने कती छिटो हिंडेका ,हुनन उनी हरुको गाँउको सधैं हिडिरहने भयर होला अध्यारो बाटो पनि नअलमलिइकन सरासर हिडिरहेका थिय तेतिकै मा माथि तिरबाट सल्याङ बल्याङ गरेको आवाज आयो ,तिनिहरु त त्यो दाइको गांुले हरु लिनपो अएका रहेछन। त्यो मसैग हिंड्ने गांुले दाइत त्यो गांउ को मकै धान कुत्ने र् पिस्ने मिलको धनी पो रहेछन| तिनी हरुले भन्न थाले तपाईंहरु घरअतिर जानुश म र अरु साथीहरु मिलको समान लिन सम्म जान्छौ जिप त बनेर तल सम्म आइपुगेकोछ | साचिकै जिप त बनाएर पनि माथि अैसकेको रहेछ मलाई बल्ल थाहा भयो हामी त अहिले सम्मा ३ -४ घण्टा एउटै डाडो अग्लो डाडो हिडिरहेका पो रहेछौ | त्यसपछी म र गाँउले बनको बाटो अगाडि बढदै गयौ| अनी गाँउले दाइले मलाई सोध्न थाले तपाईं कती कामले आउनु भयको कुन्नी अनी कहाँ जानहीडनु भयको , अनी मैले उनलाई पनि मेरो उदेस्यको बारेमा बेली बिस्तार लगायँ अनी उनले पनि मलाई परिचय दिदै भन्न थाले म त देश बिदेश घुमेको मान्छे ,अरब कतार , अनी बम्बै इत्यादी इत्यादी | हामी कच्ची बाटो मा घना जंगलको बाटो अगाडि बढदै थियौ जंगलमा जनवर दगुरेको जस्तै आवाज अयो ,उनी भन्न थाले यक छीन भाई मेरो मुटु त ढुक ढुकी बढन थाल्यो ,अनी उनले भन्न् थाले यहाँँ त पुर्खाक पाला देखी बाटनै भुतले डराउन दिन्छ अनी रात परोकी यताउती दगुर्न थाल्छ ,यदी यसको मान्छे रतमा हिंडेम्को चालपायोभने माथिबाट ढुङ्गा लडाईं दिन्छ ,तपाइनदरौनुहोस हामीसैङग अहिले आगो साथमा छ त्यसैले उ डरायर आफ्नो बाटो लाग्छ | मलाई मनमा खुल्दुली मच्चियो उसको बाटो भनेको कता होला यदी उसको बाटो पनि हाम्रो बाटो मेला खायो भने के गर्ने , यती कैमा उनले कुरा बादलिय अब हामी यो बनको बाटो सकेर गौतिर अगाडि बढदै छौ , मैले यती बेला बल्ल राहतको शास फेरे अनी मैले शाहअसका साथ उनलाई सोधें हैन दाई त्यहं किन डराउन दियको नि उनले भने यहाँं धेरै पहिले धेरै मान्छेले अकालमा ज्यान गुमायका रहेछन त्यसैले यहाँं डराउन दिन्छ के भाई |

त्यसपछी हामी सजिलो बाटो बत्तिको उज्यालो तर्फ अगाडि बढीरहौ । हामी दुई घण्टाको लामो यात्राा पछी मिल शाहु जिको घरमा पुग्यौ त्यह बाबुअमा छोरालाई कतिबेला औलाभनी कुरेर बसिरहेका रहेछन यतिबेला बिहानको ठीक एक बजेको थियो। शाहउजिको श्रीमती उठेर हामीलाई लोटामा पानी टक्क्रउदै भन्छामा आउनुस मपनी अप्ठरोमानिमानी भात खान गएं । खाना खैसकेपछी म सुत्न बिस्तारा तिर लागें । अनी बिहान उठेर मुख धोयर म फेरी आफ्नो गन्तब्य तिर हिंड्न सुरु गरें क्रमस <<<<