स्याङ्जाको बारेमा

syangja mapस्यङ्जा जिल्ला गण्डकी अंन्चल मा पर्छ | यो एउटा आफ्नै पहिचान भयको जिल्ला हो |यस को सदमुकाम स्याङ्जा बजारमा छ |यसको क्षेत्रफल ११६४ कि.मिटर छ |यस जिल्लाको जनसंख्य हेर्नेहो भनी २०५८ को जनगणना अनुसार ३१७,३२० छ | यस जिल्लाको अरु हेर्नलायक ठाउँ हरु थुप्रै छन जस्तै सिदार्थराजामार्ग,आंधिखोल र ग्रमिन इको पर्यटन को लागि सिरुबारी गाउ, पहेले डाँडा र वालिङ नगर बिकास।यस जिल्लाको पूर्वमा कास्की र पश्चिममा पाल्पामा जोडीयको छ | यस जिल्ला मा बिभिन्न जन्जतिहरुको बसोबास छ |यहाँ मुख्या गरी बहुन ,क्षेत्री ,गुरुङ ,मगर ,कामी दमाइको बसोबस पाईन्छ |गुरुङ मगर हरुको यहाँ बेग्लई पहिचन छ तिनिहरु ब्रिटिश गोर्खा र इन्डीयन सिपाहीमा नाम कमाएका छन |
Read More »
पहिरोमा पुरिएर आमाछोरा सहित पाँचको मृत्यु/पाँच वेपत्ता

स्याङ्जा, अषाढ २७ – फेदीखोलाको जोगिस्थानमा पहिरामा पुरिएर  आमाछोराको मृत्यु भएको छ ।

मृत्यु भएका २७ बर्षकी गंगा महत र उनको ४ बर्षका छोरा कुशल महतको नेपाली सेना र प्रहरीको ५० जनाको टोलीले उद्धार गरी शव बाहिर निकालेको छ ।

आइतबार राति १ बजे गएको पहिरोले खरबारी र कोठाले पुरेपछि उनीहरुको मृत्यु भएको थियो । मृतकको घरका अन्य ६ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक उत्तमराज सुवेदीले बताए ।

यसैबीच पोखरा संवाददाता लालप्रसाद शर्माका अनुसार

पपहिरोले घर पुरिदा कास्कीको मिजुरेडाँडा गाविसमा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ ।

अविरल बर्षासंगै आएको पहिरोले मिजुरेडाँडा, ८ गहतेका माईला दमाईको घर पुरिदा दुई छोरा र एक छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दमाईका १२ बर्षीय छोरा राजेन्द्र, ७ बर्षका अर्का छोरा शोभाकर र ४ बर्षकी छोरी सुकमाया परियार रहेको कास्की प्रहरीका प्रबक्ता निरीक्षक रबिन्द्रमान गुरुङले बताए । उनीहरुमध्ये एक जना ढोकामा च्यापिएर र दुईजना घरभित्रै पुरिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

आइतबार विहान चारबजे आएको पहिरोले घर पुरिएको र दमाई दम्पत्ती तथा अन्य दुई छोरा भने भागेर बाँच्न सफल भएका छन । घटनास्थल पुग्न तीनघन्टा बस र त्यति नै समय पैदल हिड्नु पर्छ । अहिले प्रहरीको एक टोली घटनास्थलतर्फ हिडिसकेको छ ।

यसैबीच हेम्जा गाविस, ८ मर्दीखोलामा दुई घर पुरिएका र सुईखेतमा ५ वटा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । पहिरोले पोखरा बागलुङ राजमार्ग पनि केही समय अवरुद्ध भएकोमा अहिले एकतर्फी खुलेको छ ।

पाँच वेपत्ता

यसैबीच पहिरोले घर बगाउँदा कास्कीको कृस्ति नाँच्नेचौर गाविसमा एकै घरका ५ जना बेपत्ता भएका छन ।

अविरल बषर्ासंगै आएको पहिरोले घर बगाउँदा कृस्ति नाँच्नेचौर, ९ मट्टीखानका पुर्णबहादुर सार्कीसहित उनकी श्रीमती माया, छोरीहरु प्रीया, पुजा र नाम नखुलेकी कान्छी छोरी बेपत्ता भएका हुन ।

एक्लो स्थानमा घर रहेकाले स्थानीयबासीले आइतबार विहान ७ बजेमात्र थाहा पाएका थिए । अहिले उद्धारका लागि प्रहरीको टोली घटनास्थलमा पठाइएको कास्की प्रहरी प्रबक्ता रविन्द्रमान गुरुङले बताए । (via-e-kantipur.com)

July 11th, 2010
पहिरो जादाँ अर्जुनचौपारी बजार जोखिममा

२१ असार स्याङ्जा

सदरमुकामबाट २० किलोमिटर दक्षिण पश्चिममा रहेको रापाकोट-८, स्थित रातमाटाको भिरबाट गएको भिषण पहिरोले अर्जुनचौपारी गाविसको अर्जुनचौपारी बजार र नजिक खोला छेउका सयौ घर डुबानको खतरामा परेका छन् । सोमबार विहानपख परेको भिषण वर्षापछि आएको पहिरोका कारण दरौखोला थुनिइ खोला ताल बन्दा बजार लगायत रिमालफेदी, नब्बे र हेलु बजारका पाचँ सय घरपरिवार जोखिममा परेको हो । पहिरोको समाचार बाहिर आएपछि सोमबार विहान अबेर पहिरो प्रभावित क्षेत्रमा शुरक्षाकर्मी परिचालन गरिएको थियो । गएको असार १० गतेबाट ग्रामिण पर्यटकिय स्थल शिरुबारीलाइ जोडेने छोटोबाटाले जमिनका पुराना संरचना खल्बलाउदा पहिरो गएको हो ।

पहिरोका कारण दरौखोला थुनिदा डुबानको खतरामा परेको अर्जुनचौपारी बजार वषर्ा रोकिएर जोखिमबाट बचेपनि भविश्यमा आउने बर्षामा बजार मुक्त नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

लगातार ६ घण्टासम्म निरन्तर बगेको पहिरोले थुनिएको खोलामा रहेको पानीले धार परिवर्तन गरेपछि अर्जुनचौपारी बजार सहितका क्षेत्र जोखिबाट बचेको स्थानिय समाजसेवी खडानन्द पौडेलले बताए । बजारदेखि अर्जुनचौपारी गाविस-५, सिमलचौरसम्मको बाटोमा रहेको करीव तिन सय मिटर डाँडो एकै चोटि भत्किदाँ दरौखोला थुनिए पश्चात बजार डुबानको खतरामा परेको थियो । सोमबार बिहान गएको पहिरोले स्थानिय बासीन्दा त्रसित बनेका थिए ।

July 7th, 2010
असार लाग्यो !!!

माथिल्लो खेतमा धान काट्ने बेला भएको छ भने तल्लोमा रोप्ने बेला। स्याङ्जा पिँढीखोलाका किसान यस्तैमा ब्यस्त छन् अहिले। तस्बिर सौजन्य:नागरिक न्युज डट कम

माथिल्लो खेतमा धान काट्ने बेला भएको छ भने तल्लोमा रोप्ने बेला। स्याङ्जा पिँढीखोलाका किसान यस्तैमा ब्यस्त छन् अहिले। तस्बिर सौजन्य:नागरिक न्युज डट कम

June 28th, 2010
स्याङ्जामा रक्तसंचार केन्द्रको भवन बन्यो

स्याङ्जा, १३ असार

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–५ स्थित जिल्ला अस्पताल क्षेत्रमा जिल्लामै पहिलो रक्तसंचार केन्द्र भवनको स्थापन गरेको छ। २०५७ सालदेखि निर्माण शुरु भएको भवन आज मात्रै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले उद्घाटन गर्नुभएको छ। भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ओलीले रगतको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने स्याङ्जावसीको समस्या हटेर जाने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला स्थित संघसंस्था विकास केन्द्र सहित विभिन्न सामाजिक संघ संगठनको करिव ६ लाख १ हजारको सहयोगमा रक्तसंचार केन्द्र भवन निर्माण सम्पन्न भएको हो। करिव ४ आनामा फैलिएको भवन १ तले ४ कोठाको रहेको छ।
भवन उद्घाटनका अवसरमा जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ। उक्त रक्तदानमा करिव २ दर्जन रक्तदाताले रक्तदान गर्नुभएको थियो।
सो अवसरमा बोल्दै जिल्ला अस्पताल विकास समितिका अध्यक्ष दिपक लम्साल, नेपाल रेडक्रस सोसाईटटी जिल्ला शाखाका सभापति मिनप्रसाद गुरुङ्, मन्त्री विष्णुप्रसाद काफ्ले पूर्व सभापति शेरजंग अधिकारीले रेडक्रसको पहलमा बनेको भवनले आम नागरिकको रगत अप्रयाप्तबाट उत्पन्न समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो

dainikee.com

June 27th, 2010
अन्तरजातिय विवाहीत जोडलाई चेक हस्तान्तरण

स्याङ्जा, १० असार

अन्तरजातिय विवाह गर्ने जिल्लाका २ जोडीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत विहिबार एक कार्यक्रमका विच १/१ लाखको चेक हस्तान्तरण गरिएको छ।
सामाजिक कुसस्कारलाई चुनौती दिर्दै जिल्लामा ५ जोडीले हालसम्म विवाह गरेका छन्। ५ जोडीले विवाह गरेको भएपनि आज २ जोडीले प्रोत्साहन स्वरुप राज्यले विनियोजन गरेको रकम पाएका हुन्। स्याङ्जामा मेघबहादुर विक, सीता सेवेदी, भविश्वर विक, ईन्जुलाकुमारी क्षेत्री, श्यामबहादुर राना, सविता विक, सन्तोष कामी, अनिता गुरुङ् र अर्जुन गोर्खाली, अनिता आले रहेका छन्। विवाह गरेको ३० दिनभित्रमा जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गरेकालाई मात्रै सो रकम प्रदान गरिने व्यवस्था रहेको छ।
चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीलले जातीय आधारमा हुने घटना र सामाजिक सद्भाव कायम राख्नको लागि प्रोत्साहन स्वरुप रकम दिने व्यवस्था गरेको बताउनुभयो। उहाँले रकमलाई उत्पादनशील क्षेत्रमा लगान समेत आग्रह गर्नुभयो। विवाहीत अन्य जोडीलाई सम्पर्कमा आएपछि रकम हस्तान्तरण गरिने भएको छ।

दैनिकी डट कम बाट